CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ल है ट्राफिकले अब मापसेको मात्रा नै पत्ता लगाउने रे ठ्याक्कै

ल है ट्राफिकले अब मापसेको मात्रा नै पत्ता लगाउने रे ठ्याक्कै

ललितपुर, फागुन १६-मादक पदार्थ सेवन (मापसे) सम्बन्धी उपकरणले अब मापसे गरे नगरेको मात्र नभई त्यसको मात्रा पनि पत्ता लगाउने भएको छ। हाल ट्राफिक प्रहरीले अनुगमनका क्रममा अल्कोहलयुक्त चकलेट वा रेड बुललगायतका पेय पदार्थ प्रयोगकर्तालाई पनि मापसे गरेको देखाएको भन्दै सवारी चालकले गुनासो गर्ने गरेका
छन्।

तर अब भने उनीहरुले गुनासो गर्न नपर्ने भएको छ। नेपालमा पनि यस प्रविधिलाई प्रयोग गर्नका लागि विधि विज्ञान प्रयोगशालामा यसको परीक्षण सुरु भएको छ। प्रयोगशालाका निर्देशक भिनुशोभा तुलाधरका अनुसार ट्राफिक प्रहरीको काम यस प्रविधिले निकै सहज
बनाउने छ।
कति मात्रासम्मको अल्कोहललाई मादक पदार्थ सेवनको असीमित मात्रा मान्ने भन्ने विषयमा 'ग्यास क्रोम्याटोग्राफी मास स्पेक्टोमिटर हेड स्पेस' (जिसिएमएस) उपकरणले देखाउने भएपछि सेवन गर्नेले पनि मैले अल्कोहल सेवन गरेको छैन भनेर दाबी गर्न नसक्ने र चकलेट वा अन्य पेय पदार्थ सेवन गरेकाले पनि अनावश्यक झन्झट बेहोर्नु नपर्ने भएको छ।
अहिले प्रहरीले सासको माध्यमबाट मात्र अल्कोहल प्रयोग गरेको नगरेको हेर्दै आइरहेको छ। तर हालको उपकरणले सासमा अल्कोहलको प्रयोग भएको दुई तीन घण्टादेखि पाँच छ घण्टासम्म सीमित समयका लागि मात्र पत्ता लाग्ने प्रविधि 'ब्रेथ एनलाइजर' मा रहेको उनले बताए।
अन्य मुलुकमा सासमार्फत नै कतिसम्मको मात्रामा अल्कोहलको प्रयोग भएको छ भन्ने 'ब्रेथ एनालाइसिस' गर्ने मापदण्ड भए पनि नेपालमा भने हालसम्म त्यस्तो व्यवस्था छैन भन्दै उनले भने- 'अब कतिसम्मको अल्कोहललाई सामान्य भन्ने कुराको निर्धारण जिसिएमएसले गर्दछ।'
अन्य मुलुकमा चालकले मापसे नगरेको दाबी गरेको खण्डमा उसको रगतबाट समेत अल्कोहलको मात्रा पत्ता लगाउने नियम भएको उदाहरण दिँदै उनले यदि रगतबाट परीक्षण गरेमा 'पेनाल्टी' तिर्नुपर्ने शर्तसहित परीक्षण गरिन्छ, यहाँ पनि त्यस्तो नियम लगाउन सके सवारी दुर्घटनाका कारण हुने क्षति न्यूनीकरण गर्न सहज हुने उनको भनाइ छ।
यो उपकरणको प्रयोग अल्कोहलको प्रयोगबाट मृत्यु भएकाको हकमा पनि गरिने गरेको छ। अल्कोहलकै कारण व्यक्तिको मृत्यु भएको हो भन्ने प्रहरीलाई शङ्का लागेमा अल्कोहलको मात्रा कति थियो भन्ने पत्ता लगाउन यो उपकरण प्रयोग गरिने गरिएको छ।
सो अनुसार ०.०१०-०.०२९ सम्मको अल्कोहल मात्रालाई सामान्यरुपमा नै लिइन्छ। अत्यधिक अल्कोहलको प्रयोगले मानिस बेहोस हुने तथा मुर्छा पर्ने गर्दछ भने असीमित भएमा मृत्युसम्म हुने गर्दछ। मृत्यु हुने अवस्थामा भने ०.४० अल्कोहलको मात्रा पाइन्छ।
ट्राफिक प्रहरीले गतवर्ष मङ्सिर महिनादेखि सुरु गरेको सो अभियानमा 'ब्रेथ एनलाइजर' ले गरेको परीक्षणका क्रममा सामान्य मात्रामा अल्कोहल प्रयोग गर्र्नेले पनि दुःख पाइरहेका छन्।
यो अभियानका कारण सडक दुर्घटनामा ९० प्रतिशतले कमी आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता पवन गिरीले दाबी गर्नुभयो। उहाँले जिसिएमएस उपकरण आएमा चेकजाँच गर्न सहज हुने बताए।
ब्रेथ एनलाइजरको प्रयोग गर्दा प्रहरीलाई समेत श्वासप्रश्वासको समस्या हुने गरेको भन्दै आफूहरुले अल्कोहलको मात्रासहित तत्काल प्रिन्ट हुने प्रविधिको माग सरकारसँग गरेको पनि उनले उल्लेख गरे। मादक पदार्थ सेवनका कारण दुर्घटनाका साथै घरेलु हिंसामा समेत वृद्धि भएको प्रहरीको बुझाइ छ। रासस
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis