CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » लाउने बिदेशी लूगा, बोल्ने अंग्रेजी, पिउने बिदेशी रक्सी, खोज्ने पहिचान ?

लाउने बिदेशी लूगा, बोल्ने अंग्रेजी, पिउने बिदेशी रक्सी, खोज्ने पहिचान ?


pahichan-identity-1212यो फेसबूकमा केहि बिद्वान, पढेलेखेका, जानेबुझेका, अझ विश्लेषण गर्नेहरुले छपक्कै पारेको फोटो हो । आफ्नो धर्म, संस्क्रिति, चलन, परम्परा र आफ्नो पहिचानको खोजि गर्नेहरुलाई होच्याउन, शिक्षा दिन, सम्झाउन वा ब्यंग्य गर्न । अर्थ जे जसरि लगाएपनि यो दुई वटा कोणबाट आएको छ । पहिलो त नबुझ्नेकालागि हो तनी जस्तै लाग्छ । किनकि खाने बिदेशी रक्सी । लाउने बिदेशी लूगा । बाँध्ने बिदेशी घडी वा बिदेशी रिबन । अनि पहिचान सहितको राज्य खोज्ने ? आफुले आफ्नो पहिचान खोज्ने भए त सबै स्वदेशीनै
लाउनु, गाउनु र पिउनु पर्छ नी ! कतिपयलाई ठिक जस्तो लाग्छ । तर यो केहिले बुझिबुझि अरुलाई अधिकार दिनुपर्ला भनेर बिरोध गरिएको पनि हो । त्यसैले यसको भरमार प्रचार गरिनुमा नबुझेर, बुझि बुझि भ्रम छर्न र होच्याउनका लागि हो । बास्तविकता त के हो भने यहाँ उठाएका कुरा जायज छन् । त्यसैले चाहिएको हो पहिचान । किन त ?
एकिक्रित नेपालको ईतिहाँस साढे दुई सय वर्ष भन्दा लामो छ । नेपाल एकिकरण हुँदा युरोप भन्दा धनी मुलुक थियो । एशियाको सबैभन्दा धनी र सम्पन्न मुलुकका बासिन्दामा पर्थ्यौं हामी । त्यो बेलाको धनी देश नेपाल । त्यो बेला हरिकंगाल मुलुक आज कहाँ पुगे । तर नेपाल किन यस्तो विश्वकै गरिब भन्दापनि गरिब मुलुक रहन गयो त ? यो हाम्रो राज्य ब्यवस्थाकै कमिजोरी हो । हाम्रो राज्य ब्यवस्था सफल रहेन । त्यसैले यस्तो भएको न हो ।
त्यसपछि नेपालका अधिकांश उध्योग धन्दाहरु खासगरि राजा वीरेन्द्रको पालादेखिबाट कमजोर र धराशायी भन्दै गए । राष्ट्रिय उध्योग धन्दा र उद्दमीहरुको संरक्षण निति गतिलो बनाएनन् । आर्थिक अवस्था जर्जर बन्दै गयो । नेपालीहरु गरिब हुँदै गए । केहि मुठ्ठीभरका पूँजीपती र दलालहरुकालागि नेपाल स्वर्ग बन्दै गयो । आम नेपाली जनताकालागि कठिन र कष्टकर । त्यसैले हाम्रा ठकुरी (शाहहरु ठकुरी हुन्) हरुको शासन सफल रहेन । अर्थात नेपालमा पञ्चायती शासन असफल हुँदै गयो ।
२०४६ सालमा बहुदलिय प्रजातन्त्र आयो । लगत्तै नेपाली कांग्रेसको सरकार बन्यो । २०४६ देखि २०६६ सालसम्म आउँदा करिब १४ वर्ष नेपाली कांग्रेसले सरकार चलायो । कहिले एकल त कहिले संयुक्त सरकार गरेर । यो बेला देश सबैभन्दा बढि धराशायी बन्यो । भ्रिकुटी कागज कारखाना, बिराटनगर जुटमिल, बाँसबारी छालजुत्ता कारखाना, हेटौंडा कपडा उध्योग लगायत देशका अधिकांश उध्योग कलकारखाना निजिकरणका नाममा बेचेर, कमिशान लिएर ध्वस्त पारियो ।
भ्रस्टाचार, अनियमितता, कालोबजारी, अत्याचार, दलगत मनपरीतन्त्र सारा यहि बेला मौलायो। परराष्ट्र निति झन कमजोर भो । बिदेशीहरुको चलखेल तिब्र भयो । बाँकि दलहरुलेपनि यहि बाटो समाते । शहर केन्द्रित भयो सुख सुबिधा, विकास र बितरण । गाउँ बिराना बने । शहरियालाई ताकियो, गाउँलाई पुरै बेवास्ता गरियो । भाषा, संस्क्रिति, पहिचान भन्ने आफ्ना परिचय झन गुम्न थाले । पशिचिमी संस्क्रिति, भाषा, शिक्षा, नक्कलको बाढी आयो । तर हाम्रो देशको आफ्ना भाषा भाषी, अलग सांस्क्रितिक पहिचान, भिन्न रहनसहन केहिको पनि संरक्षण निति बनेन । केन्द्रित शामान्ति राज्य ब्यवस्था चलिरह्यो । त्यसले गर्दा नेपालको कुनैपनि आफ्नो मौलिकपनको संरक्षण, जगेर्ना, खोजिनिति र बिस्तार हुन सकेन । यो भनेको हाम्रो राज्य ब्यवस्था पुरै असफल हुनु हो ।
जब आफ्नो देशमा कल कारखाना नै खुल्दैनन् । भएकापनि बिदेशीको कमिशान खाएर बन्द गरिन्छन् । तब के हुन्छ ? बिदेशबाट आयातित हुन्छ । आफ्नोमा नभएका चिज छिमेकिले हेरेर ब्यापार गर्न आउँछ । हामीले लगाउने हेटौंडे सारी उत्पादन गर्ने कारखाना बन्द गरेपछि भारतबाट आउन थाल्यो । गाउँमा स्थानिय रक्सी बनाउन नदिने । पुलिस लगाएर घ्याम्पा फोर्ने । तर बिदेशी रक्सीका बोत्तल चाहिँ बिना रोकतोक आउन दिने गरेपछि बिदेशी रक्सी नखाएर के गर्छन् । आफ्नो देशमा उत्पादन हुने लुगा कारखाना बन्द गरेपछि अमेरिकि, चिनियाँ वा जापानी लगाउनु परेन ? आफ्नो देशमा साइकलसम्म बनाउने सोच शासकहरुमा नभएपछि बिदेशी गाडी चढ्नु परेन ?
आफु जन्मेको भाषाको मतलबै छैन । तर अंग्रेजी र हिन्दी भाषाका पाठ्यक्रमलाइ बाध्य बनाउने के जनजाति वा अन्य समूदायका मानिसले हो  ? कि यिनै असफल, बिदेशीका दलाल शासकहरुले हो ? आफ्नो देशका भाषाहरु संरक्षण गर्न कुनै ध्यान नदिने । बरु मास्नतिर लाग्ने । आफु जन्मेको भाषाको लिपी लेखाउन, बोल्न सिकाउन ध्यान नदिने तर अंग्रेजी भाषा जाने महान भईन्छ भनेर कनी कनी बोल्ने वातवरण, परिस्थिति स्रिजना गर्ने को हो ? देशको शासन ब्यवस्था होइन ?
हरेक ठाउँमा जाजिर खाँदा हाम्रा नेपाली भाषाहरुलाई लत्याएर ‘अंग्रेजी भाषा जानेको’ भन्ने फुर्को झुण्ड्याएर आम नागरिकलाई बिदेशीको दास बनाउने को हो ? अंग्रेजी भाषा बोल्ने हामी जाति, जनजाति वा अन्य समूदायका नेपाली कि बिदेशीका दास हाम्रा शासक ? देश चलाउन सिहासनमा बसेका राजा स्वयंले कनि कनि नेपाली बोलेर आधा अंग्रेजी मिसाउँदै राष्ट्रका नाममा संवोधन गर्न थालेपछि के हाम्रो भाषा र संक्रितिको संरक्षण हुन्छ ? अनि त्यसको दोष टुटेफुटेको अंग्रेजी बोल्ने नागरिकलाई दिएर हुन्छ ?
आफ्नो देशका संगितकर्मीलाई मान्यता नदिने । गित संगितको संरक्षण र खोजिमा ध्यान नदिने । बोर्ड र सोर्ड नाम राख्दै नियन्त्रण गर्ने । अंकुश लगाउने । तर बिदेशी संगित चाहिँ खुला पस्न दिने गरेपछि विदेशी गित र संगित गाउने हुँदैनन् र ? जुन क्षेत्रमा जुन जाति वा जनजातिको भाषा बोलिन्छ । त्यसो स्कूल र क्याम्प्समा अनिवार्य ति स्थानिय भाषा पढ्नै पर्ने राज्यले ब्यवस्था गर्ने हो भने यो अवस्था हुने थियो र ?
त्यसैले यो राज्य प्रणाली असफल भएको छ । अब नेपालले अर्कै राज्य प्रणाली अपनाउनु पर्छ । त्यसकालागि संघिय सासन ब्यवस्था उपयुक्त हो । किनकि यसले राज्यशक्तिको बितरण र पहुँचलाई बिकेन्द्रिकित गर्छ भनिएको हो । विविध भाषा, संस्क्रिति, रहनसहन र लवजकोलागि विश्वमै नेपाल अनुपम संग्राहलयका रुपमा रहेकोले त्यसलाई संरक्षण र जगेर्ना गर्नपनि आआफ्नो पहिचान भएको प्रणाली चाहिन्छ भनिएको हो । आफ्नो पहिचान गुम्दा त्यो जात रहनु वा नरहनुको औचित्य रहन्न । पहिचान बिहिन मानव अब कल्पना गर्नपनि सकिन्न ।
आआफ्ना भाषा, संस्क्रिति, रहनसहन वा समग्रमा तिनको पहिचान के कसरि हुन्छ र गर्न सकिन्छ भन्नेमा अब केन्द्रिक्रित राज्य ब्यवस्थाले सक्दैन । तिनै जनजातिहरुले आआफ्नो स्थानिय स्तरमा पहल गर्नुपर्छ । आफ्नो पहिचानकालागि आफैं अग्रसर नभएसम्म संभव छैन रहेछ भन्ने अहिले सम्मको नेपालको असफल केन्द्रिकित र शासन सत्तामा सिमित वर्गको पहुँचले देखाइसकेको छ । नेपालको शासन सत्ता मूलत शाह, राणा, थापा, बस्नेत, कोइरालाहरुकै चक्करमा घुमिरहेको छ । ति असफल भैसकेका छन् ।
त्यसैले आफ्नो गाउँ ठाउँको विकास गर्न, आफ्नो पहिचान कायम राख्न, आफ्ना लिपी, भाषा र संस्क्रितिको संरक्षण गर्न सथानिय तवरबाटै शक्ति सम्पन्न भएर लाग्नु पर्छ । त्यसैले पहिचान सहितको संघियता भनिएको हो । यि विषयहरुलाई यो भन्दा अर्को कुन तरिका, ब्यवस्था र राज्य प्रणाली अपनाएर गर्न सकिन्छ त ? यो भन्दा उत्तम बिकल्प यदि छन् भने तिनले दिन सक्नुपर्छ । तत्कालकालागि चाहिँ यस्तो पोष्टरका पछाडि लाग्ने बुद्दिजिवीहरुलेपनि आँखा खोलेर चिन्तन गर्ने हो कि ? साभार : नेपाल प्लस 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis