०५८ साल वैशाख। चितवने साथीको बिहे। दुलाहाको तर्फबाट हामी निम्तालु। काठमाडौंबाट चार जना गएका थियौं। साँझमा पुगियो चितवन। राजधानीबाट गएका दुलाहाका साथीहरूलाई मेजमानी त हुने नै भयो। वरपरका कन्या (कन्या त कोक्रोमा मात्र पाइन्छ भन्छन् तैपनि भनिहालें)- हरू हामीलाई हेरेर मस्किन थाले। प्वाट्ट फुट्लाजस्तो वैंश भरिएका ठिटीहरूलाई देखेर एक साथीले भनिहाल्यो- 'एक जना घट्लाजस्तो छ है यताको!' उनीहरूले एकापसमा हेराहेर गरे। सायद
उनीहरूको मन भन्दो हो- 'तँ हैन म घट्ने!'
अनि बढ्ने चाइँ उता!'- साथीले मलाई देखाएर भन्यो। त्यतिखेर उनी हीँहीँहीँ... हाँस्दै थिए, घोडा हिनहिनाएजस्तो। विचार त आफैंलाई गरेका हुँदा हुन्, मलाई हालिदिए घानमा। अब झस्किने भाग मेरो। केटी देख्नासाथ म त्यसैत्यसै मुजिन्छु। मेरो मुटुमा ढ्यांग्रो बज्न थाल्छ- गुरुङहरूको अर्घुंमा जस्तै। लेडिजफोविया सायद।
ठिटाहरू ठट्टिँदै गर्दा एक जना झुल्किए। सानो गाँठीका। गहुँगोरा। श्रीमान् गम्भीर भन्न सुहाउने हुलियाका। उनको उमेरले भनिरहेथ्यो- 'म दाइ हुँ।' चिनापर्ची भयो। अघिल्लो दिनै आइपुगेका रहेछन् काठमाडौंबाटै। थानकोटका रहेछन्।
दुलाहाका लागि त एकरात पनि सिंगै युगजस्तो भयो होला। उता दुलहीलाई पनि। तर हामी भने थाकेका ज्यान ओछ्यानमा ढल्नासाथै ढालिएछ रातलाई। बिहान पनि कति छिटो भएको!
...
आज जन्ती जाने दिन। पोखरा चाख्न पाइने। बसले साइत गर्यो। जन्ते बसमा हामी, दुलाहा र उनका खास भित्रियाचाहिँ कारमा। मभन्दा पछाडि सिटमा दुलाहाकी बैनी र तिनै सानो गाँठीका दाइ थिए। ११ बजेतिर पोखरा पुगियो। पञ्चेबाजा घन्काउँदै।
दुलहीको घर चिप्लेढुंगा। पुग्नासाथै अगाडि आइपुग्यो मिष्ठान्न। बिहान खाजा मात्र खाएर निस्केको जन्तीको आन्द्रा बटारिइसकेको थियो। ग्याष्टिक हुनेको त पुतुतु धुवाँ छाड्ने गरी रिसायो होला भुँडी। अरुलाई किन यसो भन्नु! भएको त आफैंलाई हो नि। अँ, सपासप खाइयो, थपीथपी खाइयो। भान्से नानीहरू (साली नानी भन्नुपर्ला)-ले के ठाने कुन्नि! हन्तकाले पो भने कि! काले भनुन् कि गोरे! खान त परिगो।
भान्सालगत्तै सुरु भयो नाचगान। साथीहरू साली नानीहरू (?)-सँग कुम ठोक्काइठोक्काई नाच्न लागे। मलाई पनि तानिहाले। परेन फसाद! खुट्टा नघुमाई सुक्खै पाइएन। घुमाएँ। मंकी डानस भयो कि के भयो। जेहोस् म नाचें, जिन्दगीमा एउटा इतिहास बन्यो।
ह्यानत्यान गर्दागर्दै दिन अस्ताइसकेछ। दुलाहादुलही कारमा अघि लाएर हामी निस्कियौं। गाडीले पाइला उचाल्दा साँझ खसिसकेको थियो। फकिँँदा पनि सानो गाँठीका ती दाइ र दुलाहाकी बैनी एउटै सिटमा थिए। फरक कति भने आउँदा मेरो पछाडि थिए जाँदा मेरो दायाँतर्फको लहरमा। ठानेँ, केही हुँदै छ। अर्को जन्तेबाख्रो पनि छिट्टै खाना पाइनेभो, जन्ती बन्ने अर्को अवसर पनि थपिने भो!
चितवन पुग्दा आधारात भइगो। कोही कता कोही कता छरिएर घडीचरो बसायौं। हाम्रो अनिँदो बिहान जाग्यो आँखा मिच्दै, मुखलाई हाब्रो बनाउँदै।
बिहान दुलाहालाई साथीहरूले जिस्क्याए। दुलहीको अनुहारमा र जीउमा टाँसिएका सितारा उनको अनुहारमा र पाखुरामा सरुवा भएका थिए। उनको अघाएको मुख प्रष्टै देखिन्थ्यो। यता हाम्रो भोक जागिसकेको थियो। सबैका आ-आफ्ना थिए भने सोचे होलान्- 'प्रतीक्षा गर मेरी मायालु...।' म पनि त यही ड्याङमा थिएँ नि।
बिहे खाइयो, पचाइयो। काठमाडौं फर्किने बेला भयो। खान्कीका लागि बारीको पाटामा ताँती लाग्यांै। हामी चार जना काठमाडौंले ताँतीमा थियौं तर सानो गाँठीका ती दाइ गायव। मलसाँप्रोले जस्तै घाँटी तन्काएर हेर्दै साथीले केही इशारा गरे। उनको चलेको जुँगाले कुरा बुझायो। ती दाइका लागि त भित्रै पाकेको पो रहेछ मिष्ठान्न। हामी त रहलपहलमा परिहाल्यौं। साथीहरूले कुरा काटे। म पनि त्यो कटाइमा सहभागी भएँ। पोलहरू खुले- दुलाहाकी बैनीका लागि यो सब हुँदैछ। तिनै दाइलाई पट्याउने प्रयासमा छ त्यो परिवार। यस्तै यस्तै।
ज्वाइँसत्कार पाएर पनि सानो गाँठीका ती दाइ भने श्रीमान् गम्भीरको गम्भीरै थिए। आएदेखिन्को एउटै ब्रान्डको गम्भीरता देखेर मेरो मनमा एउटा घोर्ले प्रश्न च्याहाँ गर्यो- 'किन?'
...
फर्किने बेला। नजिकै घर पर्ने हुँदा कोही घरतिर पसे, कोही आफन्तकोतिर। काठमाडांै फर्किने भयौं सानो गाँठीका तिनै दाइ र म। गाडीको सिटमा सँगै बस्यौं। बस जर्याकजुरुक उठ्यो र तुुफान कुद्यो। प्रसंगवश कुरा निक्लियो दुलाहाकी बैनीको। निक्ल्यो पनि के भन्नु? निकालेँ म आफैंले। उनले भने खासै चासो दिएनन्। उनका कुरामा विवाह र केटीबारे उति उत्साहजनक तत्व पाइनँ। आखिर किन त? त्यही प्रश्न च्याहाँ गर्यो फेरि।
उनी खुल्दै गए कछुवाको चालमा। कहानीको रिल घुम्न थाल्यो। उनी कलेज फ्ल्यासब्याकमा गए-।
'ऊ राम्री थिई। प्रेम प्रस्ताव राखेँ। स्वीकारी। बिस्तारै हाम्रो सम्बन्धबारे एक कान दुई कान हुँदै सर्वत्र फैलिइसकेको थियो। यो कुरा उसको घरकसम्म पुगेछ। उसका बाउले मलाई भेटेरै धम्की दिए। केही डराएको थिएँ, ऊ मलाई ढाडस दिन्थी, 'पर्च टर्च।' उसले नै आड दिएपछि पछि हट्ने कुरै भएन। बाउ झनै चिढिँदै गए। त्यो चिढ्याइँ मेरो लागि हतकडी बनेर हाजिर भयो। भए नभएको आरोपसहित झ्यालखानामा हाले। जे त पर्ला, उसले भनेकी थिई, 'पर्च टर्च।'
उसले कुनै उपाय लगाएर रिहा गर्छे भन्नेमा ढुक्क थिएँ। म उसैलाई पर्खिरहें।
तीन दिनपछि-
ऊ आई। म खुसीले चंगा भएँ। साथमा उसका बाउ पनि थिए। सोचेँ, बाउलाई समेत मनाइछ। केटीलाई मान्नैपर्छ। मेरो अनुहार हँसिलो भयो। मैले त तिनलाई ससुरा बा नै देख्न थालेँ।
उनीहरू आइपुग्दा म जेलको फलामे बारमा छोइने गरी उभिएको थिएँ, ताकि ऊसँग छोइन सकुँ। फिस्स हाँसेर भनें, 'तिमी आउँछ्यौ भन्ने विश्वास थ्यो निरु!' ए साँच्ची त हुनेवाला ससुरा बालाई अभिवादन गर्नै भुलेँछु। सादर नमस्कार टक्य्राएँ तर त्यसको जवाफ मेरो बुझाई विपरीत आयो, 'चिप्लो घस्न खोज्छस् कुजात!'
बुढा पड्किइहाले अब मेरो भर ऊ नै त थिई। म उसको प्रतिक्रियाको तीव्र प्रतीक्षामा थिएँ। बाउको धमास सकिएपछि उसले भनी- 'तँ कुजातसँग म आउँचु भन्ठान्याछस्? थुः!'
मेरो मुख उसको थुकले भरियो। अघिसम्म तावामा थिएँ अब भुंग्रोमा। मेरो सपनाको महल गर्ल्यामगुर्लुम ढल्यो। बाउचाहिँले छोरीलाई घन घोटी बञ्चरो बनाइसकेछन्। त्यो बञ्चरो ममाथि अन्धाधुन्ध प्रहार भयो। मेरो छाती, मुटु अनि मस्तिष्क सब चिराचिरा भए। उनीहरू मेरो यो हाल हेर्दै शानका साथ फिर्ती सवार भए। मेरो छट्पटी सुरु भयो। सजाय काटेर फर्किंदासम्म मभित्रको आधा मान्छेले आत्महत्या गरिसकेको थियो। मेरो हालत देखेर घरमा रुवाबासी चल्यो।
मलाई मर्मत गर्न भनी सिंगो परिवार खट्यो। काउन्सिलिङ गर्नेदेखि लिएर योगध्यानसम्म पुर्याइएँ। मैले त आफूलाई माया नै मारिसकेको थिएँ तर बिस्तारै मनका घाउ पुरिँदै गए। समय रहेछ मनको घाउको मलम। म तंग्रिएँ। तर पनि कहिलेकाहीँ त्यो घाउ बल्भि्कन खोज्छ। तुस नमेटिने रहेछ। के गर्नु भाइ हामीले छोएको त माया पनि नचल्ने।'
...
ती दाइको कुरा सकिँदा नसकिँदै म क्षतविक्षत भइसकेको थिएँ। मान्छेले रङ फेर्नमा छेपारोलाई समेत पछार्छ भन्ने यहीँ थाहा पाएँ। मलाई फेरि पनि हँसिया चिह्नले ठुँग्यो, 'चिनेरै सम्बन्ध बनाउने अनि अहिले यस्तो घात किन?'
मेरो पनि त ती दाइकै चाल भएको हो। मैले आफ्नै ठानेको क्षेत्रीनी (थपिनी) ले यहीँ स्वाहा गरी। मैले आफ्नै ठानेको गुरुङसेनीले पनि त्यै गरी। मेरो माया पनि चलेन। अझ त्यो आकारको अपमान पनि आइलागेको भए मेरो के हाल हुन्थ्यो? सम्झेर झसंग तर्सिन्छु।
कमल नेपाली नागरिक