CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ३ सय ५५ थान अवैध हतियार संकलन

३ सय ५५ थान अवैध हतियार संकलन

 इलाम, फागुन ११- प्रहरीले जिल्लाका विभिन्न गाविसहरुबाट तीन सय ५५ अबैध हतियार संकलन गरेको छ। जिल्लालाई अवैध हातहतियार मुक्त जिल्ला बनाउन प्रहरीले थालेको अवैध हतियार संकलन अभियानमा भरुवासहित टुकी बम, बारुद र विष्पोटमा प्रयोग हुने केप समेत संकलन
भएका छन्।

यी हातहतियारको जिल्ला प्रहरी कार्यालय इलामले दोस्रो पटक बिहीबार सार्वजनिक गरेको हो। पहिलो पटक एक सय ७४ थान अवैध हतियार संकलन भएको जिल्ला प्रहरी कार्यालयमा पछिल्लो पटक एक सय ८१ थान भरुवा अवैध बन्दुक एक किलो भन्दाबढी बारुद संकलन भएको हो। गत पुस १९ गतेदेखि माघ २४ सम्म १ सय ७४ थान भरुवा बन्दुक संकलन भएका थिए। 
हतियार बुझाउन थप गरिएको समयमा १ सय ८८ थान हतियार संकलन भएको इलामका प्रहरी नायब उपरिक्षक भीमबहादुर दाहालले बताए। अब बाँकी रहेका हतियारको पनि सुचना भएकाले अव ती हतियार खोज्न प्रहरी सर्च अभियाननै थाल्ने दाहालले जानकारी दिएका छन्। जिल्लामा चोरी तस्करीको नियन्त्रण गर्न र भविष्यमा भूमिगत संगठनले प्रयोग गर्नसक्ने अवस्थालाई मध्यनजर गरि हतियार संकलन गरिएको दाहालले बताए। 
यसरी संकलन भएका हतियार सबैभन्दा बढी जिल्लाको दक्षिणी गाविस दानाबारीमा ४८ थान, लक्ष्मीपूरमा ३७ थान, चिसापानीमा ३१ थान, पञ्चकन्यामा २१ थान, शान्तिपुरमा ११ थान, इरौंटारमा १० थान, लुम्देमा १३ थान, गजुरमुखीमा १९ थान एकतप्पा, श्रीअन्तु र कन्याममा, फिक्कल र यस्तै पशुपतिनगर, चुलाचुली, इभाङ, नयाँबजार, जोगमाई गाविसबाट गरि जम्मा ३ सय ५५ थान हतियार संकलन भएको प्रहरी नायब उपरिक्षक दाहालले जानकारी दिए। बरामद गरिएका हतियार नष्ट गर्ने उनले जनाए।
गाउँमा रहेका अबैध हतियारहरुबाट विभिन्न समयमा सात जनाको मृत्यु भइसकेको छ। दर्जनौं घाइते भइसकेका छन्। दाहालले भने ‘हतियार अबैध भएकाले हतियारबाट भएका दुर्घटनाबारे प्रहरीलाई खबर गर्न पनि डराउने गरेको पाइएको छ।' 
अबैध हतियारबाट भूमिगत क्रियाकलाप, अपराध, डकैती, लुटपाट, धम्की, चन्दाजस्ता घटना हुने गरेका छन्। वन तस्करी, लोपोन्मुख बन्यजन्तु शिकारीमा पनि अवैध हतियार प्रयोग हुने गरेको दाहालले बताए। उनले भने ‘अबैध हतियार राख्ने १४ जनाविद्ध मुद्दा परेको र ३७ जनालाई कारबाही गरिएको छ।' 
दाहालले भने ‘हामी अब खोजतलास गरेर कानुनी कार्वाहीको प्रक्रिया अघि बढाउछौं।' अबैध हतियार राख्नेलाई तीन महिनादेखि सात वर्षसम्म कारबाही र २० हजारदेखि एक लाख ४० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। 

भीम चापागाईं,
तस्वीरः लक्ष्मी मिश्र
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis