काठमाडौं, फागनु १४ (नागरिक)- मुलुकमा चुनावको चर्चा चलिरहँदा मध्यपश्चिम तथा पूर्वका मुख्य सहरहरुमा बिहानैदेखि बम आतंक छाएको छ । बिराटनगर, बुटवल, धनगढीमा फेला परेका बम सेनाको टोलीले निस्क्रिय पारेको छ भने नेपालगञ्जको बनकटुवामा फेला परेको प्रेसर कुकर बम निस्क्रिय पार्न सेनाको टोली परिचालन भएको छ।बम भेटिएका सबै स्थानमा नेकपा-माओवादी क्रान्तिकारीको पर्चा भेटिएको छ। बिराटनगर-१६ पाँचली मोडमा फेला परेको यसैगरी आज बिहान नै नेकपा-माओवादी (क्रान्तिकारी) को नाउँमा फ्याँकिएको पर्चासँगै धनगढीमा पनि प्रेसर कुकर बम भेटिएको छ। धनगढी-५ जाईमा सिमेन्टको बोराभित्र राखेको अवस्थामा भेटिएको बम सेनाको शिवदल गण अत्तरियाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको थियो। ५ लिटरको प्रेसर कुकरभित्र सल्फर नामक विस्फोटक पदार्थ भरेर बम विस्फोट गराउने प्रयास गरिएको प्रहरीले जनाएको छ।
बाँके जिल्लाको वनकटुवा गाविस-७ रङ्गिलाचोकमा आज बिहान ५ बजे प्रेसर कुकर बम फेला परेको छ। बमसँगै नेकपा-माओवादी क्रान्तिकारीका अध्यक्ष जनपदले हस्ताक्षर गरेको पर्चासमेत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दियो। बम निस्त्रि्कयका लागि नेपाली सेनाको टोली घटनास्थलमा पुगिसकेको छ।
यसैवीच मंगलवार नै कैलालीको धनगढीमा प्रेसर कुकर बम भेटिएको छ । कैलालीको धनगढी नगरपालिका-५, जाईमा सिमेन्टको बोरा भित्र राखेर बेबारिसे अवस्थामा भेटिएको बम शिबदल गण अत्तरीयाबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय कैलालिका प्रहरी निरिक्षक कुलदिप चन्दले जानकारी दिनुभयो ।
५ लिटरको प्रेशर कुकर बम भित्र सल्फर नामक बिस्फोटक पदार्थ रहेको चन्दले जानकारी दिनुभयो । बिहान ट्युशन पढ्न गएका बिद्यार्थीर्हरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा नेकपा माओबादी क्रान्तिकारी पार्टीको पर्चा भेटिएको प्रहरी निरिक्षक चन्दले जानकारी दिनुभयो ।
- नागरिक न्युज अन्लाईंन खबर
फोटो ; इकान्तिपुर र अन्लाईंन खबर
