CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

भक्तपुर, माघ २४- भक्तपुर नगरपालिका-९ स्थित चोछेमा परिवारसँगै भाडाको घरमा बस्दै आएकी काभ्रेकी एक तामाङ थरकी बालिकालाई यौन दुर्व्यवहार गर्ने पुरुषलाई आज महानगरीय प्रहरी परिषर भक्तपुरले पक्राउ गरेको छ। 
सोमबार बिहान करिब १० बजे घरभित्रै भक्तपुर नगरपालिका- १४ बोलाछेका २२ वर्षीय रञ्जन प्रजापतिले १२ वर्षीया बालिकालाई यौन
दुर्व्यवहार गरेको पीडितका परिवारले बताएका छन्।
महानगरीय प्रहरी परिषर भक्तपुरमा अभियुक्तले दिएको बयानअनुसार यौन दुर्व्यवहार गर्ने योजनाअनुसार कुरेर बसेका प्रजापतिले बालिका शौचालयबाट निस्किएर कोठातर्फ जाँदै गर्दा सुरेश छ, सुरेशलाई चिन्दैनौ भनेर सोधेको र बालिकाले चिन्दिन भने लगत्तै दाहिने हातले मुख थुन्नेर बायाँ हातले घाँटी थिचेर भुइमै मै लडाएर यौन दुर्व्यवहार गरेका थिए।
सधैँ अध्यारो रहने उक्त स्थानमा यौनदुर्व्यवहार गर्दा उनी चिच्याएपछि उनका बाबुआमा तल ओर्लेर आएको र पल्लो घरका बासिन्दाले बत्ती बालेको उज्यालो आएपछि प्रजापति भागेका थिए। 
बाबुआमाले छोरीको योनीमा रगत बगिरहेको देखेपछि उपचारका लागि भक्तपुर अस्पताल लगेको बताएका छन्। बालिकाको यौन दुर्व्यवहार भएको भक्तपुर अस्पतालले स्वास्थ्य परीक्षणपछि हिजो नै प्रमाणित गरेको थियो। 
प्रजापतिलाई आजै पक्राउ गरी जबरजस्ती र अप्राकृतिक मैथुन ऐन अन्तर्गत मुद्दा चलाएको प्रहरीले जनाएको छ। प्रजापति गत १९ गते मात्र चोरीको अभियोगमा सजाय पाएर जेल मुक्त भएका र यसअघि पनि रेस्टुरेस्टमा काम गर्ने महिलाको सामान चोरी गरेकोलगायत विभिन्न अपराधमा जेल सजाय भुक्तान गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरी परिषर भक्तपुरका अनुसार माघ महिनामा मात्रै भक्तपुरमा चारवटा करणीको घटना घटेका छन् भने साउनदेखि यता ११ वटा करणीको घटना घटेका छन्। रासस
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis