१ सय ५० जना यौनकर्मी महिलाले जागिर गर्ने र एक दिनमा १ हजार पुरुषको यौनको भोक मेटाउने लक्ष्यका साथ अस्टि्रयाको राजधानी भियनामा युरोपकै सबैभन्दा ठूलो वेश्यालय खुल्ने भएको छ। वेश्यालयमा सम्भोगको
सुविधा त हुने नै छ, त्यसका अतिरिक्त रेस्टुराँ, ब्युटिपार्लर, जिमखाना तथा सैलुनसमेत रहनेछ।
स्थानीय उद्यमी पिटर लास्कारिसले खोल्न लागेको उक्त वेश्यालय डेढ करोड पाउन्डको लगानीमा सुरु हुनेछ। पिटरका अनुसार त्यो केवल सामान्य वेश्यालय मात्र हुनेछैन, सम्पूर्ण आनन्द तथा सुविधाको केन्द्र हुनेछ।
आफ्नो वेश्यालय चारतारे होटलभन्दा सुविधासम्पन्न हुने दाबी पिटरको छ। डेढ सय बेडको उक्त वेश्यालयमा चौबीसै घण्टा उपचार सेवा समेत उपलब्ध हुनेछ। वेश्यालयले सहरैभरि चौबीसै घण्टा ग्राहक ल्याउने र पुर्याउने सेवासमेत उपलब्ध गराउनेछ। वेश्यालयले समय-समयमा विभिन्न खालका सेक्स महोत्सव तथा प्रदर्शनीको आयोजनासमेत गर्ने बताइएको छ।