CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » एक रातकी सेक्सी हिरोइन

एक रातकी सेक्सी हिरोइन

 दोहोरी रेस्टुरेन्टका वेटर केटीहरूका अनुहारबाट चमक हराउँदै गएको थियो। चार घण्टासम्मको भागदौडले मुस्कानको मूल पनि सुकिसकेको थियो। तर, साउने झरीले रोकिने छाँटकाँट देखाएन। घडी हेरेको रातको ११ बज्नै थालेको रहेछ। दुई चोटि घर जाने भनेर बाहिर निस्के पनि पानीको तोडमा मसँगै गएको साथीले मोटरसाइकल कुदाउन अस्वीकार गर्‍यो। त्यसैले त्यो दिन सुरुमै पुगेर अन्तिम समयसम्म बस्ने ग्राहक हामी नै थियौँ। त्यो रेस्टुरेन्टका वेटरदेखि गायकसम्म हामीसँग
परिचितजस्तै भइसकेका थिए।
म दोहोरीको फ्यान, मेरो साथी मदिराको। ऊ पिएर लठ्ठै, म दोहोरी सुनेर। ऊजस्ता साथी नहुँदा हुन् त मजस्ता मदिरा नपिउनेका लागि यो शहरमा रमाइलो गर्ने ठाउँ पनि हुने थिएन। जुस खाएर दोहोरी सुन्नुजस्तो 'नामर्दपन' अरू केही हुनै सक्दैन भन्थ्यो ऊ। तर, कुरा उसैसँग मिल्ने। उसको मदिराको बिल मैले तिर्ने र जुस र खानेकुराको उसले तिर्ने गरी सहमति हुन्थ्यो जहिल्यै। त्यो दिन पनि त्यही गरियो। चाँडै फर्किने योजना थियो तर झरीले दिएन। 
'दाइ बन्द गर्नुपर्ने बेला भयो,' हाम्रो सेवामा तारन्तर आइरहने अग्ली चाहिँ केटीले मुस्कुराउँदै भनी। 'तर, हामीलाई जानै मन लागेको छैन,' मेरो साथी जिस्कियो। 'त्यसो भए भोलि बेलुका भेटौँला। भित्रै थुनिदिऊँ,' ऊ पनि के कम। 'भइहाल्छ नि, तिमी भन्छ्यौ भने,' मदिराको असर देखाइहाल्यो त्यसले। मैले उसको तर्फबाट 'सरी' भनेँ। तर, त्यो केटीका लागि उसको व्यवहार सामान्य थियो। ऊ समझदार पनि रहिछ। सोधी, 'कहाँ पुग्ने हो दाइहरू?' मैले 'नयाँ बानेश्वर' भनेँ। उनीहरू जाने माइक्रोमै हामीलाई पुर्‍याइदिने बन्दोबस्त गरी। साथीले बाटामा मलाई पत्रकार भनेर चिनाइदियो उसलाई। त्यसपछि ऊ बढी नजिकिई। छुट्ने बेला 'मिल्छ भने नम्बर दिनुहोस्' भनी। मैले कार्ड थमाएँ। जतनले मनीब्यागभित्र राखी, कच्याकुचुक भएका केही थान पाँचसयका नोटले मनिब्यागबाट उम्किने प्रयास गर्दै थिए, सम्हाली। सायद टिप्स थिए। 
०००
झन्डै एक हप्तापछि नयाँ नम्बरबाट फोन आयो। मिटिङमा थिएँ। 'पछि कल गर्छु' भनेर राखिदिएँ। बिर्सेछु। दिउँसो १ बजे फेरि फोन गरी। 'हामीसँग त बोल्न पनि मन लाग्दैन कि क्या हो सरलाई,' सिधै भनी। मैले माफी मागेँ। सामान्य भलाकुुसारी भयो। भेट्ने इच्छा व्यक्त गरी। शुक्रवारको दिन थियो, कामको चाप थिएन। सहमति जनाएँ।
'कति ढिला हो सर एउटा हट लेमन सकिसक्यो,' नयाँ बानेश्वरस्थित एलिनाज क्याफेमा पुग्दा निस्पि्कक्री बोली। अपरिचतलाई परिचितजस्तै व्यवहार गर्नुपर्ने रेस्टुरेन्टको शैलीमा अभ्यस्त थिई। त्यसैले ऊ मसँग वर्षौंदेखि चिनेका जस्तै व्यवहार गरिरहेकी थिई। 'अर्को मगाउँला नि,' मैले भनेँ। ऊ हाँसी। हाँस्दा अनारका दानाजस्ता सुन्दर दाँत पूरै देखिए। लाम्चो गोरो अनुहार, जतिबेला पनि मस्किएर बोल्ने बानी। मलाई मन परिरहेको थियो।
'ल भन, किन भेट्न खोजेकी थियौ?' मैले भनेँ। 'भेट्न मन लागेर,' ऊ इतरिई। मसँग उत्तरै थिएन। दुइटा कफी मगाएँ। केही छिन यताउताका कुरा गरी। त्यसपछि भनी, 'मैले तपाईंका बारेमा धेरै कुरा सुनेँ।' म अचम्ममा परेँ। कुरा के परेछ भने त्यो साथी उसैसँग गफ गर्न पाइने निहुँमा दिनदिनै त्यो दोहोरी जान थालेछ। मेरा बारेमा ठूला कुरा गरेछ। 'उसलाई भन्यौ भने मोडल त युँ बनाइदिन्छ, हिरोइन पनि बनाउने हैसियत राख्छ,' उसले गुड्डी हाँकिदिएछ। उसलाई हिरोइन बन्ने ठूलो रहर रहेछ। जिउडाल हेर्दा चल्तीका कति हिरोइनभन्दा राम्री पनि थिई।
'ए त्यसैले पो भेट्न खोजेको? त्यो साथी अलि बढी गफाडी छ। म निर्माता/निर्देशक केही होइन। त्यसैले यस्तो भ्रम नपाल,' म टकटकिएँ।
त्यो कुरा मैले टार्नलाई भनेको भन्ने ठानिछ। निरन्तर सम्पर्क गर्न थाली। निकै पटक कुराकानी भएपछि ऊ साथीजस्तै बनी। निस्पि्कक्री अन्तरंग कुराकानी गर्न थाली। मैले फिल्म क्षेत्रको वर्तमान अवस्था बताउँदा ऊ ठूलै हिरोइन भन्ने दिवासपनाबाट त ब्युँझिई तर एउटा फिल्ममा अनुहार देखाउने लालसा टुटेन। आखिर ऊ हिरोइन हुन राजधानी जो पसेकी थिई।
०००
एक वर्षअघि गौशाला पुग्दासम्म एउटा हिरोको डाइहार्ड फ्यान थिई ऊ। एक सयभन्दा बढी तस्बिर र पोस्टकार्ड उसको झोलामै थिए। हिरोइन बनाउने सपना देखाउने पनि त्यही हिरो थियो। दिदीको कोठामा कालो लेदरको ज्याकेट लगाएको, एकातिर कपाल फर्काएको तस्बिरको फ्यान थिई ऊ। पछि थाहा पाई, त्यो नेपाली फिल्मको हिरो रहेछ। उमेरले भर्खरै १६ पुगेकी हुँदी हो, सदरमुकाममा जाँदा साथीसँग पहिलोपल्ट त्यो हिरोको फिल्म हेरी। उसले गुन्डालाई रामधुलाइ गर्दा उठेर ताली पिटी कतिपटक। पछि साथीहरूले त्यसलाई जोक बनाए। उसैसँग नाम जोडे। बाहिर मुर्मुरिन्थी, भित्रभित्रै खुशी हुन्थी। धरानमा भएको एक कार्यक्रममा ठेलमठेल गरेर अटोग्राफ लिई। काठमाडौँ पढ्ने एकजना गाउँले दाइबाट उसले त्यो हिरोको नम्बर पाई। त्यसपछि त दिनदिनै जसो फोन हुन थाल्यो। 'तिमी काठमाडौँ आऊ, हिरोइन बनाइदिन्छु,' निकै पटक भन्यो त्यो हिरोले। प्रायः राती ९ बजेपछि फोन गर्थ्यो। पछि १-२ बजेतिर पनि फोन आउन थाल्यो। फोन कानमा लगाएर छातीमा फोटो टाँसेर कुरा गर्थी ऊ। कतिपटक चुम्थी भने भोलि बिहान भिजेको अवस्थामा भेटिन्थ्यो हिरोको तस्बिर।
एसएलसी सकिएको भोलिपल्टदेखि काठमाडौँ गएर हिरोइन हुने सपनाले गाँज्न थाल्यो उसलाई। घरपरिवारको अवस्था काठमाडौँ पढाउने थिएन। जागिर खोज्ने मान्छे पक्का भएको विश्वास दिलाएपछि ऊ जसोतसो बाटो खर्च जुटाएर काठमाडौँ आई। गौशालाको एउटा होटलको ठेगाना दियो हिरोले। बिहान ११ बजे काठमाडौँ ओर्लेकी उसले दिनभरि कुरी। बिजी छु भन्दै त्यो हिरो आएन। रातको ८ बजिसक्यो अझै अत्तोपत्तो छैन, ऊ आत्तिई। फोन गर्नै लागेकी थिई। हिरो आइपुग्यो। देउतै प्रकट भएजस्तो लाग्यो उसलाई। गमलङ्गै अँगालो मारेर चुमौलाजस्तो लागेको थियो। तर, सम्हाली आफूलाई।
हालखबर सोध्यो हिरोले। खाना खाए/नखाएको सोध्यो। आफँैले गएर अर्डर गर्‍यो। मटन खाना, सेकुवा र भोड्का। रमाइलो रहेछ मान्छे। तस्बिरमा देखिएभन्दा ह्यान्डसम देखिएको थियो। उसलाई खाना खान पनि अप्ठ्यारो लाग्यो। धेरै बोलिन। हिरो जति नजिकिन्थ्यो, त्यति नै मनमा उत्साहका तरंग बढ्थे। 'तिमी त निकै राम्री रहेछौ,' उसका टम्म भरिएका गाला सुमसुम्याउँदै भन्यो। ऊ अझ लजाई। 'हेर, ओठ पनि कति राम्रा, खाउँखाउँ लाग्ने' भन्दै मुख नजिक ल्यायो। ह्विस्किको गन्ध उसको नाकमा ठोक्कियो। पन्छिन खोजी तर उसले बाहुपाशमा लिइसकेको रहेछ। उसैले माया गरेर बेडसम्म पुर्‍यायो। भित्रभित्रै डराई ऊ। यसअघि ऊ चुम्थी हिरोको तस्बिर। आज हिरोले चुम्दै छ। एक अर्थमा उसको सपना साकार भएको थियो। तर, ऊ किन हो डराई। तर्किन खोजी। तर, सकिन। उसको त्यो प्रेम जम्माजम्मी १० मिनेट टिक्यो होला। त्यसपछि ऊ अलि टाढिएर बस्यो। भोलि बिहान आउँछु भन्दै बाहिरियो। तर, कहिल्यै फर्किएन। मोबाइल सदा स्विच अफ हुन्थ्यो। उसलाई एक रातकी हिरोइन तुल्याएर हिरो गायब भएको थियो।
०००
एलिनाज क्याफेबाट देखिने शहर हेर्दै कथा भनिरहेकी ऊ मतिर फर्की। 'त्यसपछि फर्केर गाउँ जान सकिनँ। सुरुमा डान्सबारतिर गएँ, त्यहाँ त्यति राम्रो लागेन। त्यसैले अहिले यहाँ छु,' उसले भनी। घडी हेरेँ, ३ बजेछ। 'सकेको सहयोग गरौँला' भन्दै छुट्टिएँ।
फर्केर त्यो दोहोरी गएको छैन । आज पनि ऊ हिरोइन हुने सपना पालेर ग्राहकका लागि मदिराको प्याला भर्दी हो।


धनबहादुर खड्का- नागरिक 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis