CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » मौका यहि हो जनकामरेड, गर मोज मस्ती

मौका यहि हो जनकामरेड, गर मोज मस्ती

prachanda-and-sita-dahal-656
पहिले पहिले राज परिवारका सदस्य हाछ्युँ लाग्दा पनि बिदेश सयर गर्थे उपचारका नाममा । पञ्चेका पालामा दरबार निकटकाले त्यसैले गरे । २०४६ सालमा बहुदलिय प्राजातन्त्र आएपछि त्यहि बाटो समाते नेपाली कांग्रेस र एमालेले । पार्टीका कसैलाई सामान्य बिसञ्चो भएपनि बिदेश जान्थे उपचारका नाममा । राष्ट्रको करोडौं रकम यसरि मनपरि खर्चिन्थे । देशमा गणतन्त्र आयो । देश र जनाताको लागि भनेर हजारौं नागरिकको हत्याका कारक बने माओवादी नेता । तर देश र जनताको भलो हैन, अहिले तिनले पनि उहि पञ्चे, एमाले
र कांग्रेसलेझै सामान्य उपचार गर्न पनि बिदेश जान थालेका छन् ।
एकिक्रित नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पत्नीको सामान्य उपचारकै लागि थाईल्याण्ड लगे । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठपनि त्यसैगरि सामान्य उपचार गर्न जापान गएका थिए राष्ट्रिय ढुकुटी लुटेर ।
उतिबेला राजपरिवारका सदस्य, पञ्चे, एमाले, कांग्रेसका नेता बिदेशमा उपचार गर्न जाँदा माओवादीको लागि गज्जबको खुराक बन्थ्यो बिरोध गर्ने । तिनले उफ्रि उफ्रि एमाले र कांग्रेसका छाला उतारौंला झैं गर्थे । ‘जनता पखाला लाग्ने औषधी नपाएर मरेका छन्, वास्ता छैन, एमाले र कंग्रेसी नेता चाहिँ खोकि लाग्दापनि बिदेश जान्छन् राष्ट्रको धन लुटेर’ माओवादीले यसै भन्थे । जनताका अगाडि आफु जनप्रिय बन्न र एमाले कांग्रेसलाई नंग्याउन खुब प्रयोग गरे माओवादीले त्यो ।
तर अहिले देखियो, माओवादी नियत के रहेछ । कसका लागि रहेछ त्यतिबेलाको बिरोध । त्यो नारा र आडम्बर त आफुले लुट्न नपाएर पो रहेछ । कांग्रेस र एमालेले मस्ति गरेको बाहिर बसेर हेर्न गाह्रो भएर रहेछ सुकुम्बासी नेताकि पत्नीको उपचार बिदेशको महँगो अस्पत्तालमा गर्न नपाएर पो रहेछ ।
माओवादीका अन्धभक्त, भरिया कार्यकर्ता र अन्ध समर्थकका कम्पारा तातन सक्छन् प्रचण्डको बिरोध गर्दा । किनकि तिनले प्रचण्डको कुनै आलोचनापनि सहन सक्दैनन् । तिनले हिजो एमाले कांग्रेसका नेता बिदेश उपचारमा जाँदा ढुंगा मुढा बर्षाए । तर प्रचण्डले चाहिँ जे गर्दापनि जनताकै पक्षमा हुन्छ भनेर अन्धभक्ति चढाउँछन् । सिता दहालको बिदेशमा लगेर उपचार गर्नुपर्ने बाध्यता किन पर्‍यो ? कतिन्जेल उनको उपचार स्वदेशका चिकित्शकबाट भयो ? स्वदेशमा कुन जटिलताले उपचार भएन ? नेपालका चिकित्शकहरुले बिदेश लैजानै पर्छ भनेर खै सिफारिस गरेको ? जनयुद्दको धरातलबाट आएका प्रचण्ड रातारात खरब पती हुनुको परिणाम हैन भनेर अब कसरि भन्ने ? बिदेशी अस्पत्तालमा गरिने सामान्य रोगको यो खर्च तिर्छ कसले ? जनसेनाको तलब र भत्ता लुटेको रकमले ? पार्टी कार्यकर्ताको लेबीले ? कि कुनै तस्करले ? कि सरकारले ? के यसको जानकारि देश र जनतालाई दिनु पर्दैन ?
पत्नीलाई बिदेशमा उपचार गराउन लानुपर्नाका यि रहस्य नखोली मनपरि हिँड्नु भनेको जनतालाई कमारा ठन्ने मानसिकताको उपज होइन ? जनताका छोरा छोरी, जनताका पत्नी र आमा बुवा भन्दा कति माथि ठानेका है प्रचण्डले आफ्नी पत्नीलाई ? नेपाली जनता झाडा पखालाको उपचार स्वास्थ्य चौकीमा पुगेर गर्न नपाई मरिरहेका बेला जनता र देशको लागि भन्दै हजारौंको ज्यान हजम गराएर सत्तामा आएका नेताको यो मानसिकता लुट हो कि होइन ?
आफ्नै अस्पत्ताल र आफ्नै देशका चिकित्शकहरुलाई अविश्वास गरेको हो कि हैन यो ? जब देशका राष्ट्रिय स्तरका नेतानै आफ्नी स्वास्नीको सामान्य उपचार गर्न बिदेश हानिन्छन् तब स्वदेशका अस्पतालको स्तरोन्नतीमा तिनको ध्यान किन जाने ? अस्पत्तालमा प्रशासनिक चुस्तता र सतर्कता कसरि हुने ? कसरि चिकित्सकहरुको मनोबल बढ्ने ? नेताहरु प्रति जनताको विश्वास पो कसरि रहने ? कसरि जनतालेपनि हाम्रा अस्पतालको र चिकित्शकहरुको विश्वास गर्ने ?
 साभार : नेपाल प्लुस 

Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis