प्रेमका अनेक परिभाषा छन्। तर, कुनै पनि परिभाषा आफैंमा पूर्ण छैन। प्रेमबारे संसारमा लाखौँ साहित्यकार र विद्वानहरुले लेखिसकेका छन्। प्रेमलाई केन्द्र बनाएर गीतहरु रचिएका छन्, फिल्म बनेका छन्, कथा अनि उपन्यास लेखिएका छन्। जसले जेसुकै भनेर परिभाषा गरे पनि सोझो अर्थमा दया, माया र सद्भावपूर्ण व्यवहार नै प्रेम हो।
स्त्रीको जीवन आफँैमा जटिल र संघर्षशील हुन्छ। एउटा ठाउँमा जन्मेर, हुर्केर कर्मघर खोज्दै अर्कै ठाउँ र परिस्थितिमा जानुपर्छ हामीहरुलाई। यतिमात्रै हो र, नौ-नौ महिनासम्म गर्भमा राखेर बच्चालाई जन्म दिनुपर्छ। सर्वथा नौलो घर, परिवार, सदस्य, समाजमा भिजेर उनीहरुलाई आफ्नो बनाएर जीवन जिउन सजिलो होला? यस्तो संवेदनशील जीवन प्रक्रिया भएका स्त्रीहरुलाई पुरुषहरुले केबल 'साधन'का रूपमा मात्रै हेर्छन्। एउटी नारीले कसैलाई सच्चा प्रेम गर्छे भने पनि उनको त्यो प्रेम स्वीकार्य हुँदैन समाजमा। पुरुषहरुले जे भन्यो त्यही मान्नुपर्ने हामीले।
यो दुनियाँ र हाम्रो समाजमा अहिले यो प्रेम भन्ने शब्द नै अर्थहीनजस्तै भइरहेको छ। त्यसमाथि पनि एउटी नारीको सच्चा प्रेमलाई लत्याएर, गलत अर्थ लगाएर पुरुष भनाउँदाहरुले जे भन्छन्, त्यो नै ठीक हो भनेर ल्याप्चे लगाउनुपर्ने स्थिति यहाँ छ। वर्षौंसम्म प्रेमको नाटक देखाएर नारीको सर्वस्व लुट गर्ने पुरुषहरुलाई यहाँ कसैले पनि दोषी देख्दैन तर तिनै
नारी जसलाई पुरुषले थोœयाएर फालिदिएका हुन्छन्, समाजमा सधँै अपमान र घृणा सहेर बाँच्नुपर्छ।स्त्रीको जीवन आफँैमा जटिल र संघर्षशील हुन्छ। एउटा ठाउँमा जन्मेर, हुर्केर कर्मघर खोज्दै अर्कै ठाउँ र परिस्थितिमा जानुपर्छ हामीहरुलाई। यतिमात्रै हो र, नौ-नौ महिनासम्म गर्भमा राखेर बच्चालाई जन्म दिनुपर्छ। सर्वथा नौलो घर, परिवार, सदस्य, समाजमा भिजेर उनीहरुलाई आफ्नो बनाएर जीवन जिउन सजिलो होला? यस्तो संवेदनशील जीवन प्रक्रिया भएका स्त्रीहरुलाई पुरुषहरुले केबल 'साधन'का रूपमा मात्रै हेर्छन्। एउटी नारीले कसैलाई सच्चा प्रेम गर्छे भने पनि उनको त्यो प्रेम स्वीकार्य हुँदैन समाजमा। पुरुषहरुले जे भन्यो त्यही मान्नुपर्ने हामीले।
आज जताततै महिलाविरुद्ध हिंसाविरोधी नारा चर्किरहेका सुन्छु। दुई-चार दर्जन महिलाहरु सडकमा उभिएर नारा लगाउँदैमा यस्ता अपराधहरु रोकिएलान् भन्नेमा म त पटक्कै विश्वास गर्दिनँ किनभने हाम्रै अगाडि पुरुषहरु तमाशा हेरेर बसिरहेका छन्। आन्दोलन र नारा सुनेर भित्रभित्रै 'इस्' भन्दै हाँसिरहेका छन्। यो परिवार, समाज र सिंगो राष्ट्र नै पुरुषको हैकमवादले चलिरहेको छ भने कसरी महिला हिंसा रोकिन सक्ला? यहाँनेर पनि प्रेमकै कुरा उठ्छ। जबसम्म पुरुषले महिलालाई सच्चा प्रेमपूर्ण दृष्टिले हेर्न सक्दैनन्, यस्ता अपराधहरु रोकिनेवाला छैनन्।
अचेल महिला पुरुषको 'टाइम पास' मात्र बनेकी छिन्। झुटा आश्वासन दिएर र नक्कली अभिनय गरेर नारीको जीवनमाथि खेलबाड गर्न पुरुषहरु पल्केका छन्। यतिबेला मेरो एउटा साथीको प्रसंग उठाउन मन लाग्यो। उसले जीवनमा आफूलाईभन्दा बढी अरू कसैलाई माया गर्थी। धेरै समयदेखि नजिककै एकजना केटासँग उसको प्रेम थियो। सँगै जिउने, सँगै मर्ने कसम खाँदै ऊ आफ्नो प्रेममा यति धेरै गर्व गर्थी कि त्यसको म यहाँ कुनै पनि शब्दमा उल्लेख गर्नै सक्दिनँ। अचानक केटाले प्रेमको डोरी चुँडाइदियो र अर्कै केटीसँग बिहे गर्यो। मेरी साथीले सुटुक्कै आत्महत्या गरिछे। सायद नारीहरु दुई-चार दिन प्रयोग गरेर फालिइने साधन हुन्। उनीहरुलाई जति पनि झुटा आश्वासन देखाएर, फकाएर आफूअनुकूल प्रयोग गर्न पाइन्छ। यस्तै छ समाज।
वास्वतमा भन्ने हो भने नारीको जस्तो प्रेम पुरुषहरुको हुँदैन। नारीले आत्मीय प्रेम गर्न जानेकी हुन्छे, जुन पुरुषले सक्दैनन्। बरु यसलाई भत्काउने र बिगार्ने कामचाहिँ पुरुषले गर्ने हुन्। आधुनिक समाजमा प्रेमका नाउँमा विकृति र विसंगति बढ्दै जानुको कारण पनि यही नै हो जस्तो लाग्छ। माया, प्रेमको अर्थलाई भुलेर नारीलाई मनोरञ्जनको साधनका रूपमा हेरिनु सबैभन्दा ठूलो भुल हो। 'साँचो प्रेम कहिल्यै मर्दैन' टोल्सटायले भनेका छन्। नारी र पुरुषबीचमात्रै होइन, आज त समाज र देशमै पनि सद्भाव, विश्वास र प्रेम भन्ने चिज हराउँदै गएका देख्छु।

नीलिमा गुरुङ-