नेपालमा अपहरणले संगठित अपराधको रूप लिएको धेरै भएको छैन। टोले गुन्डाबाट सुरु भएको अपहरण धन्दा पाँचछ वर्षमा यति फस्टाएको छ कि यहाँ कोही सुरक्षित छैनन्। जोसुकै, जुनसुकै बेला र जहाँसुकैबाट उठाइन सक्छन्। भारतीय शहर मुम्बई र दिल्लीमा झैँ नेपालमा पनि अपहरणका घटना बढ्दो छन्। नेपालमा फस्टाएको अपहरण धन्दाको नालीबेली उतार्दै छन्, केपी ढुंगाना :
अपहरणको जालो
भारतमा धार्मिक कार्यक्रममा सहभागी हुन हिँडेका विराटनगरका उद्योगी गंगाविशन राठी सकुशल घर फर्केनन्। भारतीय सीमाभित्र छिरेका उनी २४ दिनपछि
सेतो कपडामा बेरिएर फर्किए।
धार्मिक कार्यक्रम त एक बहानामात्रै थियो। आस्तिक राठीलाई भारतीय अपहरणकारीले सहज अपहरणका लागि भगवान्को नामलाई हतियार बनाए। धार्मिक प्रवृत्तिका राठीले भगवान्को नाम लिनेहरूप्रति शंका गरेनन्। त्यही विश्वासले उनको इहलीला समाप्त भयो।
शुभचिन्तकका रूपमा सम्पर्कमा आएका भारतीय नागरिक सुरेन्द्रकुमार मिश्र यति क्रूर निस्किए कि उनले चल्दाचल्दैको गाडीमा वृद्ध राठीको घाँटी थिचेर हत्या गरे। भारतीय नागरिक अभिजित बासुले हत्यामा सहयोग गरे। हत्याको एकमात्र लक्ष्य थियो- मोटो रकम असुली।
राठी अपहरणको लक्ष्य मोटो रकम असुली नै थियो। तर, योजनाकारको योजना रकम असुलीमात्रै थिएन। राठीलाई ज्युँदै राख्दा रकम असुल्न अप्ठ्यारो हुने निष्कर्ष निकालेका उनीहरूले अपहरणसँगै हत्याको योजनासमेत बनाए। राठीका परिवारले उनलाई सकुशल फिर्ता ल्याउन ८० लाख रकम बुझाए पनि परिवारको हातमा पीडामात्रै पर्यो।
अपहरणकारी भारतीय प्रहरीको हिरासतमा छन्। तर, अझै राठी परिवारले सुरक्षित अनुभव गर्न सकेका छैनन्। शोकमा रहेका उनीहरू सान्त्वना दिन आएका नेतासँग गुहार मागिरहेका छन्- 'सुरक्षा देऊ।'
जालो अपहरणको
२०६८/०६९मा अपहरणविहीन एक वर्षको मूल्यांकनको आधारमा अब अपहरणकारीहरू लोलाए भन्ने प्रहरीको विश्लेषण राठी अपहरण र हत्याको घटनाले मिथ्या साबित गरिदियो।
२०६३ साल अगाडिसम्म फाट्टफुट्ट अपहरणका घटना सार्वजनिक भए पनि संगठित अपहरणकारीको चलखेल बढेको थिएन नेपालमा। माओवादीको सशस्त्र द्वन्द्वताका राजनीतिक प्रवृत्तिका अपहरण भए पनि आर्थिक फाइदाका लागि संगठित समूह नै बनाएर अपहरणको गोरखधन्दा चलाउनेहरू अस्तित्वमा देखिएका थिएनन्।
२०६३ सालको मध्यपछि अपहरणमा संगठित समूहको प्रवेश भयो। लेनदेन मिलाउन टोले गुन्डावाट सुरु भएको अपहरण धन्दामा संगठित र प्रशिक्षित आपराधिक समूहको प्रवेशसँगै एकाध वर्षमै भारतको बिहार, उत्तर प्रदेश, अनि विकसित शहर मुम्बई र दिल्लीमा झैँ नेपालमा पनि संगठित अपहरणका शृंखला सुरु भए।
चिकित्सक, विद्यार्थी, व्यापारी वा उद्योगी, अपहरणका धन्दाखोरको नजरबाट कुनै पेशाकर्मी जोगिएनन्। अपहरणमा राजनीतिज्ञसमेत जोडिँदै गए। कुख्यात अपहरणकारीलाई उच्चतहका प्रहरी अधिकारीले जोगाएका घटना सार्वजनिक भए।
भारतमा अन्डरवर्ल्डका नाइके बब्लु श्रीवास्तवले संगठित अपहरण भिœयाएको देखिन्छ। धम्क्याएर रकम असुलीमा सक्रिय उनी एकैपटक मोटो रकम कमाउने योजनासहित अपहरणमा लागेका थिए। छोटो समयमा उनले भारतीय सुरक्षा अधिकारीको सातो खाए पनि अहिले कारागारमा छन्।
नेपालमा २०६३ मध्यबाट अपहरणमा भिमसेन पण्डित समूह सक्रिय भएको थियो। नेपालमा अपहरणसम्बन्धी कानुन आउनुअगाडि नै पण्डितले भारतीय नागरिक रोहित पाहिवाल अग्रवालसँग मिलेर उद्योगी, व्यापारी, चिकित्सकलगायतका सन्तान अपहरण गरी मोटो रकम फिरौती उठाउन थालेका थिए।
रोहितसँगै सञ्जय श्रेष्ठ, बद्री ढुंगाना, सुनिल श्रेष्ठ, नवीन क्षेत्रीलगायत सहयोगीको आडमा यो समूहले ओमकार भट्टचन, सचिन गुप्ता, विनोद न्यौपाने लगायतलाई अपहरण गरी फिरौती असुल्यो।
२०६४ सालमा पक्राउ परे पनि न्यायाधीशलाई आर्थिक प्रभावमा पारेर २०६५ मा हिरासतमुक्त भएका उनीहरूले २०६७ मा चिकित्सक भक्तमान श्रेष्ठको अपहरण गरी साढे तीन किलो सुन असुलेर रिहा गरे। रोहित, बद्री ढुंगानाहरू पक्राउ परे पनि भिमसेन अझै स्वतन्त्र छन्।
भिमसेन समूहपछि अमर टन्डन समूह संगठित अपहरणमा सक्रिय देखियो। मुम्बईमा बसेर उनी नेपालमा नेपाली सहयोगी परिचालन गराएर व्यापारीहरूको अपहरणमा सक्रिय थिए। उनका मुख्य सहयोगी थिए, भारतीय मुम्बई अन्डरवर्ल्डका सदस्य उदय सेट्टी। राम प्याकुरेल, प्रल्हाद महतलगायत सात जना नेपालमा बसेर टन्डनको निर्देशनअनुसार अपहरणमा सक्रिय थिए।
२०६३ सालदेखि सक्रिय यो समूहले चिकित्सक, व्यापारी र उद्योगपति गरी करिब १६ जनाको अपहरण गरेको थियो। लागुऔषध मुद्दामा २२ वर्ष कैद सजाय सुनाइएका टन्डन उपचारको बहानामा जेलबाट फरार भएर मुम्बईको गोरे गाउँमा बसेर नेपालमा अपहरण गिरोह चलाएको खुलेपछि महानगरीय प्रहरी अपराध महाशाखाको एक स्पेसल टोली भारत गएर टन्डनलाई २०६४ फागुन १२ गते पक्राउ गरेको थियो।
अमर पक्राउ परे पनि उनका मुख्य सहयोगी उदय सेट्टी बाहिरै थिए। अमर पक्राउ परेको एक वर्ष निस्त्रि्कय बसेका उनले पुनः समूह बनाएर अपहरणको धन्दा सुरु गरे। प्रल्हाद महत, विकास कार्की, विष्णु जिसी र मनदीप गुरुङहरू उनका सहयोगी थिए। यो समूहले बाबुराजा रावल र निरज कक्षपतीको अपहरण गरेर करिब तीन करोड फिरौती उठाएपछि २०६५ पुसमा पक्राउ पर्यो। यी सबै अहिले कारागारमा छन्।
अमरकै सिको गर्दै अपहरणमा देखियो, निरञ्जन खनाल समूह। किशोर उमेरमा बैंक डकैती गरेर चर्चामा आएका उनी २०६६ सालमा अपहरणकारीको योजनाकार बनेर निस्किए। नेपाली नागरिक कुमार राई, हेमकुमार लामा, बत्तीमान् लामा, हेमकुमार लामा, कुमार गुरुङ आदि उनका सहयोगी थिए।
प्रहरी रेकर्डअनुसार भारतीय नागरिक मोहित राजा भन्ने मोहित तिवारी मोहम्मद कलाउद्दीन उनका सहयोगी थिए। खनाल समूहले २०६६ जेठ २२ गते थापाथलीबाट व्यापारी महेश सारडाको अपहरण गरे। फिरौती बुझाएर सारडा रिहा भएपछि सक्रिय भएको प्रहरीले अपहरणमा संलग्न सबैलाई पक्राउ गर्यो। भारतीय नागरिक भारतमा पक्राउ परे।
२०६५ सालमा एकाएक सिद्धार्थ समूह अपहरणमा सक्रिय देखिए। साउन १९ मा यो समूहले हेपाली हाइटबाट चिकित्सक उपेन्द्र देवकोटाकी छोरीको अपहरण गरेर एक करोड ३० लाख रुपैयाँ फिरौती असुले। अपहरित मुक्त भएपछि प्रहरीले अपहरणकारीलाई पक्राउ गर्यो। विभिन्न मितिमा सिद्धार्थ, राजु र हेमबहादुर लामा पक्राउ परे पनि गोकुल गिरी भने फरार छन्।
२०६५ को चैतमा अपहरणकारी समूह सञ्चालन गर्ने पहिलो महिलाको रूपमा अगाडि आइन्, रेखा साह। उनले चैत १० गते सहयोगी परिचालन गरेर सात वर्षका प्रशम साहको अपहरण गराइन्। आफ्नै भतिजोको अपहरण गरी भाइ र प्रेमीसँग मिलेर फिरौती असुल्ने प्रयास गरेकी उनी सहयोगी भरत साह र नसिम सेख सहित चैतमै पक्राउ परिन्।
व्यापारी सञ्जय सुरेखा अपहरणबाट मुक्त भएपछि हरि अग्रवाल समूहले उनको अपहरण गरेको खुल्यो। २०६७ जेठ १८ मा सुरेखा अपहरणमा परेका थिए। डेढ करोड फिरौती बुझाएर सुरेखा अपहरणमुक्त भए। तर, अहिलेसम्म उनको अपहरणमा संलग्न कोही पक्राउ परेका छैनन्।
२०६८ मा अपहरणमा हजाम समूह सक्रिय भए। काठमाडौँमा हजाम पसल चलाएर बस्ने सन्तोष पण्डित, देवेन्द्र ठाकुर, रामजी ठाकुर, धर्मेन्द्र ठाकुर, लालबाबु ठाकुर, दीपक बलामी र आशिष दुरा मिलेर २०६८ मंसिर २ गते एघार वर्षीय बालक शुभम साहको अपहरण गरे। अपहरणपछि साहको परिवारसँग ५० लाख रकम असुल्ने उनीहरूको प्रयास सफल भएन। प्रहरीले मंसिर ७ गते सबै अपहरणकारीलाई पक्राउ गर्यो। सुटकेसमा प्याक भएको अवस्थामा शुभमको शव भेट्टियो, कलंकीको एक टिकट काउन्टरमा।
सक्रिय राजनीतिमा संलग्न श्यामसुन्दर गुप्ता राजनीतिसँगै अपहरणमा समेत सक्रिय देखिए। २०६८ पुस ७ मा व्यापारी पवन संघाईको अपहरण उनकै योजनामा भएको थियो। २५ करोड रुपैयाँ फिरौतीवाट सुरु भएको बार्गेनिङ अपहरणको २० दिनपछि ८५ लाखमा टुंगिएको थियो। संघाई परिवारले फिरौती दिएर उनलाई मुक्त गराए।
संघाई अपहरणमुक्त भएपछि प्रहरीको अनुसन्धानमा उनको अपहरणको मुख्य योजनाकार गुप्ता हुन् भन्ने देखियो। पुस ७ गते बिहान कमलादी गणेशको दर्शन गर्न गएका संघाईलाई उठाउने आकाश लामा, विकास लामा, अमिर आचार्य र किशोर पाण्डे पक्राउ परेपछि उनीहरूले मुख्य योजनाकार गुप्ता भएको पोल खोलेका थिए। त्यो बेला गुप्ता भने फिरौतीको रकमबाट छोराको विवाहको भव्य तयारीमा व्यस्त थिए। माघ २ गते भैरहवा पुगेर प्रहरीले उनलाई घरबाटै पक्राउ गर्यो। सहयोगी आकाश लामा, विकास लामा, अमिर आचार्य र किशोर पाण्डेसहित माघ ५ गते पक्राउ परेका उनी अहिले डिल्लीबजार कारागारमा छन्।
पुरातन शैली
डेढ सातादेखि वीरगञ्जको आदर्शनगरबाट अपहरित ८ वर्षीय बालक सुलोक अग्रवाललार्ई प्रहरीले हस्तक्षेप नै गरेर अपहरणमुक्त गर्यो। अपहरितलाई छुटाउन गएका प्रहरी र अपहरणकारीबीच गोली हानाहान हुँदा दुई अपहरणकारी मारिए। अपहरितलाई अपहरणकारीको पञ्जाबाट मुक्त गराउने प्रहरीको यो शैली दुलर्भ नै हो। सायद त्यसैले हो, सकुशल अपहरणमुक्त बालक सुलोक अग्रवालका अभिभावक एसएसपी सर्वेन्द्र खनाल र एसपी पिताम्बर अधिकारीप्रति अनुगृहीत भए।
अपहरित व्यक्तिको परिवारसँग सम्पर्क बनाएर अपहरणकारीबारे प्रारम्भिक सूचना संकलन, परिवारका सदस्यसँग अपहरणकारीले गरेको फिरौती बार्गेनिङको आधारमा स्थान पहिचानको प्रयास, फिरौती बुझाउन गएका परिवारका सदस्यको पिछा गरी अपहरणकारी पक्राउ अनि केरकारवाट आएको सूचनाको आधारमा अपहरितको उद्धार गरिएको थियो।
अधिकांश अपहरण अनुसन्धानमा अपहरणकारीको पञ्जाबाट अपहरितलाई उम्काउने अनुसन्धान शैली यस्तै हुन्छ। स्थानको पहिचान, घेराबन्दी अनि हस्तक्षेप गरी अपहरणकारी पक्राउ र बन्धक मुक्तका घटना दुलर्भ छन् नेपालमा। प्रायः ठूला अपहरणका घटनाको अनुसन्धान फिरौती बुझाएर अपहरित मुक्त भएपछि मात्रै सुरु हुन्छ। कुनै सफल हुन्छन्, कुनै तुहिन्छन्।
तैपनि अधिकांश अपहरणमा अपहरित सुरक्षित फर्किएका छन्। तर, राठीझैँ विवेक लुइँटेल, शुभम साह, धिरज अधिकारी, कपिल द्विवेदी र लिलाधर भट्टको जीवन अपहरणकारीले हरे।
अपहरणको गोरखधन्दामा सक्रिय संगठित समूहको लक्ष्य अपहरण गरी हत्या र त्रास फैलाउने भन्दा पनि रकम असुली नै प्रमुख हो। अपहरणसम्बन्धी जानकारका अनुसार उनीहरूले अपहरितकै कारण असुरक्षित महसुस नगरेसम्म अपहरितको सुरक्षालाई प्रमुख प्राथमिकतामै राख्छन्।
संगठित अपहरणमा सक्रिय समूहमा अपहरणका लागि चुनिएका व्यक्तिको सूचना संकलन, अपहरण, बन्धकको कुरुवा, फिरौती रकम बार्गेनिङ र फिरौती लिन प्रायः छुट्टाछुट्टै व्यक्ति परिचालित हुन्छन्।
राठीलगायतका हकमा यस्तो देखिएन। अपहरणकारीले अपहरणलगत्तै उनको हत्या गरेका थिए। प्रारम्भिक योजनामै अपहरणलगत्तै हत्या गरी उनको परिवारसँग बार्गेनिङ गरेर जति आउँछ, त्यत्ति फिरौती असुलेर उम्कने अपहरणकारीको योजना भएकाले पहिल्यै मारिए राठी।
शुभम अपहरणकारीले दिएको लठ्याउने औषधिको मात्रा उच्च भएर मारिए। विवेकका अपहरणकारी बार्गेनिङभन्दा सिधै हत्यामा केन्द्रित भए। कपिल र लिलाधरका अपहरणकारीले फिरौतीको रकम असुले पनि अपहरणको दोस्रो दिनमै उनीहरूको हत्या गरेका थिए।
अपहरणको सिको मात्रै गर्ने अपराधीहरूबाट अपहरितलाई बढी क्षति पुग्ने अनुभवी अधिकारी बताउँछन्। अपहरण सहज रूपमा गरे पनि बन्धकको व्यवस्थापन, फिरौती असुली र सुरक्षित अवतरण निकै जटिल पाटा भएकाले असुलीपछि आफू जोगिन अनुभवहीन अपहरणकारीले बन्धकलाई बढी क्षति पुर्याउँछन्।
अपहरणकारीलाई संरक्षण
२०६३ सालसम्म अपहरणका घटना आए पनि प्रहरीले सार्वजनिक अपराधमै टेकेर उनीहरूलाई कारबाही गर्दै आएको थियो। कोटेश्वरमा बालक विवेकको अपहरण र हत्याको घटना सार्वजनिक भएपछि समाज जागेको थियो। त्यसपछि नै सरकारले अपहरण तथा शरीर बन्धकको प्रस्ट कानुन बनाउँदै यसलाई कडा कारबाहीको दायरामा ल्याएको हो।
तर, कानुन बने पनि कार्यान्वयनको पाटो अझै बलियो बन्न सकेको छैन। ऐनको परिपालना आफू अनुकूल गर्दा सामान्य लेनदेनको विषयमा पक्राउ परेकाहरू कारागार पुगेका छन्। तर, संगठित अपहरणका अभियुक्त र सहयोगीले उन्मुक्ति पाउँदै आएका छन्।
व्यापारी सञ्जय सुरेखाको अपहरण हरि अग्रवालको योजनामा भएको प्रहरी अनुसन्धानमा पुष्टि भइसकेको छ। २०६७ जेठ १८ मा अपहरणमा परेका उनलाई अग्रवालले डेढ करोड रुपैयाँ फिरौती असुलेर मुक्त गराएका थिए।
सुरेखाको अपहरणमा संलग्न भारतीय नागरिक राजु सिंह भारतमा पक्राउ परे। उनले भारतीय प्रहरीलाई सुरेखाको अपहरणको सबै कहानी सुनाउँदै योजनाकार हरि अग्रवाल भएको बताए पनि अग्रवाल उच्च प्रहरी अधिकारीको संरक्षणका कारण कारबाहीको घेरामा परेनन्। उच्च प्रहरी अधिकारीको मेजमानीका लागि दैनिक प्रहरी कार्यालय पुग्ने उनी अहिले भने प्रहरीको फरार सूचीमा छन्।
राजनीतिक आवरणमा अपहरण र हत्यामा संलग्नहरू कारबाहीको दायरामा आएका छैनन्। २०६५ वैशाखमा अपहरणपछि हत्या गरिएका व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्याका मुख्य योजनाकार मानिएका कालीबहादुर खामलगायत अझै कानुनी कारबाहीको दायरामा आएका छैनन्।
व्यापारी संघाईको अपहरणको मुख्य योजनाकार देखिएका गुप्ता राजनीतिक प्रभावको आधारमा अझै चोखिने दाउमा सक्रिय छन्। प्रहरी हिरासतमै रहँदा अनेक तिकडम गरेका उनी अहिले डिल्लीबजार कारागारमा बसेर पनि उत्तिकै सक्रिय छन्। स्रोतका अनुसार बयान फेर्न उनले आफ्ना सहयोगी र संघाई परिवारलाई पटक-पटक दबाब दिइरहेका छन्।
अपहरणकारीप्रति बेलाबखत अदालत पनि सकारात्मक बन्ने गरेको छ। भिमसेन पण्डित समूह त्यसको पुष्टि हो। अपहरण भए पनि तत्कालीन अवस्थामा कानुनको अभावमा हातहतियार र चोरीको गाडीको अभियोगमा पक्राउ परेका भिमसेन पण्डित र रोहित पाहिवाल अग्रवाल पुनरावेदन अदालतको तत्कालीन न्यायाधीशको निगाहमा धरौटीमा छुटेपछि उनीहरूले चिकित्सक डा. भक्तमान श्रेष्ठको अपहरण गरेका थिए।