CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » मन्त्रीले सभासद्की कान्छी ताकेपछि...

मन्त्रीले सभासद्की कान्छी ताकेपछि...

 तिमीलाई पनि बुढाले छाड्यो, मलाई पनि बुढीलाई छाडी। कुरा मिल्यो, किन उसको पछि लाग्छ्यौ म छँदैछु। यसो जवानीको जोश मेटाउँला' यो संवाद कुनै चलचित्रको डाइलग वा सामान्य छिल्लिएका केटाकेटीबीचको होइन। देशका एक प्रभावशाली मन्त्री एवं फलामे अनुशासन भएको भनिएको कम्युनिस्ट पार्टीका एक वरिष्ठ नेताले आफ्नै पार्टीका अर्का नेताकी कान्छीसँग टेलिफोनमा गरेको संवादको अंश हो।  
शान्ति तथा पुनर्निर्माण मन्त्री तथा एनेकपा माओवादीका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले केही महिनाअघि सोही पार्टीका
पूर्वसभासद गुणाखर बस्यालकी कान्छी कमला लामासँग टेलिफोनमा यौन आशय व्यक्त गर्दै श्रीमानको खोजी नगर्न सुझाव दिए। संविधानसभा विघटनलगत्तै गोंगबुस्थित कमलाको कोठाबाट आफ्ना सामान लिएर बेपत्ता भएका बस्याल अहिलेसम्म बेखबर छन्।  
उनी हेटौंडा महाधिवेशनमा पनि नदेखिएको बताइएको छ। श्रीमान खोज्ने सिलसिलामा कमलाले बिगतमा आफ्नो कोठमा गुणाखरसँगै आउजाउ गर्ने गरेका कारण टोपबहादुर रायमाझीलाई फोन गरेकी थिइन्। एक दुई पटकको फोन सम्पर्कपछि रायमाझीले आफू पनि श्रीमतीले छाडेर एक्लिएको भन्दै कमलासँग श्रीमानको ठाउँ आफूले लिइदिने आशय प्रकट गरेको कुरा कमलाले आफू निकटस्थहरूसँग गरेपछि एक कान दुईकान हुँदै एमाओवादी वृत्तमा फैलिएको छ। 
संयोग नै मान्नुपर्छ टोपबहादुर रायमाझीकी पूर्वश्रीमती योगमाया बन्जाडे अर्थात सीमा रायमाझी पनि अहिले हेटौंडा महाधिवेशनमै प्रतिनिधि बनेर पुगेकी छन्। 
कमला पनि आफ्नो पति गुणाखर भेटिन्छन् कि भनेर हेटौंडा जाने तयारीमा छिन्। कमलाले गुणाखरको खोजीमा एमाओवादीका नेता देवेन्द्र पौडेल र चन्द्रबहादुर थापाका साथै सुदर्शन बरालको पनि सहायता मागिन्। विगतमा गुणाखरसँगै हुँदै यी नेताहरू कमलाको गेष्टहाउस र कोठामा पनि आउथे। रातभरि बसेर दारुपानी र मासु खान्थे। महिनामा ४ वटा खसी ढालेर यी नेताहरूलाई पालेकी कमलाले गुणाखरको खोजीमा भनें साथ पाउन सकिनन्।  
केही नेताहरूले गुणाखर किन चाहियो, म छँदैछु भन्ने खालका जवाफ दिएको तथा चन्द्रबहादुरले गुणाखर खोजेमा कुटेर थला पार्ने धम्की दिएको उनले बताएकी छन्। दृष्टिले सम्पर्क गर्न खोज्दा कमला सम्पर्कमा आउन चाहिनन्। मकवानपुर कमानेकी कमलाका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा अरबतिर गएपछि उनी काठमाडौंमा गेष्टहाउस चलाएर बसेकी थिइन्। यसै सिलसिलामा दारुपानी खाने क्रममा कमलासँग नजिकिएका गुणाखरले अन्ततः कान्छी बनाएका थिए। तर संविधानसभा विघटनलगत्तै गायव भएका उनी अहिलेसम्म सम्पर्कमा छैनन्।  

माघ २४ दृष्टि 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis