CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अँध्यारोमा यस्ता छन् काठमाडौँमा ....

अँध्यारोमा यस्ता छन् काठमाडौँमा ....



देशका अरु भागसहित राजधानी काठमाडौँमा यतिखेर १२ घण्टे विद्युत कटौतिको तालिका छ। बत्ती गएको समय होस् या नगएको, काठमाडौँका सडकमा बत्ती नबलेको जुग भइसक्यो। धेरै भइसक्यो गुड्ने गाडीका हेडलाइटको सहाराले सडकहरु उज्यालिएको। सन् १९८७ मा काठमाडौँमा सार्क शिखर सम्मेलन हुनुअघि काठमाडौँका अधिकांश मुख्य सडकहरुमा बत्तीको व्यवस्था गरिएको थियो। त्यतिबेला दिउँसैजस्तै घाम लागेको झैँ अनुभव गरेका थिए मानिसहरुले। अहिले कस्तो देखिन्छ त
काठमाडौँका मुख्य सडकहरु रातको समयमा? आउनुस् केही फोटो र भिडियो हेरौँ। माथिको फोटो सहिदगेटको हो।

भोटाहिटी यस्तो देखिन्छ।

रत्नपार्क यस्तो देखिन्छ।

यो सुन्धाराको दृश्य।

अनि, यो चाहिँ रानीपोखरी।
देख्नुभयो होला, कुनै पनि मुख्य सडकमा सडक बत्ती बलेको छैन। यो फोटोमा भने एउटा मधुरो सडक बत्ती बलेको देखिन्छ। यो सडक बत्ती पुरानो बसपार्क नजिकै रहेको विद्युत प्राधिकरणको कार्यालयअगाडिको बत्ती हो।

सडक बत्ती र अपराधको सम्बन्ध

बेलायत र अमेरिकामा चार दशक लगाएर गरिएका अध्ययनहरुले सडक बत्तीको राम्रो व्यवस्था भएको ठाउँमा नभएको ठाउँमा भन्दा २१ प्रतिशत अपराध कम हुने देखाएको छ। यो अध्ययनले सडक बत्ती अपराध घटाउन निकै प्रभावकारी भएको निचोड निकालेको छ।
नेपालमा त्यस्तो कुनै अध्ययन त भएको छैन। तर यही अध्ययनको निचोड पढेर चिन्तित हुनु जरुरी छैन। आजकल पश्चिमी देशमा लाइट पोलुसनको कुरा आइरहेको छ। हाम्रोमा लाइटै छैन बाल्न, केको पोलुसन! अंगुर अमिलो छ भन्नका लागि थप केही तथ्य पनि हेरेर चित्त बुझाउन सकिन्छ। ब्रिटिस जर्नल अफ क्रिमिनोलोजीले खाने मुखलाई जुंगाले छेक्दैन भने जस्तै उज्यालो बत्तीले अपराधीलाई अपराधकर्म गर्नबाट रोक्दैन भनेको छ। रातमा धेरै उज्यालो बत्ती बालिनुहुन्न भन्नेहरुले यहाँ अरु घटना पनि संकलन गरेका छन्। यो सब चित्त बुझाउने बाटो चाहिँ तपाईँहरुलाई काठमाडौँका मुख्य स्थानमा राति साढे ६ देखि ७ बजेको समयमा खिचिएका दृश्य देखाउन गरिएको हो। अपराधको कुरा छाड्नुस् यहाँका कति सडकमा त अँध्यारोले मान्छेले बाटो काटेको समेत नदेखेर दुर्घटना हुने अवस्था छ।



By Salokya, on February 7th, 2013
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis