CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » चोरीको गाडीमा प्रहरी सररर…

चोरीको गाडीमा प्रहरी सररर…


पत्याउनै गाह्रो तर, बांके जिल्ला प्रहरी कार्यालयका अधिकृतहरु चोरीकै गाडीमा चढिरहेका छन् ।
कतै पनि दर्ता नभएको गाडीमा नक्कली सरकारी नम्बरप्लेट राखेर जिल्ला प्रहरी कार्यालय बांकेले चोरीको गाडी कुदाइरहेको छ । प्रहरीले चलाइरहेको टाटा कम्पनीको सुमो जीप यसअघि धनगढीमा एम्बुलेन्सका रुपमा चलिरहेको थियो । विरामी बोकेर
धनगढीबाट नेपालगन्ज आउदै गरेको एम्बुलेन्सलाई प्रहरीले नेपालगन्ज बजारबाटै गत मंसीरमा नियन्त्रणमा लिएपछि चोरीको गाडी भएको थाहा भएको हो ।
कैलालीको लम्कीस्थित लालरत्न मेडिकल प्रालिका संचालक लिलाराज विष्टले सो टाटा सुमो एम्बुलेन्स संचालन गर्दै आएका थिए । पहिले चलाई रहेको वैधानिक एम्बुलेन्स पुरानो भएपछि विष्टले चोरीको टाटा सुमो गाडी ल्याएर एम्बुलेन्स बनाइ पुरानो एम्बुलेन्सको नम्बर प्लेट चोरीको गाडीमा टांसेर विरामी ओसार पसार गराउदै आएका थिए ।
कानून अनुसार उक्त गाडी प्रहरीले भन्सार कार्यालयमा बुझाउनु पर्छ ।
जिल्ला प्रहरी कार्यालय बांकेका प्रमुख प्रहरी उपरीक्षक भुपाल कुमार भण्डारीले चोरीको गाडी चलाइरहेको स्वीकारे । उनले आफूहरुसँग गाडीको कमी भएकाले चोरीको गाडी प्रयोग गरिएको बताए ।
डि भण्डारी, हिमाल ,  नेपालगञ्ज
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis