काठमाडौं, दशरथ रंगशालामा हजारौं घरेलु दर्शकको साथ पाएको नेपाली खेलाडीले अन्ततः दर्शकलाई निराश बनाए । खेलको २८ औं मिनेटमा नेपालले पेनाल्टीमा गोल ब्यहोरेपछिबाटै माईक्रो ब्लगिङ साईट ट्वीटरमा नेपाली दर्शक, खेलप्रेमी, पत्रकार, सर्वसाधारण लगायतले विभिन्न
किसिमको टिका–टिप्पणी गर्न सुरु गरिसकेका थिए ।तिनै मध्येका केही ट्वीटर प्रतिक्रियालाई यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।
Sabnam (Sabbu) @reetsluck गोली हावामा उडाएर का भो र ? ठीकक पोस्टमा पो ताक्नु पर्छ ! खाली आकाश तिर हान्छ अनि गोल भो त ..? Oh God
पाल्पाली @Nishaaant47 त्यो बिचरो रोनी लाई किन सराप्या होला के ? आफ्नै देश का ले तेस्तो खेल्या छन्
Rabi Bhattarai @RabiBhattarai1 गोलको अवसर सिर्जना गर्न नसक्नु, पाएको मौकामा पनि गोल नगर्ने र आफ्नै गल्तीमा गोल खाने नेपाली टोलीको पुरानै समस्या हो ।
him bista @himbista बंगलादेशको पोष्टमा गोलकिपर बस्नु नै नेपालका लागि दुर्भाग्य भयो ।
รïgรαท @SigSan_ मैले अस्ति गरेको अनुमान सहि होला जस्तो छ । वंगलादेशसंग २ गोल प्यालेष्टाईनसंग ३ गोल । मरियाना आईल्याण्डलाई हानेको गोल ६ । जम्मा वचत १ गोल ।
Krishna Guragai @kguragai राम्रो खेलेर कसरी हार्नुपर्छ भनेर कसैले नेपाली फुटवलबाट सिकोस् !
समीरमणि दिक्षित @sameermdixit आर्सेनल सपोर्टर भएको हुनाले होला सायद, नेपाल हारेकोमा त्यती अत्यास लागेको छैन । आफ्नो टिम हार्रेको हेर्ने बानी परिसकेको हुनाले ।
प्रधानपञ्च @pradhanpancha नेपालले हार्यो अब तुरुन्त बाउरामले रजिनामा दिन पर्यो । कुन नैतीकताले कुर्सीमा बस्छौ ?? :D
नेपालडायरी @nepaldiary नेपाली खेलाडीले बंगलादेशीसँग बहादुरीपुर्बक लडे, घुडा र कुहिनो खुस्काए , गोल नगरेर के भो त ? लड्न त लडे नि। यही कुरामा गौरब गरौ।जय नेपाल ।।
Dipak Bhattarai @dipakbhattarai एक माघले जाडो जाँदैन भनेकै छन् पुर्खाले फेरि अर्को पटक नि खेल्न पाइन्छ बंगलादेशसँग।खेलमा हारजित हुन्छ, हरेश नखानु नेपालीटिम अर्कोपटक जित्ने।
Krishna Dhungana @kpdhungana सधैँ हार्ने मेरो देश फेरि एक पटक आज बंगलादेशसँग २-० ले पराजित भएर राष्ट्रिय इज्जत राख्यो :) स्याबास खेलाडीहरू!!
Arun Baral @ArunBaral1 नेपालले खायो २ गोल ! नर्दन मारियानालाई खुवाएको ६ गोलमा २ घटाउँदा नेपालको पक्षमा अझै ४ गोल बाँकी छन् !
KP Dhungana @hamroblog नेपालको फुटवल र नेपाली नेता दुबै सुध्रन नसक्ने तत्व हुन् :(
rabish sharma(राविश) @hsibar यि फुटबल खेलाडि र नेता उस्तै हुन, देशको ढुकुटि सक्काउने तर काम चाँहि नगर्ने । #NepVsBangla #FootLive
Milan Timilsina मिलन @MilanTimilsina प्रचण्ड काम्रेडले फुटवल हेरेका भए बंगाली गोलकिपरलाई प्र.म. बनाउने नया फरमुला फुराउँथे होला...
Tanka Khanal @TASIBO खेलमा हारजित हुन्छ नै ! नेपाली फुटबल को भबिस्य उज्वल छ ! कोसिस जारिरहनु पर्छ ! सार्क च्याम्पियन हुन्छउ हामि एकदिन ...!!!
#ßshnuG @iBshnu नेपालकै मुसुरो दाल खाएर बंगालीहरुले नेपाललाइ सुताइदिए आज !! #NepVsBangla
उज्ज्वल आचार्य @KANepal बंगाली गोल्की घाइते भा' मौका परेर कोचले भए भरका नेपाली खेलाडीलाई डाकेर पानी खुवाए र पोस्ट तिर देखाए ! बल त्यहाँ हान्ने भने होलान ! #FootLive
Roman Bhattarai @sir_rosan नेपाल ले राम्रो खेलेर,,,खेल कौशल देखाएर झन्नै जित्यो र अन्त्यमा हार बेहोर्यो । #चित्तबुझाउने मेलो
Balkrishna Ghimire @ghimireab अब लास्टाँ भन्नि तै हो, राम्रै खेलेको हो, पेलेकै हो केरे बंगलादेशलाइ गोल गर्न सकेन :(
गौरव @gpokhrel रंगशालामा फुटबल हेर्दै, खेलकुद किन राष्ट्रिय एकताको प्रतिक हुन नस्क्ने? २०, ००० नेपालीको एउटै स्वर 'नेपाल-नेपाल'। अब सोच्ने कि?
Indra Dhoj Kshetri @indradhoj लास्टाँ नेपालले गोलखाँडी खायो । :(
Hari Neupane @KakaBaa क्रिकेटमा फुटबल जत्तिको लगानी भा भए नतिजा कति राम्रो आउथ्यो आजसम्म !पैसो जति भकुण्डोमा खन्याछन के गर्नु ? गोल हुने हैन !
Bhupal R Raut @GoGoze नेपालले सपई गर्छ; गोल बाहेक :D पुनश्च: अस्ति गरेको गोल = निउरोलाइ बन्चरो :P
- image :