कहाँबाट आउँछ फिल्ममा लगानी?
काठमाडौं, चैत १० - वर्ष २०६९। रिलिज : करिब १२०।निर्माण इजाजत : ११५। सबैभन्दा बढी फिल्म रिलिज र असफल हुने वर्ष बन्दैछ २०६९। चैत दोस्रो सातासम्म ११० फिल्म रिलिज भइसकेका छन्। हल व्यवसायीका अनुसार 'बिन्दास', 'मालतीको भट्टी', 'छड्के' र 'किन लाग्छ माया' मात्र लगानी सुरक्षित गर्ने फिल्म हुन्। चैतको मध्य र अन्तिम साता रिलिज हुने फिल्मको नतिजा आउन बाँकी छ।
मागभन्दा आपूर्ति अत्याधिक हुनाले फिल्म व्यापार डामाडोल भएको विश्लेषकहरू बताउँछन्। नेपाल चलचित्र संघको अनुसन्धानले पनि फिल्म नचल्नुमा अधिक आपूतिलाई नै कारण औंल्याएको छ। तर यो 'घाटाको उद्योग'मा लगानीकर्ताबीचको होड बढिरहेकै छ? नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई भन्छन्, 'अध्यक्ष भएर पनि मैले निर्माता रहस्य पहिल्याउन सकेको छैन।'
फिल्म निर्माणमा भित्रिएका नयाँ अनुहारले यो क्षेत्रको आकर्षण देखाउँछ। उनीहरू दोहोरिन नसक्दा बिकर्षण। 'स्थायी' निर्माता घटेका छन्, फिल्म बढेको छ। 'नबुझी आउँछन्, हचुवामा लगानी गर्छन् र डुबेर जान्छन्' पुराना निर्माता टिप्पणी गर्छन्।
यो टिप्पणीसँग धेरै हदसम्म मिल्ने 'क्यारेक्टर' हुन्, निर्माता मोहनकृष्ण श्रेष्ठ। उनी खासमा निर्माण व्यवसायी हुन्। चार वर्षअघि फिल्म 'कन्यादान'को मुहूर्तमा अतिथि हुने निम्तो पाएपछि ग्ल्यामर दुनियाँसँग उनको परिचय हुन्छ। पोखरामा अतिथि बनाएका निर्देशक शोभित बस्नेतले काठमाडौं फर्किएपछि उनलाई निर्माता बनाउन भ्याउँछन्। 'सुटिङ सक्न समस्या पर्योा' भन्दै आफूलाई अतिथि बनाउने निर्देशकले लगानीको अपेक्षा गरेपछि उनी नाइँ भन्न सक्दैनन् र ठूलै 'मूर्गा' भएर फिल्ममा छिर्छन्।
'कन्यादान' पछि 'राज', 'बर्षात' र 'फुलस्पट'मा समेत उनको लगानी छ। 'सुटिङ सक्न गाह्रो परेको गनगन' सहित बस्नेत फेरि आएपछि उनी 'जंजिर'को पनि आंशिक निर्माता बनेका छन्।
फिल्ममा डेढ करोड रोपिसकेको उनको हिसाब छ।
'फल नि?'
'हातलाग्यो शून्य।'
पहिलो फिल्म 'कन्यादान'ले राम्रो व्यापार गरेकोमा उनले बधाइ मात्र पाए। 'पैसा त अहिलेसम्म पाएको छैन, निर्देशकले तमसुकचाहिँ गरिदिएका छन्,' उनी भन्छन्। त्यसपछिका फिल्मले 'पानी पिउन नपाएको' भनिएपछि उनले पैसाको आशै मारिदिए।
पैसा उठाउन खटाएका कर्मचारीदेखि निर्देशक र हलवालाबाट समेत ठगिएको उनी बताउँछन्। 'यो क्षेत्रमा पैसा धुत्ने मात्र छन्। सबैको ध्यान निर्मातालाई कसरी ठग्न सकिन्छ भन्ने छ,' उनी आफूलाई फिल्मको दलदलमा फसेको सम्झन्छन्, तर उम्कन मन गर्दैनन्।
'ठेक्कापट्टामा वर्षको ६० करोड रुपैयाँभन्दा बढी कारोबार गर्छु, कसैले गन्दैन। ४० लाखको फिल्मले सबैसामु चिनायो, निर्माताका रूपमा पाइने इज्जतले फिल्म बनाउन उत्साहित गर्यो',' उनी फिल्ममा रत्तिनुको कारण खोल्छन्, 'चिने जानेकाले अब कुन फिल्म आउँछ, कहिले आउँछ भनेर सोध्छन्। निर्देशकहरू स्त्रि्कप्ट बोकेर उत्तिकै धाउँछन्, घाटा खाए पनि काम चटक्क छोड्न सक्दिनँ।' फिल्ममा गरेको लगानी सम्झाउन उनले पैसाको बिटो बाँधेको रबर सुरक्षित राखेका छन्। त्यसले आम्दानी बाँध्न नपाएपछि साझेदारीमा फिल्म बनाउने र घाटा घटाउने उपायमा छन् उनी।
.....
रमेशजंग रायमाझी, नेपाली कांग्रसेका महासमिति सदस्य। उनी एयरलाइन्स र अन्य व्यापारमा पनि संलग्न छन्। पुराना साथी विकास आचार्यले 'नाइँ नभन्नु ल'को स्त्रि्कप्ट सुनाउँदै लगानी गर्न आग्रह गरेपछि उनले 'नाइँ' भन्न सकेनन्। फिल्मको ग्ल्यामरले यिनलाई पनि लोभ्यायो। तुरुन्तै अर्को फिल्म 'मलाई मन पर्योा' मा लगानी गरे। त्यतिन्जेल फिल्म राजनीतिमा पनि उनको पकड बन्यो। धेरै पुरानालाई उछिन्दै निर्माता संघको सदस्य बन्न राजनीतिको अनुभव प्रयोग गरे।
फिल्म 'मलाई मन पर्योघ' दर्शकलाई मन नपरेपछि करिब २५ लाख घाटा खाएको हिसाब बोकेर उनी फिल्म निर्माणको दृश्यबाट ओझेल परे। 'लगानीको आधा पैसा पनि उठ्दैन, मल्टिप्लेक्स हलले नेपाली फिल्म चलाउन मान्दैनन्,' अर्को फिल्म 'सन्त्रास'को नतिजा पर्खिरहेका रमेशले फिल्म क्षेत्रबारे यस्तो धारणा बनाएका छन्, 'प्रदर्शक र वितरकको दबदबाले नयाँ लगानीकर्तालाई हतोत्साही गराउँछ।'
निर्देशकको झुटो सपनाले लगानी गर्ने सहकर्मी पनि उनले देखे। अहिले फिल्मभन्दा चुनाव उनको प्राथमिकतामा छ। 'मोरङ क्षेत्र नम्बर ८ को टिकट पाइएला जस्तो छ। जिते फिल्म र राजनीतिसँगै लैजाउँला,' तुरुन्तै नयाँ फिल्म बनाउने पक्षमा भने उनी छैनन्।
.....
काठमाडौं मलको ग्यालेक्सी पार्टी प्यालेस चलाउँदै फुर्सद थिएन कविता श्रेष्ठलाई। श्रीमान अबुधाबीमा रेस्टुरेन्ट चलाउँथे। बेलाबखत दुबईमा सांस्कृतिक कार्यक्रम गर्न नेपाली कलाकार जुटाउने काम उनी गर्थिन्। सोही क्रममा घनिष्ठता बढ्यो, हिरोइन रेजिना उप्रेतीसँग। एकदिन रेजिनाले आफूले बनाउन लागेको फिल्मको कथा कवितालाई सुनाइन् र साझेदार बन्न प्रस्ताव गरिन्। 'फिल्ममा लाग्ने रहर थियो, मानेँ,' उनी भन्छिन्। दुवैको लगानीमा 'वरदान' बन्यो।
छिट्टै निर्माताको 'पहिचान गर्न सक्ने' शोभितले कवितालाई अर्को फिल्म 'प्लान' बनाउन उक्साए। 'यतिबेलासम्म फिल्मभित्रको सबै कुरा बुझेँ। कस्ता निर्देशक र कलाकार लिए राम्रो फिल्म बन्छ भन्ने जानें,' उनी भन्छिन्। तर यो ज्ञान निकै महँगो परेको उनको धारणा छ।
'यस्तो फिल्म चल्छ' भन्दै लगानी गर्न उक्साउनेको घेरा छिचोलेर उनी 'राम्रो फिल्म बनाइदिन सक्ने'को खोजीमा निस्किइन्। मनले खाएको निर्देशक पिताम्बर पाण्डे 'ब्याच नम्बर १६' फ्लप भएपछि फिल्म छोडेर घर बनाउँदै थिए। धेरै आग्रह गरेपछि बल्ल फिल्म निर्देशन गर्न तयार भए। कविताले 'ढुवानी'बाट पहिला डुबेको रकम उठाउने आश गरेकी छिन्।
'यो पनि नचले के गर्ने?' उनको जवाफ छ, 'थप जुवा नखेल्ने, अरु काममै बढी लाग्ने।' सबै काम छोडेर पूर्णकालीन निर्माता बन्न र घर धितो राखेर फिल्ममा लगानी गर्न उनी सल्लाह दिन्नन्। 'अन्य आम्दानीको केही प्रतिशत फिल्ममा लगाए ठीक छ, लाखौं लगानीको एउटा चिनो पनि बाँकी नरहने कामको धेरै भर नपर्नुस्,' उनी सुझाव दिन्छिन्।
......
उद्योगमा 'मूर्गा जुटाउन खप्पिस' भनिन्छ निर्देशक शोभित बस्नेतलाई। धेरै निर्मातालाई कलाकार र कलाकारलाई निर्माता बनाएको अनुभव उनीसँग छ। तर, निर्माता खोज्दै हिँडेको आरोपको भने उनी खण्डन गर्छन्। 'म खोज्दै हिँड्दिन, फिल्मको नशामा परेकाले मलाई खोज्दै आउने हो,' बस्नेत तर्क गर्छन्, 'मलाई गाली गर्दै हिँड्ने निर्माता पनि मलाई खोज्दै आएका छन्। मैले डुबाएको भए उही निर्माता किन मसँग काम गर्न चाहन्छ त?'
उनको कम्पनीमा लगानी गरेर हिरो बन्न चाहनेलाई रातो कार्पेट बिच्छ्याइएको हुन्छ भनिन्छ। बस्नेत पनि त्यस्ता 'कलाप्रेमी'लाई 'बर्जित गरेको छु' भन्दैनन्। 'आफूले मात्र लगानी गरेर त कहाँ टिक्न सकिन्छ? केही आउँछन्, लगानी गर्छन्, फिल्म खेल्छन्। त्यसबापत कुनै अञ्चलमा प्रदर्शन अधिकार पाउँछन्। कसैलाई भिसिडी राइट दिन्छु, अनि कसरी मूर्गा भए ती,' उनी आफ्नो तरिका बताउँछन्।
असफल फिल्मको कीर्तिमान बढ्न थालेपछि चलचित्र संघले समस्या खोज्ने प्रयत्न थाल्यो। यसमा सक्रिय भए, महासचिव प्रदीप उदय। उनको अनुसन्धानमा तीनथरी निर्माता देखिए। व्यावसायिक निर्माता, फसेर निर्माता र रमाइलो गर्न आउने निर्माता।
'दोस्रो र तेस्रो खाले निर्माताले उद्योग ओगट्यो, उनीहरूले बजार बुझेर फिल्म बनाउन जानेनन्। धेरै फिल्म बनेपछि प्रदर्शन व्यवस्थित हुन सकेन,' उनको अनुसन्धान छ। घर जग्गाका व्यापारीको ध्यान फिल्ममा परेपछि स्थिति बिग्रिएको उनको ठम्याइ छ।
'नेपालमा फिल्म बनाउने काम साह्रै सहज ठानियो,' उनको सुझाव छ, 'उद्योग जोगाउन राज्यको स्पष्ट नीति चाहिन्छ।'
थोरै पूर्णकालीन निर्मातामा नाम आउँछ छबि ओझाको। 'युगदेखि युगसम्म'बाट निर्माता बनेका ओझाले २५ वर्ष यो क्षेत्रमा बिताएका छन्। 'पार्ट टाइम' निर्माताले उद्योग कति बिगार्योल उनले सोचेका छैनन्। आफूजस्तो नियमित फिल्म बनाउनेलाई भने निकै धक्का पुर्याइएको महसुस उनले गरेका छन्।
'जग्गाको भाउ बढेपछि धेरैजना निर्माता बने, कलाकार र प्राविधिकलाई अनावश्यक पैसा बाँडे,' उनी सुनाउँछन्, 'फिल्म नचले पनि बम्पर भयो भन्दै हिँडे र यो दिन आयो।' फिल्मबाहेक कुनै व्यापार नभएको बताउने उनी यो क्षेत्रमा राम्रो 'सिस्टम' चाहन्छन्।
'नयाँ निर्माता ल्याउन निर्देशक र कलाकारको हात हुन्छ। २० लाखमा बन्छ भन्दै ल्याए, लगानी ७० लाख पुग्यो भन्दै परामर्श गर्न आउने धेरै भेटेको छु,' उनी भन्छन्। १५ वटा फिल्मका निर्माता ओझा बग्रेल्ती फिल्मको नियन्त्रण नभए यो पेसामा टिकिरहन नसक्ने बताउँछन्। ठूला घरानाले लगानी नगर्दा फिल्मले उद्योगको आकार बढाउन नसकेको उनको बुझाइ छ।
निर्माता संघका अध्यक्ष राईका अनुसार फिल्मको 'फ' नजान्नेलाई फसाउन ठूलो समूह सक्रिय छ। मोजमस्तीको मोहमा परेर फिल्म बनाउनेको संख्या पनि प्रशस्त छ। 'मिडियामा छाइन्छ, धेरैले चिन्छन् र पैसा पनि निकै कमाइन्छ भन्ने धारणाले पनि धेरैलाई तानेको छ,' उनी भन्छन्, 'नयाँ मान्छेलाई यस्तो सपना देखाएर लगानी गराउन कलाकार, निर्देशक र पहिला डुबेकाहरू लागिपरेका छन्। अवस्था यति बिग्रिएको छ कि पुराना र अनुभवी निर्माताले निर्माणमा हात बढाउन सकिरहेका छैनन्।'
संघमा 'फलानाले यसरी डुबायो' भन्दै उजुरी गर्नेको भिड बढेको उनी बताउँछन्। उनले देखेको समाधानको एउटै उपाय छ, 'कसलाई फिल्म बनाउन दिने भन्ने स्पष्ट नीति नआएसम्म स्थिति सुधार हुँदैन। फिल्म बनाउने र डुब्ने शृंखला चलिरहन्छ।'

सन्तोष रिमाल, नागरिक न्युज
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !