CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » पारस एक साताभित्र डिस्चार्ज, आराम गरेर नेपाल फर्कने

पारस एक साताभित्र डिस्चार्ज, आराम गरेर नेपाल फर्कने


parasक्वालालम्पुर, चैत्र १० - हृदयघात भएपछि एक महिनादेखि बैंककस्थित समितिवेज अस्पतालमा उपचार गराइरहेका पूर्वयुवराज पारस शाह आगामी एकसाताभित्र डिस्चार्ज हुने भएका छन् ।
'उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । अबको करीब एक हप्ताभित्र डिस्चार्ज हुनुहुन्छ ।' एनआरएन थाइल्याण्डका महासचीव सुनिल खड्काले शनिबार भने । डिस्चार्ज भएपछि चिकित्सकको सल्लाह अनुसार
उनी केही समय बैंककमै रहनेछन् र त्यसपछि नेपाल फर्कने भएका छन् ।
उनका अनुसार शाह हाल खाना आफैंले खान, सामान्य हिंड्डुल तथा कुराकानी गर्न सक्ने भइसकेका छन् । 'उहाँलाई चिकित्सकले डिस्चार्ज गरेपछि पनि थप आराम चाहिने हुँदा डेढ महिनाजति बैंककमै रहन भनेका छन् । त्यसपछि उहाँ नेपाल र्फकन्छु भन्नुभएको छ । परिवारको पनि चाहना त्यही छ ।' खड्काले भने ।
दोस्रोपटक हृदयघात भएपछि शाहलाई पहिले सिसयू र पछि आइसियु कक्षमा राखी उपचार गराइएको थियो । उनको शरिरको रक्तचाप, तापक्रम, मुटुको गति लगायतको अवस्था सामान्य बन्दै गएको छ । अस्पाताल भर्ना भएको ११ दिनपछि अचेतमुक्त भएका पूर्वयुवराज शाहलाई अस्पतालले डेढसाता अघि सामान्य वार्डमा सारेर उपचार गरेको थियो । स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेपछि फेब्रुवरी १९ राति चिकित्सकले करीब ९० मिनेटको 'मल्टी करेन्ट सक्स' (करेन्टको तरंगबाट गरिने उपचार) लगायत उपचारविधिबाट उनलाई जोगाएका थिए । खड्काका अनुसार बाबु ज्ञानेन्द्र, पत्नी हिमानी र सानी छोरीसहित परिवारजन शाहका नियमित हेरविचारका लागि बैंककमै छन् ।
फेसबुकमा पारसलाई चासो राख्ने बढे
पूर्वयुवराज पारस शाह बिरामी भएपछि उनको हेरविचारमा सक्रिय सुनिल खड्काको फेसबुकमा १ हजार ५ सय साथी थपिएका छन् । 'मेरा भनाइ जोडेर उहाँबारे समाचार दैनिकजसो आउन थालेपछि मेरा फेसबुक साथी १ महिनायता करिब १५ सयजति थपीएछन् ।' खड्काले थपे 'पहिले हजारजति साथीहरु हुनुहुन्थ्यो, पछि धेरैले 'एड रिक्वेस्ट' गर्नुभयो । अधिकांश उहाँ (पारस)बारे जानकारी राख्ने छन् ।' उनको फेसबुकमा अहिले करिब २ हजार ४ सय ९७ साथी छन् ।
शनिबार पारस शाहको फेसबुकमा राखीएको फोटोबारे धेरैले कमेन्ट तथा सेयर गररहेका छन् । पारसको फेसबुकमा सुनिलसहित ७ जना साथीहरु छन् । खड्काले गत बुधबार आफ्नो फेसबुक 'प्रोफाइल पिक्चर' राखी आफ्नो पछिल्लो अस्पतालको बेडमा खिचीएको भनिएको एक फोटो शनिबार अपलोड गरेका छन् । पारसबारे यसअघि विभिन्न समाचार प्रवाह भएका थिए ।
शाहको स्वास्थ्य उपचारमा सुरुदेखि नै सघाउ पुर्‍याएका खड्काले पूर्वयुवराज, राजपरीवार सम्बन्धि लेखिएका सामाग्री ट्याग गर्नेहरु धेरै रहेको पनि बताए । उनले शाहको स्वास्थ्यबारे जानकारी दिंदै जाँदा धेरैले धन्यावाद दिएको पनि सुनाए ।
उनले पारसबारे जानकारी लिनेको फोनले हैरान भएको बताए । 'मिडिया लगायत विभिन्न क्षेत्रबाट आउने फोनले हैरान भएँ, त्यही भएर फेसबुकबाटै जानकारी दिन थालेको थिएँ ' उनले भने, 'आफूले सकेको सहयोग गर्न भ्याएँ, खुशी छु ।'
--ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis