ओर्लिएँ। त्यो मोटरसाइकल पनि सरासरआएर रोकियो। भर्खरका एक युवकले हामीलाई 'के चाहियो' भनेर सोधे। उनले दायाँ हातको चोर औँलाले आफ्नो नाक देखाउँदै इसारा गरे र थपे, "जे चाहिए पनि धक नमानी भन्नूस् है !" उनको युवती-आशय बुझ्न कठिन थिएन। शान्त स्वभावका सहकर्मी रवि मानन्धरलाई झोँक चल्यो। 'बढ्ता होइन है भाइ, मुख सम्हालेर बोल' मात्र के भनेका थिए, ती युवक वायु वेगमा आफ्नो मोटरसाइकल हुँइकाएर भागे। साँझको समय जहाँ पुग्दा पनि नयाँ मान्छे देख्नासाथ उही अन्दाजमा 'के चाहियो' भन्दै पछि लाग्नेहरूको कमी रहेनछ। त्यति सुन्दर नगरीमा वेश्यावृत्ति अनियन्त्रित रूपमा मौलाएको देख्दा पोखरा कुरूप हुँदै गइरहेजस्तो लाग्यो।
-उपहारजंग शाह, नेपाल