CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » थुक्क SLC को नेपाली प्रश्नपत्रको हालत हेर्नुस् त

थुक्क SLC को नेपाली प्रश्नपत्रको हालत हेर्नुस् त

q1यो पश्चिमाञ्चल विकास क्षेत्रमा २०६९ मा सोधिएको नेपाली विषयको एसएलसी प्रश्नपत्र हो। राष्ट्रको धनको जाफत (साथीभाइहरू मिलेर गरिने ठूलो भोज) उडाएर विशेषज्ञद्वारा तयार पारिएको प्रश्नपत्रको हालत हेरौँ न-



q2
नं २-दुई ओटा श्रुतिसमभिन्नार्थी (व्यवस्था छैन)
नं ३-भूपरिवेष्टित (भूपरिवेष्ठित हुनुपर्ने)
नं ४ ख(अ)-शुद्ध शब्द छैन (आकाङ्क्षा हुनुपर्ने)
नं ५-नामयोगी वा कृया हुनुपर्ने (नाम पो दुईओटा)
नं ८-तपाइँ (सर्वनामको अन्तिम इकार दीर्घ हुन्छ भन्ने थाहा थिएन?)
नं ९-देशको आदिवासी (एउटा आदिबासी? सो का लागि (षष्ठी विभक्ति छुट्टिन्छ?)
नागरिहरूको (नागरि भनेको के हो?)
स्वस्थ्य (स्वस्थ्य भनेको के हो?)
पञ्च महाभूत (समस्त शब्द किन छुट्टियो? उसो भए सृष्टिविज्ञान किन जोडियो त ?) हो । त्यसैले (पूर्ण विराम पछि किन संयोजक ? नं ५मा किन छैन त ?)
नं ११ (क )-सफल बुबाआमाको ( बुबाआमा सफल ?)
एक्लो छोरा (वचनसङ्गति थाहा छ ?)
सफलतालाई पढाउन (सफलतालाई पढाउने ?)
सफल साथीको लहैलहैमा (पदक्रम थाहा छ ? यहाँ ‘सफल’ विशेषण भएन ?)
आकांक्षा (पञ्चम वर्णको नियम थाहा छ ? थाहा भएको भए ४ख (अ)मा नै हुन्थ्यो नि!)
सफल घरमा ( ए, घर पो सफल ?) भुल कि भूल ?
नं ११(ख )-पिता:- वीरशमशेरका जेठा छोरा (आफ्ना पिता आफैँ ?) हिलोमा (तिर्यक् कारक थाहा छैन ?)
भने झै (नामयोगी छुट्टै ? झै कि झैँ ?)
हिलोमा सजाउँछ (कसले ?)
सिर्जनशीलका रूपमा उदाउनु (सिर्जनशील केका रूपमा ?)
नं १३- खण्डन कि खन्डन ?
-रामप्रसाद सुवेदी-
By mysansar, on March 17th, 2013
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis