CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » त्रिविविमा कसरी हुन्छ घुस बाँडफाँड? ल हेर्नुस छर्लंगै

त्रिविविमा कसरी हुन्छ घुस बाँडफाँड? ल हेर्नुस छर्लंगै

काठमाडौ। भ्रष्टाचार, अनियमितता, अराजकता, कमिसनतन्त्रको विपक्षमा उभिनुपर्ने विश्वविद्यालयका शिक्षक नै कुबाटोमा हिंडेपछि शिष्यलाई के सिकाइरहेका होलान् र शिष्यले के सिकिरहेका होलान्? पदाधिकारीले त्रिवि कार्यालयलाई भन्सार बनाउने हर्कतमा लागेपछि यस्तो प्रश्न कीर्तिपुरको चौरमा विद्यार्थीले गरिरहेका भेटिन्छन्। 
आर्थिक अनियमिततामा वर्तमान पदाधिकारीले कीर्तिमान नै राख्न थालेका छन्। त्यसको पछिल्लो गतिलो उदाहरण बनेको छ, वनस्पति केन्द्रीय विभाग कीर्तिपुरको ध्क्ी
प्रोजेक्ट। विभागलाई स्वीट्जरल्याण्डले दिएको उक्त प्रोजेक्टमा उपकुलपति हिराबहादुर महर्जन, रेक्टर गुणनिधि न्यौपाने, रजिस्टार चन्द्रमणि पौडेल, कामु मुख्य नियन्त्रक राजेन्द्रबहाबदुर श्रेष्ठ र बजेट शाखाका लेखा नियन्त्रक रामचन्द्र आचार्य तथा विभागका पूर्वप्रमुख प्राडा. कृष्णकुमार श्रेष्ठले पदीय दुरुपयोग गरी अनियमितता गरेपछि भ्रष्टाचारको रहस्य पर्दाफास भएको हो।  
उनीहरूले त्रिविको आर्थिक प्रशासन नियमावलीलाई समेत धज्जी उडाउँदै अनियमितता गरेका छन्। श्रेष्ठले विभागकी लेखा प्रमुख पूर्णीमा आचार्यलाई समेत प्रभावमा पारेको आरोप कर्मचारीले लगाएका छन्। तत्कालीन विभागीय प्रमुख श्रेष्ठले ऋम्द्य(ध्क्ी स्वीट्जरल्याण्ड संस्थाबाट अनुदानबाट ९५ लाख रुपैयाँ बराबरको प्रोजेक्टको रकम कीर्तिपुरस्थित ग्लोबल बैंकको खाताबाट विभागको नाममा रहेको खाताबाट आफ्नो व्यक्तिगत खातामा रकम स्थानान्तरण गरेर भोजसमेत खुुवाएका छन्। विभागीय प्रमुखको कार्यावधि सकिएपछि श्रेष्ठले आफ्नो खातामा रकम स्थानान्तरण गर्न रजिस्टार पौडेलसहित पदाधिकारीलाई प्रभावमा पारेको बताइएको छ। श्रेष्ठपछि विभागीय प्रमुखमा प्रमोदकुमार झा आएका थिए। विभागको प्रोजेक्टलाई आफ्नो व्यक्तिगत बनाउन पूर्वप्रमुख श्रेष्ठले विभागको प्रोजेक्टको बैंकखाताको रकम आफ्नो व्यक्तिगत खातामा सारेका हुन्। 
 आर्थिक प्रशासन महाशाखा अन्तर्गतको बजेट शाखाका लेखा नियन्त्रक रामचन्द्र आचार्यले चलानी नम्बर १६२/०६९/०७० रहेको पत्र २०६९ भदौ १० गते रकम स्थानान्तरण गर्न ग्लोबल बैंकलाई पत्र लेखेका छन्। रजिस्टार पौडेलको दबाब र सल्लाहमा आचार्यले उक्त पत्र लेखेका कर्मचारी स्रोतको भनाइ छ। विभागको प्रोजेक्टको रकम आफ्नो व्यक्तिगत खातामा स्थानन्तरण गर्न श्रेष्ठले रजिस्टार पौडेललाई छुट्टै गोप्य पत्रसमेत लेखेका थिए। उक्त पत्रलाई भदौ ८ गते तोक आदेश दिदै रजिस्टार पौडेलले भदौ १० गते बजेट शाखालाई श्रेष्ठलाई सहमति दिएको पत्र लेख्न लगाएका हुन्। भदौ १० सहमति पत्र पाएपछि श्रेष्ठले ११ गते ग्लोबल बैक शाखा कीर्तिपुरमा निवेदन दिएका थिए। आर्थिक प्रशासन महाशाखाले श्रेष्ठलाई सम्बोधन गर्दै लेखेको पत्रमा २९ जुलाई २०१२ मा यस कार्यालयमा ध्क्ी एचयवभअत, स्वीट्जरल्याण्डको प्रोजेक्ट कोअर्डिनेटरको हैसियतले दिनुभएको निवेदन उपर कारबाही हुँदा उक्त प्रोजेक्टको नाममा हाल ग्लोबल बैंक शाखा कीर्तिपपुरमा खुलेको ०५०१०१००००१२८को खाता बन्द गरी उक्त खातामा रहेको रकम तपार्इंकै नाममा सोही बैकको ०५०७०१०००२०८८ को खातामा स्थानान्तरण गरी कार्यसञ्चालन गर्न स्वीकृत प्रदान गर्ने निर्णय भएको उल्लेख गरेको छ। उक्त पत्र प्राप्त गरेको भोलिपल्ट नै श्रेष्ठले ग्लोबल बैंकलाई पत्र लेखी रकम स्थानान्तरण गरी सहयोग गरिदिनुहुन अनुरोध छ भन्दै पत्र लेखेका छन्। त्यसैगरी वायोटेक विभागका डाक्टर गोपाल त्रिपाठीले पनि प्रोजेक्ट चलाएर दोहोरो सुविधा लिएको आरोप लागेको छ। त्रिपाठीले मुस्ताङ प्रोजेक्ट सञ्चालन गरिरहेका छन्। तर, त्रिविबाट पनि सेवासुविधा लिइरहेको बताइएको छ। अहिले यी दुवैलाई तत्काल कारबाही गर्न माग पनि त्रिवि कर्मचारी तथा प्राध्यापकबाट हुन थालेको छ।  
यसरी बाँडे रकम  
अनधिकृत रुपमा विभागका लागि आएको रकम व्यक्तिका नाममा सारेपछि त्रिविका पदाधिकारीसहितलाई श्रेष्ठले भोज खुवाएका छन्। भोजमा उपकुलपति हीराबहादुर महर्जन, रेक्टर गुणनिधि न्यौपाने, रजिस्टार चन्द्रमणि पौडेल, कामु मुख्य निरीक्षक राजेन्द्रबहादुर श्रेष्ठ, विज्ञान तथा प्रविधि अध्ययन संस्थानकी डीन चिरिकशोभा ताम्राकारलगायतको जम्बो टीम थियो। माघ ७ गते श्रेष्ठले उक्त भोज आयोजना गरेका थिए। टेकुस्थित बेकरी क्याफेमा आयोजना गरिएको भोजमा श्रेष्ठले मेरो प्रोजेक्टका मान्छेहरू आउँदैछन् र चिनजानका लागि भिसी सरहरू पनि आउँदै हुनुहुन्छ भन्दै अरुलाई निम्ता गरेका थिए। स्रोतका अनुसार ९५ लाखको उक्त प्रोजेक्टबाट १५ लाख रुपैयाँ विश्वविद्यालयका पदाधिकारीलाई बाँडेका थिए। उपकुलपति कार्यालय स्रोतले उल्लेख गरेअनुसार उपकुलपति महर्जनलाई ७ लाख, रजिस्टारलाई ५ लाख, राजेन्द्रबहादुर श्रेष्ठलाई २ लाख र रामचन्द्र आचार्यलाई एक लाख रुपैयाँ नगदी भेट चढाएका छन्। टेकुको बेकरी क्याफेमा माघ ७ गते भएको भोजमा सहभागी भएको डीन ताम्राकारले स्वीकार गरिन्। ताम्राकारले मेरो प्रोजेक्टका मान्छे आउँदैछन्, भिसी सर पनि आउन लाग्नुभएको छ तपाईं पनि आउनुपर्योक भनेर बोलाएकोले चिनजानका लागि मात्रै गएको साँघुलाई बताइन्। यसरी आर्थिक अनियमितता गरेको र संस्थागत खाताको रकम व्यक्तिको नाममा किन स्थानान्तरण गरेको भन्नेबारे बुझ्न रजिस्टार पौडेललाई फोन गर्दा उनको मोवाइल अफ गरिएको थियो।  
विजय बिल्लीबाँठ  
जीवनकालमै त्रिविमा विद्यार्थीलाई अध्यापन नगराएको र पार्टीगत राजनीतिमा लागेको आरोप लागेका विजय सिलवाललाई नेकपा एमालेले नत्थी लगाएको छ। उपकुलपति महर्जनलाई अगाडि लगाएर आर्थिक अनियमितता र गैरकानुनी काम गरिरहेका सिलवाललाई एमालेले स्पष्टीकरण पनि सोधेको छ। साथै, पार्टीको सहमति विना कुनै पनि नियुक्ति तथा सिफारिस नगर्न पनि उर्दी जारी भएको छ। त्यसो त, असोज २९ गतेको सिनेटले राजनीतिक दलको संगठनमा आवद्धलाई त्रिविमा नियुुक्ति नदिने निर्णय गरेको थियो। तर, पदबाट राजीनामा दिनुपर्ने डरले त्रिवि कार्यकारी परिषद् सदस्यसमेत रहेका विजय सिलवाल, रजिस्टार पौडेलसहितको टोलीले उक्त निर्णय उल्टाएको आरोप लागेको छ। सिलवाल एमालेनिकट प्राध्यापक संगठनको अध्यक्ष छन् भने पौडेल एमाओवादीनिकट प्राध्यापक संगठनको महासचिव छन्। सिनेटको निर्णयलाई ठाडो उल्लंघन गर्दै उनीहरूले अहिलेसम्म दुवै पदमा बसिरहेका छन्।  
दावाको दादागिरी  
एकबर्षे वीएडमा अध्ययनरत विद्यार्थीलाई तीन बर्षे वीएड प्रथम बर्षको प्राणीशास्त्रको उत्तरपुस्तिका 'स्कुटीङ' गराएपछि विवादमा तानिएको पनिका बल्खुले दोषीलाई अहिलेसम्म कारबाही गरेको छैन। उत्तरपुस्तिका 'स्कुटीङ' का लागि बोलाइएको विद्यार्थी तथा सानोठिमी क्याम्पसका आंशिक शिक्षक दानबहादुर शर्मालाई विषय समितिकी अध्यक्ष डाक्टर रजनी राजभण्डारीले ल्याएकी थिइन्। शर्माले साँघुसँग टेलिफोनमा कुरा गर्दै आफूले एकदिन स्कुटीङ गरेको बताएका छन। तर, पनिका बल्खुका सहनियन्त्रक तथा शिक्षा हेर्ने जिम्मा पाएका दावा शेर्पाले हँुदै नभएको विषयलाई समाचार बनाएको भन्दै अश्लिल गालीगलौज गरे।  
शर्मालाई स्कुटीङ गर्न ल्याउने विषय समिति अध्यक्षलाई कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्नमा साँघुलाई प्रतिक्रिया दिंदै शेर्पाले “तैंले के गर्नसक्छ? तैले जे लेखे पनि हुन्छ? त्यो मान्छेले स्कुटीङ नै गरेको छैन। तैले भन्दैमा जे पनि हुन्छ? तँ को होस् पनिकाको समाचार लेख्ने?' भने। दानबहादुरले एक दिनभरी उत्तरपुस्तिका स्कुटीङ गरेका थिए भने कापीमा नम्बर बढाउने, घटाउने काम गरेका थिए। तर, बेलुका हिंड्ने बेलामा माइन्युटमा हस्ताक्षर भने गरेका थिएनन्। यता, पनिका बल्खुका नियन्त्रक प्रा.चिरञ्जीवी शर्माले उक्त व्यक्ति गोप्य शाखासम्म आएको तर उत्तरपुस्तिका स्कुटीङ भने नगरेको सूचना आएको प्रतिक्रिया दिए।  
. योगेश ढकाल , साँघु 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis