CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » आफ्नो बखान गरेको छैन - हरिवंश आचार्य

आफ्नो बखान गरेको छैन - हरिवंश आचार्य


‘चिनो हराएको केटो’ नामक आत्मकथा लेख्दै गरेका कलाकार हरिवंश आचार्य भन्छन्, “म जे छु त्यो सजिलै प्राप्त भएको होइन रहेछ भन्ने स्वीकारोक्ति पुस्तकमा छ ।”
चिनो हराएको केटो कस्तो किताब हो ? 
मेरो आफ्नै जीवनी हो । बाल्यकालदेखि अहिलेसम्मका उल्लेखनीय घटना यसमा समेटेको छु । मदन दाइ (मदनकृष्ण श्रेष्ठ) सँगको सहकार्यका धेरै
प्रसङ्गहरूको खुलासा यो पुस्तकमा पाउनुहुनेछ ।
पाठकले कहिलेसम्म पढ्न पाउनेछन् ? 
यही चैतभित्रै लेखेर सक्ने र वैशाखको पहिलो सातासम्म पाठकको हातमा पुर्‍याउनुभएको योजना छ । मेरी दिवंगत पत्नी मीराको दोस्रो स्मृति दिवस पारेर ७ वैशाखमा पुस्तक सार्वजनिक गर्ने कार्यक्रम छ ।
यो पुस्तक लेख्नुको उद्देश्य के हो ? 
हरिवंश आज जे छ त्यो सजिलै बनेको होइन रहेछ भन्ने जानकारी पुस्तक पढेपछि पाठकहरूलाई हुनेछ । हरेक मान्छेमा केही न केही सकारात्मक गुण हुन्छन्, जुन अरूका लागि पनि रुचिकर र अनुकरणीय हुनसक्छन् भनेर आफ्नो कुरा पाठकसँग बाँड्न खोजेको हुँ ।
अरू आत्मकथा र यसमा के फरक छ ?
आत्मकथा पढिसक्दा हरिवंश भन्ने मान्छे पनि अरू जस्तै साधारण रहेछ भन्ने यथार्थ बोध हुनेछ, पाठकलाई । छोटोमा भन्दा हरिवंश ठूलो मान्छे होइन भन्ने सत्य सबैले थाहा पाउनेछन् । पर्दा र मञ्चमा हँसाउने मान्छेका गम्भीर कुरा यसमा पढ्न पाउनुहुनेछ ।
नेपाली आत्मकथामा लेखकीय इमानदारी नरहेको बताइन्छ । तपाईंले यसमा ध्यान पुर्‍याउनुभएको छ ?
जुन विषय समाज र व्यक्तिका लागि पनि हानिकारक हुन्छ, त्यो नलेख्दा नै बेस । तर, अहिलेसम्म बाहिर नआएका धेरै विषय र घटनाको खुलासा गरेको छु । आफ्नो बारेमा बढाइँचढाइ नहोस् भन्ने पनि ध्यान दिएको छु ।

--हिमालखबर
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis