हाम्रो प्रेम विवाह भएको एक वर्ष भयो। हामी संयुक्त परिवारमा बस्छौं। विगत दुई महिनादेखि श्रीमान्सँग मेरो सम्बन्ध राम्रो छैन। उहाँ घरमा त्यति बस्नुहुन्न। म घरको काम गरेर जागिर पनि खान्छु। म भागेर आएकी हुनाले जति काम गरे पनि कसैले जस
दिँदैनन्। हरेक काममा दोष देखाइरहन्छन्। मेरो कमाइ पनि ससुरा बाले मागिरहनुहुन्छ। यस्तो अवस्थामा श्रीमान्सँगको सम्बन्ध कसरी राम्रो बनाउने ?
९४
श्रीमान्-श्रीमतीको सम्बन्ध निकै जटिल हुन्छ। यो जति जटिल हुन्छ त्यति नै सरल पनि । के कारणले तपाईं र तपाईंका श्रीमान्बीचको सम्बन्ध सुमधुर हुन नसकेको हो, त्यसका बारेमा तपाईंको पत्रमा कुनै कुरा उल्लेख छैन। श्रीमान्/श्रीमतीबीच खटपट हुनुको मुख्य कारण घरायसी व्यवहार, आर्थिक संकट वा असन्तुष्ट यौनजीवन हुन सक्छ। तपाईंको पत्रले आर्थिक संकटतर्फ कुनै संकेत नगरेकाले त्यतातर्फ नसोचे पनि भयो। त्यसैगरी यौनजीवनका बारेमा पनि कुनै कुरा उल्लेख नगर्नुभएकाले त्यतातर्फ नसोचौं। रह्यो कुरा, घरायसी व्यवहारको यसमा तपाइर्ंहरू कतै न कतै चुक्नुभएको हो कि भन्ने आशंका गर्ने ठाउँ देखिन्छ। तपाईहरूले घरपरिवारको सहमतिविपरीत भागेर प्रेम विवाह गर्नुभएकाले तपाईंलाई श्रीमान्को परिवारले त्यति नरुचाएको देखिन्छ र तपाईंलाई परिवारले नरुचाएको अवस्थाले तपाईंको श्रीमान्को मनमा पनि तपाईंप्रति नकारात्मक भावनाको विकास गरेको हो कि भन्ने संकेत पत्रले दिन्छ। यस्तो अवस्थामा तपाईंले आफ्नो व्यवहारले श्रीमान्का परिवारतर्फका सबै नातेदारको मन जित्ने प्रयास गर्नुपर्छ। कसैलाई बिझ्ने गरी कुरा फर्काउनु हुँदैन। एउटा निश्चित समयपछि पनि तपाईप्रति उनीहरूको व्यवहारमा कुनै परिवर्तन आएन भने आफ्नो समस्या श्रीमान्लाई भन्नुपर्छ। त्यति हुँदा पनि उनीहरूको व्यवहारमा कुनै परिवर्तन आएन भने कानुनी उपचार खोज्नुपर्ने हुनसक्छ। अहिलेका लागि आफ्ना तर्फबाट सबैको मन जित्ने प्रयास गर्नुहोस्— मेरो शुभकामना छ।