१४ चैत, काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गैरकानुनी रुपमा हुन्डीमार्फत पैसा बैंकक पुर्याइरहेका छन् । छोरा पारसको उपचारमा करिब डेढ करोड रुपैयाँ लाग्दा उनले बैंकिङ च्यानल प्रयोग गरेका छैनन् ।
८ फागुनमा हृदयघात भएयता पूर्वराजा पारस बैंकको समितिभेज अस्पतालमा छन् । पारसको उपचार र परिवारको बसाईमा
थाइल्यान्डमा डेढ करोडभन्दा बढी खर्च भएको छ ।
सामान्य अवस्थामा विदेश जाने नेपालीले बढीमा दुईहजार पाँचसय डलरमात्र लैजान पाउने व्यवस्था छ । उपचारका लागि विदेशमा पैसा लैजान वीर अस्पतालको मेडिकल बोर्डको सिफारिसमा मात्र पैसा लैजान मिल्छ । तर, पारस उतै विरामी भएका कारण बोर्डले उपचार गर्न लैजाने पैसाको सिफारिस गरेको छैन् । त्यसैले पूर्वराजपरिवारले गैरकानुनी बाटोबाट पैसा लगेको खबर नयाँ पत्रिकाले छापेको छ ।
पारसकी प्रेमिकालाई आर्थिक मन्दी
पारसलाई हृदयघात हुँदा सँगै रहेकी पारसकी प्रेमिका कर्निका लिनले अहिले अस्पताल पस्न पाएकी छैनन् । सुरुमा २४ घन्टै अस्पतालमा बसेकी उनलाई हिमानी गएपछि अस्पतालभित्र आउन दिइएको छैन् ।
प्रेमिलाई भेट्न नपाएकोमा उनले त्यहाँस्थित नेपालीलाईसमेत गुनासो गरेकी छन् । स्रोतका अनुसार पछिल्लो समयमा उनी आर्थिक संकटमा समेत परेपछि जागिर खोज्न थालेकी छन् । उनले बैंककमा पारसनिकट नेपालीसँग खर्च माग्ने गरेकी छन् ।
-अन्लाईन खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !