CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » एनसेल आक्रमण र यससँग जोडिएका कारणहरु

एनसेल आक्रमण र यससँग जोडिएका कारणहरु


-विरोध कट्टेल- निजी क्षेत्रको टेलिकम कम्पनी एनसेल चलाइरहेको वहुराष्ट्रिय कम्पनी टेलियासोनेराले नेपालको अर्को टेलिकम कम्पनी नेपाल स्याटलाइट टेलिकम प्रालि (हेलो नेपाल)को ७५% सेयर खरीद गरे पछि त्यहाँ कार्यरत ८७ जना कर्मचारीहरुलाई बाँकी २५% सेयर रहेका आफ्नो साझेदारी व्यापारी अजय सुमार्गीको प्रयोग गरेर गत जेष्ठ महिना देखि आजका मिति सम्म निष्कासित कर्मचारीहरु स-सम्मान
पुनर्वाहलीको माग राखी गरेको विरोधका कार्यक्रमको क्रममा एनसेल व्यवस्थापनले प्रशासनको प्रयोग गरेर कर्मचारीहरुलाई धरपकड गर्न थाले पछि भड्कीएको स्थितिले गत चैत ६ गते काठमाण्डौको वानेश्वर स्थित कृष्ण टावरमा तोडफोड भए पछि विभिन्न मिडियाहरुमा भिन्न भिन्नै किसिमका प्रतिक्रियाहरु आइरहेका छन्।
हेलो नेपाल र एनसेल वीचको सम्वन्ध
घटनाको केहि वेर पछि प्रतिक्रिया दिदै एनसेलकी कम्युनिकेसन म्यानेजर सन्जु कोइरालाले हेलो नेपाल के हो र त्यहाँका कर्मचारी को हुन् आफुले केही नचिन्ने खालको प्रतिक्रिया दिदै पन्छिन खोजेकी छिन्। जव की उनी हेलो नेपालको समेत कम्युनिकेसन म्यानेजर हुन्। वाहिरबाट हेर्दा हेलो नेपालको असन्तुष्ट कर्मचारीहरुले एनसेल माथि गरेको आक्रमण किन भन्ने प्रश्न उठ्नु स्वभाविकै हो। तर भित्र कुरा धेरै छन् जुन आम नागरीकले जानकारी पाएका छैनन्। 
यी दुई कम्पनी वीच प्रशस्त सम्वन्ध छन्। एक त दुवै कम्पनी चलाउने एउटै वहुराष्ट्रिय कम्पनी टेलियासोनेरा हो भने उक्त टेलियासोनेराले हेलो नेपाल खरीद गरे पछि बाँकी सेयर रहेका नेपाली व्यापारी अजय सुमार्गीको प्रयोग गरेर कर्मचारीहरुलाई वर्खास्त गरेका थिए। हेलो नेपालमा कर्मचारी नचाहिने भएकोले कर्मचारी निष्कासन गरीएको थिएन, एनसेलको व्यावस्थापन देखी प्राविधीक कर्मचारीहरु द्दारा हेलो नेपालको काम गर्ने उद्देश्यले कर्मचारी वर्खास्त गरीएको थियो। जुन कार्य अहिले भईरहेको छ। हेलो नेपालका कर्मचारीहरुलाई राता रात निष्कासन गरे पछि हेलो नेपाल रहेको मुक्ति टावर आजकल शुन्य छ। आजकल हेलो नेपालको प्रशासनीक काम कृष्ण टावर वाट हुन्छ भने प्राविधिक काम एनसेलको एकान्तकुना स्थीत कार्यलयवाट हुने गरेको छ। केही समय अघिमात्र हेलो नेपालको सेवा मध्य पश्चिम तथा सुदुर पश्चिममा विस्तार गर्ने उद्देश्यले प्राविधिक सर्वेको सँपुर्ण काम हुवाई टेक्नोलोजी र जेड्टीई टेलिकम लाई एनसेल प्रशासनले दिएको थियो। उक्त सर्वेको लागी सँपुर्ण तालिम एनसेलको एकान्तकुना स्थीत कार्यलयमा दिईएको थियो। तसर्थ वाहिर वाहिर फरक कम्पनी देखाउन खोजीए पनि टेलियासोनेराले स्वामीत्व लिईसके पछी सँपुर्णकाम एनसेलको कार्यलय वाटनै भईरहेको छ। फेरी आन्दोलनको क्रममा गत पौष २० गते आन्दोलनरत कमिटिले आफ्ना माग सहित हेलो नेपाल व्यवस्थापन, एनसेल व्यावस्थापन र एनसेल कर्मचारी युनियन सबै समक्ष अल्टिमेटम सहितको माग पत्र बुझाएका रहेछन्। उक्त माग पत्र पश्चात पटक पटक कर्मचारीहरुले हेलो नेपाल र एनसेलको कार्यलेय दुवै अगाडी धर्ना, जुलुस गरेका पनि रहेछन्। शान्ति पुर्न तरीकाले गरेको आन्दोलनको कुनै सुनुवाई नभए पछि एनसेलको टावरहरुमा अवरोध गरेर पटक पटक अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासँघले जीम्मेवारी पनि लिईसकेका थिए यति धेरै पटक एनसेललाई प्रत्यक्ष लक्ष वनाएर आन्दोलन गर्दा पनि एनसेल व्यवस्थापनले हेलो नेपाल र एनसेल छुट्टै कम्पनी र व्यवस्थापन हो भनेको थिएन त्यसैले पनि आन्दोनरत कर्मचारीहरुले आन्दोलनलाई वारम्वार एनसेल सँग जोडेका हुन्।
के कर्मचारी वर्खास्त गर्नै पाउदैन त?
कुनै पनि कम्पनीले आफ्ना कार्मचारी वर्खास्त वा कटौती गर्न पाउछ तर वर्खास्तीको पनि एउटा तरीका र नियम हुन्छ। हेलो नेपालको अहिलेको आन्दोलन उठ्नुको प्रमुख कारण नै कर्मचारी वर्खास्तीको प्रक्रिया गलत भएकोले हो। सामान्य तय कर्मचारीहरुले काम गर्न छोड्नु र कम्पनीले निकाल्न खोज्नुको एक महिना पहिले नै सम्वन्धित कम्पनी/कर्मचारीलाई जानकारी गर्नु पर्छ। तर हेलो नेपालमा त्यस्तो हुन पुगेन। अफिसमा कर्मचारीहरु काम गरीरहेको वेला एक्कासी वोलाएर आफैले वनाएको राजीनामा पत्रमा वलजफती हस्ताक्षर गर्न लगाई भोलि वाट कार्यलय नआइजे भन्नु कम्पनीको तर्फ वाट गम्भिर त्रृटी भएको देखिन्छ। कोहि त अझ रुकुम, रोल्पा अनि हुम्ला जुम्लामा टावर मर्मत गरीरहेका थिए त्यस्तो विकट ठाउमा दुख गर्दा गर्दै त्यहीवाट आफुलाई कम्पनीले वर्खास्त गर्न लागेको खवर पाउदा उक्त कर्मचारीहरुमा कस्तो आक्रोस र नैराश्यता छायो होला हामी सहजै अनुमान गर्न सक्छौ। अन्यायका श्वरहरु जति नै दवाउन खोजीए पनि त्यो कतै न कतै वाट कहिले न कहिल्यै वाहिर आउछ आउछ, हेलो नेपालको आन्दोलनको सम्वन्धमा पनि त्यस्तै भयो। कोहि फिल्डमा, कोहि काठमाण्डौ अफिसमा र कोही क्षेत्रीय कार्यलयमा रहेको वेलामा विना सुचना एक्कासी हटाउनुले पनि कर्मचारीहरुलाई आक्रोसमा पुर्याएको हो। उक्त वेलामा आक्रोस पोख्न नसके पछि घाइते वाघ झै कर्मचारीहरु छट्पटिएको सहजै अनुमान गर्न सकिन्छ। तसर्थ उचित समय र सम्वन्ध अनि शक्तिको खोजीमा कर्मचारीहरु भौतारिएको पनि घटना क्रमले प्रष्ट्याउछ।
के कानुनी वाटो थिएन?
घटनाको क्रमहरु हेर्दा कर्मचारीहरुले कानुनि प्रक्रिया खासै नअपनाएको देखिन्छ। तर राजीनामा गराएको पत्रको प्रकृति हेर्दा कानुनि वाटोले केही हुने वाला थिएन। कर्मचारीहरुले भन्दै आएको वलजफती र धम्की पुर्ण तरीकाले गराईएको राजीनामा, उक्त राजिनामा पत्र हेर्दा सत्य सावीत नै हुन्छ। राजीनामा पत्रमा कहिले राजिनामा दिएको हो मिति छैन, कुन पद वाट राजनिमा दिएको त्यो पनि खाली छ र राजीनामा कहिले वाट लागु हुने हो त्यो पनि खालि छ। एक दुई जना कर्मचारीहरुले त गर्लान त्यस्तो राजिनामा तर देशका सक्षम र वौद्दिक वर्गमा पर्ने ईन्जिनियरहरुले त पक्कै गरेनन् होला त्यस्तो अर्ध खाली कागजमा त्यसै हस्ताक्षर। तसर्थ राजिनामा पत्रमा धम्की दिएर नै हस्ताक्षर गराईएको प्रष्ट हुन्छ। फेरी प्रश्न उठ्छ धम्की दिएको भए उक्त कुरा लिएर कर्मचारीहरु सम्वन्धीत निकायमा किन गएनन् ? तर जाने भनेको श्रम अदालत हो। जहाँ मैले स्वेक्षीक अवकास दिएको होइन वलजफति हो भन्न सकिन्छ तर त्यसको लागी पनि ३५ दिन भित्रको म्याद हुदो रहेछ तर राजिनामा पत्रमा मिति राख्नै नदिई हस्ताक्षर त्यसै गराईएको होइन रहेछ यदि कर्मचारी अदालत गए भने उक्त खाली रहेको मितिमा कम्पनी व्यवस्थापनले ३५ दिन भन्दा अगाडी राजिनामा दिएको वनाउने दाउमा रहेछ। यदि भोलि पल्टै अदालत गएको भए पनि पत्रमा ३५ दिन देखाउने दाउमा कम्पनी व्यवस्थापन रहेछ। फेरी राजिनामा पत्रको फोटोकपी माग्दा पनि कर्मचारीहरुलाई दिइएको रहेनछ। अर्को विकल्प प्रहरीसमक्ष जानू थियो। शुरुमा कर्मचारीहरुले कार्यलय वाट वाहिर निष्कन दिएन भनेर वानेश्वर प्रहरी चौकीमा खवर पनि गरेका रहेछन् तर प्रहरी प्रचण्ड निकट भनिएका व्यापारीको विरुद्दमा काम गर्न प्रहरी किन आउथ्यो।
के गर्नु पर्थ्यो कम्पनीले ?
कर्मचारी कटौती गर्ने नै भएको भए पनि व्यवस्थापनले सावधानी पुर्वक नियम सँगत तरीकाले निर्णय लिएर कार्यन्वयन गर्नु पर्थ्यो। त्यति धेरै कर्मचारीहरुलाई वलमिच्याईको शैलिमा वर्खास्त गर्दा उक्त असन्तुष्ट पक्षले कहिँ न कहिँ कम्पनीको अन्यायको विरुद्द आवाज उठाउछन् भन्ने व्यवस्थापनले वुझ्न नसक्नु वा वुझेर पनि दवाउन सक्छु भन्ने मनस्थीति वनाउनु व्यवस्थापनको कमजोरी हो। हेलो नेपाल वाट कर्मचारी निकाले लगत्तै टेलियासोनेराले एनसेल वाट कर्मचारीहरु कटौती गर्दा ४१ लाख सम्मको क्षेतिपुर्ती दिइएको रहेछ। तसर्थ व्यवस्थापनले उचित क्षेतिपुर्ती नदिनु र र ज्यादै अपमानजनक ढँगले निष्कासन गर्नुले कर्मचारीहरुमा आक्रोश श्रृजना हुन पुगेको सहझै अनुमान गर्न सकिन्छ। यदि कर्मचारीहरुले उचित रकम क्षेति पुर्ती पाएको भए त्यो रकमले कुनै न कुनै व्यवसाय अथवा केहि गरेर सवै आ-आफ्नो वाटो लागिसकेका हुनेरहेछन्। तर ब्यवस्थापनले दिएको न्युन रकमले कर्मचारीहरुलाई खासै केहि उपलव्दीमुलक काम गर्न पुग्ने भएनछ। कम्पनीले कर्मचारीहरुलाई दुर्ब्यबहार र अपमानजनक ढँउले ब्यवहार गरेर निष्कासन गर्नुले नै कर्मचारीहरुको कम्पनी प्रतीको आक्रोस हुन पुगेछ।
उध्योग वाणिज्य सँघको प्रतिक्रिया
एनसेलमा भएको घटना पछि उध्योग वाणीज्य सँघका प्रतिनिधिहरु गएर कृष्ण टावर निरिक्षण गरे पश्चात सँघका वरिष्ट उपाध्यक्ष भाष्करराज कर्णीकारले प्रतिक्रिया दिदै वहुराष्ट्रिय कम्पनीमा अर्को कम्पनीको कुरा लेराएर आक्रमण हुनु ज्यादै निन्दनिय कार्य रहेको र लगानिको वातावरण खलवलीएको जनाएका छन्। तर प्रतिक्रिया एक तर्फी भएको र मजदुरमारा मालिकहरुको पक्षमा मात्र वोलेर आफ्नो वर्गको समर्थन गरेको पीडित कर्मचारीहरु तथा मजदुर नेताहरु वताउछन्। सँसारको जुनकुनै ठाउमा पनि मजदुर र मालिक वीचको खटपट हुन्छ नै तर पनि मालिक हरु मजदुरलाई जति सक्यो मिचेर आफु माथि पुग्ने कोशिसमा नै हुन्छन्। मजदुरका पसिनाले जव मालिकको गलत रवैया वढ्न थाल्छ मजदुरहरु मालिक माथि खन्निएका उदाहरणहरु प्रशस्त छन्। अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासँघका सँयोजक रामदिप आचार्यका शव्दमा “जब नाफा अत्यधिक कमाउनका लागि मजदुरको चरम शोषण गर्नुपर्ने हुन्छ, पुँजीपतिवर्ग क्रुर भएर आउँछ। जीवन निर्वाह गर्नै नसक्ने अवस्थामा पुगेपछि मजदुरवर्गले ज्यालावृद्धि र सेवा-सुविधामा सुधारका लागि संघर्ष गर्छ। त्यसले मजदुरवर्गलाई एकताबद्ध र स्थापित बनाइदिन्छ। अनि दुई वर्गबीच घमासान मोर्चा बन्दी सुरु हुन्छ, एक-अर्काका विपक्षमा।तसर्थ हरेक क्षेत्रमा मजदुर अधिकारका आवाजहरु उठ्नु जरुरी छ। हेलो नेपाल त एउटा उदाहरण मात्र भयो।”
नेपालमा रहेका विभिन्न टेलिकम तथा आईटि कम्पनीहरुको स्थीति पनि उस्तै छन्। अझ ठेकेदार तथा कन्ल्टेन्सीको नाम दिएर कारोवार गरीरहेका कम्पनीहरुमा त झन् स्थीति नाजुक नै छ। आईटी कम्पनीहरु वर्लड लिङ्क, ब्रोड लिङ्क, सुविसू, मर्कन्टाएल कम्युनिकेसन, साथै टेलिकम ठेकेदार कम्पनीहरु हुवावे, जेड्टीई, जामील, जिटियल, मोविकन, आदि कम्पनीहरुमा कामदारहरुको अवश्था ज्यादै दयनिय छ। वाहिर वाट हेर्दा प्राय सँपुर्ण प्राविधिक कर्मचारीहरु (ईन्जिनियर)को सेवा सुविधा राम्रो होला भन्ने सवैलाई लाग्दछ तर यी कम्पनीहरुमा कर्मचारीहरु ज्यादै नै पेशागत असुरक्षामा रहेका छन्। कम्पनीहरुले नेपालको सामान्य श्रम ऐन पनि लागु गरेका छैनन्। सवै कर्मचारी विना नियुक्ति पत्र काम गरीरहेका छन् भने सरकारले तोकेको भन्दा झण्डै आधा पारिश्रमीकमा काम गर्न वाध्य छन्। पारीश्रमीक वृद्दि, ओभरटाईम, फिल्ड भत्ता जस्ता कर्मचारी अधिकार तथा श्रम ऐनका कुरा गर्यो भने सोझै खाइपाई आएको त्यही नोकरीवाट पनि हात धुनु पर्ला भन्ने डरले गर्दा नेपालका आइटी तथा टेलिकम क्षेत्रमा काम गर्ने मजदुरहरु (प्राविधिक तथा अप्राविधिक) भित्र भित्र शोषीत र पीडीत भइरहेका छन्। ढिलो चाँडो सवै कम्पनीका प्राविधिक तथा अप्राविधिक मजदुरहरु कुनै न कुनै राजनैतिक पार्टीहरु सँग सम्वन्धीत ट्रड युनियन समक्ष अवस्य पुग्ने छन्। ट्रेड युनियनहरुलाई आफ्नो मुद्दा तथा सँगठन स्थापीत गर्ने स्वार्थ हुन्छ भने कर्मचारीहरुलाई आफ्नो हक र अधिकार शुनिस्चित गर्नु पर्ने हुन्छ। सामान्य अनुरोध र मागलाई व्यवस्थापनले वेवास्था गर्ने प्रचलनले नै ट्रेड युनियनको शरणमा पुगी तोडफोडमा उत्रीन पुग्दछन्।
बहुराष्ट्रिय कम्पनी र नेपाली मजदुर
सानो देश र अविकसीत देश भनेर हेपीएका हामी प्राय: नेपालीहरु गोरो छाला भएका भनेका सवै वुद्दिका खानी हुन्छन् भन्ने सोचाईमा हुन्छौ। त्यसैले हत्त पत्त अन्तराष्ट्रिय व्यक्ति, कम्पनीहरु विरुद्द वोल्ने आँट गर्न सक्दैनौ। विदेशीले भनेका सवै ठिक हुन्छ भन्ने भ्रममा हुन्छौ। नेपालमा लगानी गरीरहेका वहुराष्ट्रिय कम्पनीहरुले नेपालीहरुको त्यस्तो वुझाई वाट गलत फाइदा लिइरहेका हुन्छन्। नेपालमा लगानी गरेर सँपुर्ण मुनाफा विदेश नै लैजाने हो भने त्यसको कुनै अर्थ रहदैन। राज्यले वहुराष्ट्रिय कम्पनीहरु आफ्नो देश वाट कमाएको अधिकतम मुनाफा पनि आफ्नै देशमा लगानी गर्ने निति नियम तर्जुमा गरेर राज्यको पैशा विदेशीन वाट जोगाउनु पर्दछ। एनसेल र हेलो नेपाल दुवै एउटै वहुराष्ट्रिय कम्पनी टेलियासोनेराद्दारा सँचालित कम्पनी हो। तर यी दुई कम्पनीहरु वाट नेपालले शुद्द टेलिफोन सुविधा वाहेक अरु केही पाएको छैन। टेलिफोन सेवाको साथ साथै रोजगारीको पनि ग्यारेण्टी गराउन राज्य पक्षको अधिकतम पहल हुनु पर्दछ। नेपालमा जति पनि निजि क्षेत्रका टेलिफोन प्रदायकहरु छन् त्यहाँ अधिकाम्स कर्मचारी वेदेशीहरु नै छन्। एका तिर सक्षम जनशक्ति दिन प्रतिदिन विदेश पलायन भईरहेका छन् भने अर्को तर्फ विदेशी जनशक्ती नेपालमा काम गरीरहेका छन्। अहिले नेपालमा करीव ३५०० को हाराहारीमा टेलिकम ईन्जिनियरहरु छन् तर विडम्वना के छ भने करीव २५०० को हाराहारीमा वेरोजगार पनि छन्। विदेशी जनशक्तिको ठाउँमा नेपालीलाई मौका दिने हो भने ७०% भन्दा वढि प्राविधिकहरुले नेपालमा नै रोजगार पाउछन्। नेपालका अहिलेका टेलिकम सेवा प्रदायकहरु नेपाल टेलिकम, एनसेल, हेलोनेपाल, स्मार्ट टेलिकम, सिजि टेल, युटियल हुन्। नेपाल टेलिकम वाहेक वाँकी सँपुर्ण कम्पनीहरुमा धेरै जसो कर्मचारी विदेशी छन्। यो मात्र होईन माथिका टेलिकम सेवा प्रदायकहरुलाई टेलिकम इक्वीप्मेन्ट सप्लाई गर्ने मुख्य दुई कम्पनी हुवावे र जेड्टिईमा अधिकाम्स प्राविधिक/अप्राविधिक चाईनीज र भारतीय नागरीकहरु छन्। यी दुई कम्पनी पछि टेलिकम क्षेत्रमा काम गर्ने थुप्रै ठेकेदार कम्पनीहरु छन्। जिटियल, जामील, भियस्भी, एस्टर, मोविकन, मोविरेक्स, आरआर यी सवै ठेकेदार कम्पनीहरु हुन् जुन सवै विदेशी प्राय: सवै भारतीय कम्पनीहरु हुन्। यि कम्पनीहरुले सेवा प्रदायकका टावर निर्माण तथा ईक्वीपमेन्ट जडान र मर्मतको काम गर्छन्। यि सवै कम्पनीहरुमा प्राय: सवै प्राविधिक कर्मचारीहरु विदेशीनै छन्। नेपालीहरु तल्लो तहमा मात्र छन्। जति पनि नेपाली प्राविधिकहरुले काम गर्ने मौका पाएका छन् ती सवैको सुविधा र पारीश्रमीक ज्यादै न्युन छ। जव वेरोजगारी बढ्न थाल्छ अनि रोजगार पाएकाहरु पनि शोषणमा पर्न थाल्छन् त्यस पछि राजनैतिक दल र नेताहरु खेल्ने मौका पाउछन्। उनीहरुको स्थितिलाई आफ्नो मुद्दा वनाउन सवै तछाँड र मछाड गर्दछन्। त्यसको प्रत्यक्ष असर तिनै कम्पनीहरुमा पर्न जान्छ।
- माई संसारबाट साभार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis