एमालेको भातृ संगठन युवा संघ नेपालको महाधिवेशनमा सहभागी हुन बुटवलमा आएका युवाहरूलाई देखेर बुटवल केही दिन आतंकित बन्न पुग्यो। जगल्टे र कुन्डलेमुन्डले बजार भरिएको देखेर अविभावकले छोरी-बुहारीलाई घरबाहिर निस्कन दिएनन्। राजनीतिक पार्टीको भातृ संगठनको महाधिवेशनमा सहभागी हुन आएका धेरै सहभागी देख्दै डरलाग्दा
थिए। अधिकांश प्रतिनिधि जिल्लामा टेन्डर हाल्ने समयमा टेन्डर प्रभावित गर्ने 'तिघ्रे भत्ता' खाने नव डनहरू थिए। कतिपय प्रहरीको वान्टेड सूचिमा रहेका केटासमेत थिए। चुनाव प्रभावित गर्न महेश बस्नेतले देशभरका तिघे्रलाई बुटवल उतारेका थिए।
साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेर राजनीतिक आवरण भिरेका डन महेश बस्नेत पुनः अध्यक्षमा निर्वाचित भएका छन्। कुनै बेला भक्तपुरको गुन्डु गाविसको अध्यक्ष निर्वाचित भएका बस्नेत खड्ग ओलीको बैसाखी टेकेर एमालेको युवा संगठन कब्जा गर्ने स्थितिमा पुगेका हुन्। माओवादीको भातृ संगठन वाईसीएललाई काउन्टर दिनेगरी युथफोर्स गठन गरेर चर्चामा आएका बस्नेतले आगामी निर्वाचनमा माओवादीसँग जाइलाग्ने नारा दिएर चुनाव जितेका हुन्। वाईसीएललाई बिर्साउने युथफोर्सको धम्कीमार्फत बस्नेत समूहले टन्नै कमाएको चर्चा बल्खु दरबारतिर चल्न थालेको छ।

गुन तिर्दै जोशी
सरकारी पदधारीबाट हुने अनियमितता रोक्ने, अनुसन्धान गर्ने र भ्रष्टाचारमा संग्लनलाई कारबाही गर्ने जिम्मेवारी पाएको महत्वपूर्ण संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग केही वर्Èदेखि पदाधिकारीविहीन भएपछि सचिवको भरमा काम चल्दै आएको छ। पछिल्लो समय प्रधानमन्त्री बाबुराम भट्टराईलाई सहयोग गर्ने बाचा गरेर सरकारका सचिव डा. गणेशराज जोशी अख्तियार हाँकिरहेका छन्। बाबुराम नेतृत्वको सरकारले भ्रष्टाचारमा कीर्तिमान राखेपछि त्यसविरुद्ध अख्तियारमा पर्ने मुद्दा रोक्न जोशीलाई प्रधानमन्त्रीकै दबाबमा त्यहा" पठाइएको हो। जोशी प्रधानमन्त्री भट्टराईका अध्ययनताकाका साथी पनि हुन्। उनी अहिले अख्तियारमा माओवादी, सरकार र मधेसवादीले सरकारी रकम दुरुपयोग गरेका मुद्दा सामसुम पार्दै छन्। नक्कली लडाकूका नाउ"मा राज्यढुकुटीबाट माओवादीले गरेको चार अर्ब रुपैयाँ भ्रष्टाचार, युवा स्वरोजगार कोÈको रकम दुरुपयोग, स्थानीय विकास मन्त्रालयबाट मन्त्रीको ठाडो आदेशमा बाँडिएको २० करोड रुपैयाँभन्दा बढी रकमलगायत प्रधानमन्त्री आफैंले सम्हालेका अति भ्रष्टाचार हुने भनिएका १० वटा मन्त्रालयमा भएका अर्बौं रुपैयाँको भ्रष्टाचारसम्बन्धी सयभन्दा बढी मुद्दा अख्तियारमा दायर भएका छन्। तर, सचिव जोशीले 'यस्तो परिस्थितिमा आ"खाको तारो बन्नु हु"दैन, सहयोग गरिदिनुस्' भन्दै त्यहाँका अनुसन्धान अधिकृतहरूलाई पनि अनुसन्धान गर्न रोकिराखेका छन्। अख्तियारकै सहसचिव र उच्च अधिकारीहरू अहिले गफिँदा अख्तियार माओवादीको गुन तिर्ने आयोग बनेको त होइन भन्न थालेका छन्।
मुख्य सचिवको नाममा आतंक
२०४६ सालमा प्रजातन्त्र आएपछि कांग्रेसका केही कार्यकर्ता गिरिजाप्रसाद कोइरालाका नाममा व्यापारीहरूसँग चन्दा उठाउँथे। यस्तो धन्दा गर्ने एउटा गुट नै थियो। गुटको नाइके 'प्रजातन्त्रका लागि' भन्दै 'गिरिजाबाउले पठाएको' भनेर चन्दा उठाउँथ्यो। एकजना व्यापारीले गिरिजाप्रसादलाई गुनासो गरेपछि त्यो गुट निष्त्रि्कय भएको थियो।
त्यो गुटको जस्तै नियतले एकथरी भिजिलान्ते अहिले सक्रिय छन्। उनीहरू मुख्य सचिव लीलामणि पौडेलको नाममा चन्दा आतंक सिर्जना गरिरहेका छन्। आदर्शवादी कुराले सबैलाई मख्ख पार्न सक्ने मुख्य सचिव लीलामणी पौडेलसँग अनुमति लिएर हो वा उनको नाम भजाएर, एकथरी भिजलान्तेले संस्थानका हाकिमहरूलाई सास्ती दिन थालेका छन्। पौडेललाई मुख्य सचिव बनाउन आफूहरूको भूमिका रहेको दाबी गर्दै केही भिजिलान्ते संस्थानका जीएमहरूकहाँ जायज/नाजायज माग लिएर पुग्ने गरेका छन्। संस्थानका जीएम र मन्त्रालयका सचिवहरू प्रधानमन्त्री डा. बाबुराम भट्टराईजस्तै कुरा आदर्शवादी गर्ने तर प्रथम महिला हिसिला यमीले पुलिसको जवानदेखि संस्थानका जीएमसँग घुस, कमिसन खाएको हेरेर रमाउने शैलीबाट मुख्य सचिव प्रभावित भएको गुनासो गर्न थालेका छन्। मुख्य सचिव पनि एउटा च्यानलबाट सदाचार र आदर्शका कुरा गर्ने र अर्को च्यानलबाट कुत असुल्न लागिपरेका हुन् कि भन्ने गाइँगुइँ चल्न थालेको छ।

फन्दामा चौथो लिंगी
तेस्रो लिंगीको नाममा नेपालमा 'डलरको फार्मिङ' सुरु गरेका सुनीलबाबु पन्त प्राशानको फन्दामा परेर सभासद् हुँदाको तलबभत्ता फिर्ता गर्न बाध्य भएका छन्। सभासद्को नाममा राज्यकोषको सुविधा पनि लिने र गैरसरकारी संस्थाको कार्यकारी निर्देशक पद पड्काएर थैली भर्ने पन्तको कर्तुत पर्दाफास भएपछि उनी राज्यकोषको रकम फिर्ता गर्न बाध्य भएका हुन्। आफ्नो नाममा आएको पैसामाथि सुनिलबाबुले बदमासी गरेको थाहा पाएपछि तेस्रो लिंगीहरू आन्दोलित भएका थिए। सुनीलबाबुले गरेको अनियमितताबारे समाचार सम्प्रेषण गरेबापत उनले एक हुल भाडाका उभयलिंगीलाई टेलिभिजन घेर्न समेत पठाएका थिए।
तेस्रो लिंगीलाइ भजाएर व्यापार-व्यवसाय चलाए पनि वास्तममा सुनीलबाबु तेस्रो लिंगी होइनन्। उनीसँग संगत गरेकी एक अविवाहित महिलाले सुनीलबाबु पुरुष नै भएको दाबी गरेकी छिन्। पुरुषमा हुने सबै गुण सुनिलबाबुमा रहेको दाबीसहित अन्य पुरुषभन्दा सुनील फरक नभएको उनको दाबी थियो। तेस्रो लिंगी समुदायका कतिपय सदस्यले सुनीलबाबुलाई चौथो लिंगी भनेर व्यंग्य गर्छन्।
बार एसोसिएसनको 'बार'
देशमा नयाँ कुरा हुन लाग्यो वा दलहरूबीच राजनीतिक सहमति जुट्न थाल्यो कि केही 'कालोकोटे'को नीद हराम हुन्छ। सरकारले केही नयाँ निर्णय गर्न लाग्यो भने कालोकोटेबीच पाँच सय रुपैयाँ तिरेर मुद्दा दर्ता गर्न प्रतिस्पर्धा चलिहाल्छ। मिडियामार्फत चर्चामा आउन पनि आजकल जेसुकै विषयमा रिट दायर गर्ने चलन छ। लामो समयको अन्योलपछि दलहरूबीच प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरेर निर्वाचनमा जाने सहमति भइसकेको थियो। कालोकोटे छटपटाए। बन्दै गरेको राजनीतिक सहमति भाँड्न कालोकोटेको छाता संगठन नेपाल बार एसोसिएसन हात धोएर लागेको छ। माओवादीको निर्णायक भोटबाट विजयी भएका एमाले कोटाका कोलोकोटेहरू आफूलाई क्रान्तिकारी देखाउन मरिहत्ते गरिरहेका छन्। बन्दै गरेको सहमतिमा बार लगाएर बार एसोसिएसनले देशमा राजनीतिक गतिरोध लम्ब्याउन चाहेको भन्दै एसोसिएसनभित्रै विवाद सुरु भएको छ।
MONDAY, 04 MARCH 2013 16:26 नागरिक