CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » भोलि नयाँ प्रधानमन्त्री निश्चित

भोलि नयाँ प्रधानमन्त्री निश्चित

मिथिलेश यादव, सिरहा, फागुन २९- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले भोलिसम्म मुलुकले नयाँ प्रधानमन्त्री पाउने बताएका छन्। बिना चुनाव दिशाहीन बन्दै गएको मुलुकलाई दिशा दिन भोलिसम्ममा निर्वाचन गराउने
हैसियत बोकेका प्रधानमन्त्री बन्ने निश्चित भएको उनले बताए। 



पार्टी कार्यक्रममा सहभागी हुन सिरहा सदरमुकाम आइपुगेका राणा सञ्चारकर्मीसित भने, ‘प्रधानमन्त्रीमै सहमति चुटाउन धेरै समय ब्यर्थ गयो, अब जेठमा चुनाव असम्भव छ।' मुलुकले भोलि प्रधानमन्त्री पाए पनि जेठमा चुनाव हुन सक्दैन,' उनले भने, ‘कम्तीमा पनि चुनावी तयारीका लागि तीन महिना समय चाहिन्छ।'

प्रधानन्यायाधीश खिलराज रेग्मीविरुद्ध सर्वोच्चमा परेको रिट फैसला नहुञ्जेल प्रधानमन्त्रीको शपथ लिनु न्यायोचित नहुने राणाको भनाई थियो। 'प्रधानमन्त्री निश्चित भए पनि मुद्दा फैसला नहुञ्जुल शपथ नलिए राम्रो,' उनले भने, 'चार दलले हतार गरेकाले भोलि नै पनि शपथ हुन सक्छ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis