CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » काम गर्न छिर्दै, चोर्दै !

काम गर्न छिर्दै, चोर्दै !

bimla tamang
काठमाडौ, फाल्गुन २९ - होस गर्नुस् है ! कतै घरमा भाँडा माझ्न वा लुगा धुन सामान्य बनेर आउने व्यक्तिले सम्पत्ति उडाइदेलान् । त्यस्तै अभियोगमा सिन्धुपाल्चोककी ५४ वर्षीया विमला तामाङ राजधानीमा पक्राउ परेकी छन् ।  महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार उनको योजनामा बौद्धका तीन स्थानमा चोरी भएका छन् । उनले घरेलु कामदारका रूपमा घरका बनावट, भर्‍याङ, गेट, दराज र
त्यसको साँचो राख्ने स्थानसमेत पत्ता लाएर अरूलाई परिचालन गर्थिन् ।
चारवटा घरमा चोरी गरिसकेपछि प्रहरीले तामाङसहित तीनजनालाई पक्राउ गरेको हो । संलग्न अन्य पाँचजना फरार छन् । पक्राउ पर्ने अन्यमा उदयपुर कटारीका सुजित भन्ने सन्तोष पहाडी र भक्तपुर लोकन्थलीका किरण रुचाल छन् ।
प्रहरीका अनुसार तामाङ बौद्ध कुमारीगालमा भट्टी पसल गर्थिन् । फरार रहेका रौतहट घर भई सातदोबाटो बस्ने कुमार राईमार्फत चोरी गराउँथिन् ।
'विमलाले रेकी गरेर आउने र कुमारमार्फत युवाहरू प्रयोग गरेर चोर्ने गरेको पाइयो,' वृत्तका डीएसपी मनोज केसीले भने, 'चोरीका गरगहना र रकम दामासाही बाँड्ने गर्दा रहेछन् ।'
नयाँबस्ती प्लानिङकी उमादेवी खत्रीको घरमा रातको समयमा चारपल्ट चोरीको प्रयास भयो । प्रयास गराउने उनै तामाङ थिइन् । उनी खत्रीको घरमा दुई वर्ष घरेलु कामदारका रूपमा बसेकी थिइन् ।
फागुन ८, ९ र १५ गते खत्रीको घरमा डकैती प्रयास भएको थियो । खुकुरी, फलामे रड र दाउसहित आएको समूह कैंची गेटको ताला काटेर भित्र पस्ने प्रयास गर्‍यो । अर्को दिन भर्‍याङको चेपबाट भित्र पस्ने प्रयास गर्‍यो । चनाखो भएका भाडामा बस्ने र घरधनी खत्रीले प्रहरीलाई तुरुन्तै खबर गर्दा चोरी हुनबाट जोगियो ।
प्रहरीको तथ्यांकअनुसार उनीहरूको समूहले माघ २ गते कुमारीगालस्थित सावित्री अधिकारीको घरबाट २ लाख बराबर गरगहना चोरेको छ । फागुन १७ गते खत्रीकै छिमेकी सौजन थापालाई बन्धक बनाएर समूहले डकैती गरेको थियो । दिउँसो पुगेको समूहले ढोका खोलेर भित्र पसेपछि थापालाई डोरीले बाँधेर एक लाख रुपैयाँ बराबर डकैती गरेको थियो ।
पक्राउ परेकाले विमलाको योजनामा चोरी गरेको बताएपछि प्रहरीले उनलाई  भट्टी पसलबाटै पक्राउ गरेको थियो । 'सुरुमा उनलाई ल्याउँदा त पत्याउनै गाह्रो भयो,' डीएसपी केसीले भने, 'तर उनले आफूले खत्रीको बाहेक अन्यको घरमा चोरी गर्न पठाएको स्वीकार गरिन् ।'
फरार अन्य तीनजनाले चोरीका गरगहना भक्तपुरको च्यामासिंहमा लगेर बिक्री गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।
-कान्तिपुर 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis