एक अध्ययनबाट महिलाहरू १८ देखि २० वर्षको उमेरमा भन्दा थर्टी प्लस उमेरमा बढी सुन्दर देखिने कुरा प्रमाणित भएको छ । यो उमेरमा महिलाको अनुहारमा एक प्रकारको सम्मोहक आकर्षण देखा पर्छ जुन १६ देखि १८ वर्षका युवतीमा देखिँदैन । डेली टेलिग्राफका अनुसार यो उमेरका
महिलामा त्यस्तो प्रकारको आत्मविश्वास जागृत हुन्छ जसले उनीहरूको सुन्दरतालाईर् यौवनाहरूको तुलनामा कैयौं गुणा बढाउँछ । थर्टी प्लस उमेरमा महिलाहरू सुन्दरताको चरम सीमामा हुन्छन् ।
यही शोधको अर्को चरणमा महिला सुन्दरताका विशेष जानकार मानिने केही पुरुष विशेषज्ञलाईर् १६ देखि ३५ वर्ष उमेर समूहका सुन्दर महिलाहरूको तस्बिर छनोट गर्न भनिएको थियो । यस क्रममा ती विशेषज्ञले थर्टी प्लस उमेरका महिलाहरूलाईर् युवतीका तुलनामा बढी सुन्दर भएको बताएका थिए । सुन्दरतालाईर् आँकलन गर्ने क्रममा महिला सौन्दर्य विशेषज्ञहरूले ७० प्रतिशत महिलालाईर् सुन्दर एवं कान्तिमय अनुहार तथा आत्मविश्वासका कारण सुन्दर भएको बताएका थिए भने ६७ प्रतिशत महिलाको आकर्षक लुक र ४७ प्रतिशत महिलालाईर् तिनको स्टाइलका कारण सुन्दर भएको बताएका थिए । यो शोधमा सुन्दरताको कसीमा खरो उत्रने सम्पूर्ण महिला थर्टी प्लस उमेरकै थिए । यसबाट महिलाहरू थर्टी प्लस उमेरमा सबैभन्दा सुन्दर देखिने प्रमाणित हुन्छ ।
भारतको दिल्लीमा गरिएको एक सर्वेक्षणअनुसार ९० प्रतिशत महिला सुन्दर देखिन कान्तिमय छाला र आकर्षक शरीरलाईर् सबैभन्दा आवश्यक मान्छन् । थर्टी प्लस उमेरका यी महिलाहरूको धारणाअनुरूप अनुहार र शरीरमा यदि स्वस्थ चमक भए त्यो आकर्षण नै एउटा ठूलो कारण हुन्छ । यसबाट आत्मविश्वास बढ्नुका साथै ऊर्जा पनि प्राप्त हुन्छ । काया लिमिटेडद्वारा गरिएको एक सर्वेक्षणमा ८ सय जना महिलालाईर् समावेश गरिएको थियो जो १८ देखि ५० वर्षका थिए । तीमध्ये जो सबैभन्दा सुन्दर देखिए तिनीहरू अधिकांश थर्टी प्लस उमेरका थिए ।
सुन्दरताको रहस्य
८० प्रतिशत महिलाले आफ्नो सुन्दरताको रहस्यमा आफ्नो कान्तिमय छालाको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । सुन्दर देखिन वा त्यसमा कायम रहन उनीहरू स्किन केयरको हरसम्भव उपाय अपनाउँथे । ५२ प्रतिशत महिलाका अनुसार उनीहरू सुन्दरताको शत्रु मानिने बानी-व्यवहारबाट टाढा रहन्थे । ५५ प्रतिशत महिलाका अनुसार दैनिक कामकाजमा सक्रिय रहनुबाहेक उनीहरू स्वस्थकर खानाका साथै आफ्नो सुन्दरताका लागि केही प्राकृृतिक उपाय समेत अपनाउँथे । अब कुरा थर्टी प्लस उमेरका हलिउड अभिनेतृको जसले आफ्नो सुन्दरताका कारण हजारौं युवाको ध्यान आफूतिर आकृष्ट गरेका छन् ।
सलमा हायक आफ्नो सुन्दरताको वर्णन गर्दै भन्छिन्-म दिनहुँ फलफूल खान्छु अनि ताजा फलको जुस पनि पिउँछु । सायद त्यसैले मेरो अनुहारमा बालबालिकाको जस्तो कोमलता र शरीरमा यौवन कायम छ । यु एस पत्रिकामा प्रकाशित अन्तर्वार्तामा उनले भनेकी थिइन्-'म पछिल्ला केही वर्षयता जुस पिइरहेकी छु । त्यसैले सुरुमा मेरो तौल घट्यो तर पछि एकस्थितिमा स्थिर हुन पुग्यो । कान्तिमय छाला यसैको उपज हो र अहिले यो मेरो व्यक्तित्वको स्थायी हिस्सा बनिसकेको छ ।
सन्तुलित डाइट र खुसी
हलिउड अभिनेतृ केमरुन डियाज आफ्नो सदाबहार रूप एवं सौन्दर्यको रहस्य बताउँदै भन्छिन्-'म आफ्नो शरीरलाईर् आकर्षक बनाउन विभिन्न सामग्री प्रयोग गर्छु जसले मेरो रूप एवं सौन्दर्यलाईर् कायम राख्छन् । एक फेसन पत्रिकामा उनले भनेकी थिइन्, म नियमित रूपमा व्यायाम गर्छु, सन्तुलित भोजनका साथै धेरै पानी पिउँछु । त्यसैले ३७ वर्षको उमेरमा पनि म २२ वषर्ीया युवतीभन्दा बढी आकर्षक देखिन्छु ।
चम्किलो व्यक्तित्वसहित वर्षौंसम्म युवा रहन जंक फुड, मद्यपान र धूम्रपानबाट जोगिनुपर्छ । चुरोटको धूवाँले रक्तसंचारमा नकारात्मक असर पार्छ । त्यसैले शरीर र अनुहारको चमक कायम राख्न मद्यपान र धूम्रपानबाट जोगिनुपर्छ ।
एजिङ एउटा प्राकृतिक नियति हो तर स्वस्थकर खाना, जसमा एन्टिओक्सिडेन्ट हुन्छ, त्यसको सेवनले उमेरको प्रभावलाईर् कम गर्न सकिन्छ । आफ्नो प्रयासबाट पनि थर्टी प्लसमा स्वीट सिक्स्िटन आकर्षण कायम राख्न सम्भव हुन्छ ।
-रोजिन शाक्य , नारी