CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पारसले आफै पानी खाए, आखिर के भएको रैछ उनलाई?

पारसले आफै पानी खाए, आखिर के भएको रैछ उनलाई?

पारसको होस आए पनि परिवारले अझै भेट्न पाएनन्
पूर्व युवराज पारस शाहको उपचार भइरहेको अस्पतालले आज वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा सुधार हुँदै गएको बताएको छ। ११ दिनपछि होस आएका उनलाई अहिले मेसिनको सहायताबाट सास लिन नपर्ने भएको छ। अर्थात् उनी भेन्टिलेटरको सहायता बिनै सास फेर्न सक्ने भएका छन्। उनी अहिले कुराकानी गर्न सक्ने अवस्थामा भएको र आज बिहान त
आफैले पानी समेत खाएको अस्पतालको वक्तव्यमा उल्लेख छ। 
पारसको स्वास्थ्यको बारेमा विभिन्न हल्लाहरु चलेपछि अस्पतालले आज निकालेको वक्तव्यमा उनको स्वास्थ्य अवस्थाबारे जानकारी पनि दिइएको छ।
वक्तव्य अनुसार उनलाई हर्ट अट्याक भएको रहेछ। फेब्रुअरी १९ मा उनलाई अस्पताल ल्याइएपछि तत्काल CPR दिइएको रहेछ। CPR अर्थात् Cardiopulmonary resuscitation। चित्रमा हेर्नुस्।
त्यस्तै उनलाई कयौँ पटक DC Shocks दिइएको रहेछ। फिल्महरुमा देख्नुभा होला नि, बिरामीलाई छातीमा करेन्ट लगाएर होसमा फर्काउने प्रयास गरेका दृश्य। यस्तो-
९० मिनेट लागेछ resuscitation अर्थात् होसमा आउन। त्यसपछि कोरोनरी एन्जियोग्राम गरिएछ। अर्थात् मुटुका धमनीहरुको विस्तृत विवरण थाहा पाउन गरिने विशेष खालको एक्सरे जस्तो विधि। बायाँ पट्टीको धमनीमा अवरोध पुगेको रहेछ। थप जानकारी वक्तव्यमा हेर्नुस्-
२ मार्चमा उनी होसमा आएका रहेछन् (वक्तव्यमा गल्तीले फेब्रुअरी पो लेखेछन्) ३ मार्चमा उनलाई भेन्टिलेटरबाट हटाइएछ।
विवरण हेर्दा उनी मृत्युको मुखसम्म पुगेर फर्किएको देखिन्छ।

By Salokya, on mysansar on March 4th, 2013
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis