CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » माईक्रो बसमा यस्तरी जुत्ता कुल्चियो कि ::

माईक्रो बसमा यस्तरी जुत्ता कुल्चियो कि ::


सार्वजनिक गाडीमा हिँड्नु आर्थिक हैसियतको कुरा मात्र होइन, रहर पनि हुन्छ धेरैको। म त्यस्तै एउटा हुँ। प्रसंगचाहिँ सार्वजनिक गाडीको नभई बेलायतबाट एक आफन्तले ल्याइदिएको डक्टर मार्टिन ब्रान्ड जुत्ताको हो। जुत्ता पाएपछि मलाई दिनभर डुलिरहने काम मात्र होस् भन्ने लाग्यो। कारण, त्यो आरामदायी बुटमा हिँड्नुको सान नै बेग्लै थियो। तर, त्यसले मलाई पीडाबोध पनि गरायो। केही
महिनाअघिसम्म म कीर्तिपुरमा बस्थेँ। साँझपख जब कलेज/अफिस सकेर घर जानुपथ्र्यो, मानिसको चापले माइक्रोबसमा झुन्डिन पाउनु नै ठूलो भाग्यजस्तो हुन्थ्यो। त्यसरी त पहिले पनि झुन्डिरहेकै हो। तर, डक्टर मार्टिनसँग झुन्डिँदा भने ब्रान्डकै खिल्ली उडाएजस्तो भयो। 

कामका सिलसिलामा हालैको एक बिहान चाबहिल पुगेर नयाँबानेश्वर र्फकंदै थिएँ। बसमा यस्तो भीड थियो कि चाहेर पनि बाहिर निस्कन नसक्ने भएँ। एउटा जुत्ता माइक्रोबसमा र एउटा हावामा झुन्डिनुसम्म त ठीकै थियो। त्यस दिन मानिसहरूले यति नमज्जाले मेरो डक्टर मार्टिन कुल्चिँदै ओहोरदोहोर गरे कि म रुन मात्र सकिनँ। लाग्यो, देशै अस्तव्यस्त भएपछि आफूसँग राम्रो चीज हुनुको पनि अर्थ रहेनछ।
- प्रदीप बस्याल नेपाल 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis