CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अस्पतालका कर्मचारी हतियारसहित

अस्पतालका कर्मचारी हतियारसहित


रौतहट जिल्ला अस्पतालका एक कर्मचारी हतियार सहित वीरगञ्जमा पक्राउ परेका छन । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल नजिकै १९ फागुन राति प्रहरीले चेकजाँचका क्रममा गौर अस्पतालका खरदार रामरमन सहनीलाइ हतियार सहित
पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट पाँच राउण्ड गोली समेत बरामद गरेको छ ।
वीरगन्जबाट रौतहट फर्किने क्रममा सहनीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । सहनीसँग हतियार फेला परेपछि प्रहरीले उनको गौर नगरपालिका–७ टिकुलीयास्थित सहनीको घरमा खानतलाशी गर्दा एक थान नलकटुवा पेस्तोल पनि बरामद भएको पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए ।
सहनीलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । प्रहरीका अनुसार तीन वर्षअघि अस्पतला विकास समितीका तत्कालिन कार्यालय प्रमुखको घरमा भएको बम विष्फोटको घटनामा समेत सहनीको संलग्नता थियो ।


Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis