एजेन्सी, फाल्गुन १९ । दक्षिण कोरियाली ¥यापर पार्क जे सुङ (साई) गीत ‘गंगनम स्टाइल’का कारण विश्वभरीमा चर्चित हुन पुगे । उनै गायक सार्ई दक्षिण कोरियाका
सबैभन्दा प्रभावशाली सेलिब्रेटी बनेको जनाइएको छ ।३५ वर्षीय साईलाई फोब्र्स पत्रिका कोरियाले सन् २०१३ को सबैभन्दा प्रभावशाली व्यक्तिको सुचीको पहिलो स्थानमा राखेको जनाइएको छ । उक्त पत्रिकाले दक्षिण कोरियाका ४० प्रभावशाली व्यक्तिको सुचीमा गायक साईलाई पहिलो स्थानमा राखेको जनाइएको हो ।
साईले हालैमा दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति पार्क जेउन–हीको सपथ ग्रहण समारोहमा आफ्नो प्रस्तुति दिएका थिए ।
त्यस्तै दक्षिण कोरियाका प्रभावशालीको सुचीको दोस्रो नम्बरमा पप समूह गल्र्स जेनेरेशन रहेको डेली स्टार अनलाईनले जनाएको बताइएको छ ।