CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » छोरालाई मृगौला दिन गाइ की त्रिशुल ? (फोटो फिचरसहित)

छोरालाई मृगौला दिन गाइ की त्रिशुल ? (फोटो फिचरसहित)


सन्तान भन्ने कुरा प्राण भन्दा पनि प्यारो हुन्छ । यो कुरा कतिपय निर्दयी मान्छेका लागि लागु नहुन सक्छ । तर आम मानिसमा यो लागु हुन्छ । यो कुरा बेलायतका एक दम्पती आमाबुवाले प्रमाणित गरेका छन् ।
छोराको उपचारमा मृगौला दान गर्न दुबै जना कस्सिएपछि आखिर गोला प्रथा गरेर कसले मृगौला दिने भन्ने कुराको
छिनोफानो गर्नुपर्‍यो ।
बेलायतको बर्मिंघमका बासिन्दा मुन्तजार युनिस र उनकी श्रीमती किरण युनिस दुबैजनालेे छोरा एडम युनिसका लागि मृगौला दान आफैले गर्ने अड्डी लिएपछि आखिर गाइ की त्रिशुल गरेर बाउ आमा मध्ये कसले मृगौला दान गर्ने भन्ने कुराको टुंगो लगाइयो ।
गाइ की त्रिशुल गर्दा गाइ रोजेका मुन्तजारले नै बाजी जिते र छोराका लागि मृगौला दान गर्न पाए । छोरालाई मृगौला दिन नपाएर आमा किरण थकथकाइन् । निकै जटिल रोग लागेर मृगौलाले काम गर्न छाडेका एडम आखिर बुवाको मृगौला पाएर बाँचे ।
क्विन एलिजावेथ अस्पतालमा मुन्तजारको मृगौला सफलतापूर्वक एडममा प्रत्यारोपण गरियो । छोरालाई मृगौला दिएका मुन्तजार अहिले केवल २८ वर्षका छन् । उनले अझै धेरै जिवन जिउनु छ । तर उनले आफ्नो दीर्घायू भन्दा छोराको जिवन ठूलो माने । त्यसैले छोरालाई मृगौला दिए । धन्य यी इश्वर जस्ता बाउ आमालाई!
- अनलाईन खबर 


Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis