काठमाडौ,
प्रधानमन्त्री पत्नी हिसिला यमीले बालाजु बाइसधारा उद्यानबीचको बाटो खोल्न सरकारका मुख्यसचिव लीलामणि पौडेललाई निर्देशन दिएको स्वीकारेकी छन् ।
बालाजु उद्यान मासेको सञ्चार माध्यममा आएपछि सोमबार पत्रकार सम्मेलन गर्दै उनले भनिन्, 'छलफल गरेर निर्देशन दिएका हौं, जितपुरफेदी, रसुवा, नुवाकोट,
बाइपासलगायत जनताको मागअनुसार बाटो खोलेका हौं, एम्बुलेन्स जनमैत्री हस्पिटलसम्म पुग्न पनि घन्टौं लाग्थ्यो, मानिसको अकालमा मृत्यु हुन्थ्यो ।'
केही दिनअघि महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले हिसिलाको निर्देशनमा आफंै उपस्थित भएर बाटो खोलेका थिए ।
यसरी आफ्नो भोट बैंक गुम्ने डरले प्रधानमन्त्री पत्नी यमीले महानगरको भोगाधिकारमा रहेको उद्यान क्षेत्रको जग्गाबाट बाटो खोल्न कार्यकारी अधिकृत अधिकारीलाई निर्देशन दिएकी थिइन् । कार्यकारी अधिकृत अधिकारीले दुई हप्ताअघि आफैं उपस्थित भएर बाटो खोलेका हुन् । मुख्यसचिव पौडेल, कार्यकारी अधिकृत अधिकारी र प्रधानमन्त्री पत्नी हिसिलाको मिलोमतोमा उक्त निर्णय भएको थियो ।
२०६९ फाल्गुन २२ ०९:४४ कान्तिपुर