CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » गणेश लामा र दीपक मनाङेको डिस्कोमा छापा

गणेश लामा र दीपक मनाङेको डिस्कोमा छापा

काठमाडौं, चैत ४ (नागरिक)- तोकिएको समय नाघेर मध्यरातिसम्म खोलेको भन्दै प्रहरीले दरबारमार्गको प्लाटिनम र ठमेलको फायर क्लबमा छापा मारेर १ सय १३ जनालाई पक्राउ गरेको छ। गणेश लामा र दिपक मनाङेका ती क्लबमा प्रहरीले शुक्रबार मध्यराति छापा मारेको हो। 
बेलुका अबेरसम्म खोलेर होहल्ला गरेको स्थानीयबाट गुनासो आएपछि प्रहरीले एकै
समयमा दुवै क्लबमा छापा मारेको थियो। बेलुका १२ बजेसम्ममा रात्रिकालीन व्यवसाय बन्द गर्नुपर्ने स्थानीय प्रशासनको नियम भए पनि दुवै क्लबले पालना नगरेको सूचनाको आधारमा प्रहरी पुग्दा प्लाटिनममा २३ र फायर क्लबमा १ सय १३ जना भेटिएक थिए। 
दुबै क्लबमा प्रहरीको सम्बन्धित एकाइले छापा नमारी विशेष परिस्थितिमा मात्रै परिचालित हुने महानगरीय विशेष घटना सहायता कार्यदलका प्रहरी खटिएका थिए। दुबै क्लब महानगरीय प्रहरी परिसर काठमाडौंअर्न्तगतका सोह्रखुट्टे र दरबारमार्ग प्रभागअर्न्तगत पर्छन्। 
छापा मार्दा यी तीनवटै युनिटलाई जानकारी गराइएको थिएन। नियमित प्रहरी परिचालनमा प्रहरी संख्या अपुग भएको अवस्थामा मात्रै परिचालित हुने कार्यदलले छापा मार्दा भेटिएका सबैलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको थियो। 
स्थानीय प्रशासनले तोकेको समयमा अधिकांश रात्रिकालीन डिस्को, डान्सबार र पवहरू बन्द हुने भए पनि स्थानीय प्रहरीसँगको मिलेमतोमा केही क्लब र बारहरू बिहान तीन बजेसम्म खुल्ने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी आयुक्तको कार्यालयले काठमाडौं परिसरका अधिकारीलाई पटक-पटक सचेत गराए पनि सुधार नआएपछि प्रमुख आयुक्त नवराज ढकालको निर्देशनमा कार्यदलले छापा मारेको हो। 
आयुक्त स्रोतका अनुसार स्थानीयले आयुक्त कार्यालयको एक सयमा फोन गरेर गुनासो गरेपछि कार्यदलका प्रमुखलाई टोलीसहित छापामार्न निर्देशन दिइएको थियो। स्रोतका अनुसार यसअघि नै आयुक्त कार्यालयले परिसर प्रमुखलाई केही रात्रिकालीन व्यवसायीले समयसीमा पालना नगरेको र किशोर समूहका युवालाई विद्यालय पोसाकमै प्रवेश गराएर मदिरा दिने गरेको भन्दै नियन्त्रण गर्न निर्देशन दिएको थियो।
पटक-पटक निर्देशन दिँदासमेत कार्यान्वयन नभएपछि आयुक्त कार्यालयले शुक्रबार कार्यदललाई परिचालन गरेको हो। प्रमुख आयुक्त ढकालले स्थानीय प्रशासनले तोकेको समयसीमाभित्रै बन्द नगर्ने, विद्यालय पोसाकमै किशोर समूहलाई प्रवेश गराएर मदिरा दिने रेस्टुरेन्ट, बार र डान्स क्लबमा निगरानी बढाएको बताए। यस्ता गतिविधिमा संलग्न व्यवसायीको लाइसेन्ससमेत रद्द गर्न सकिने चेतावनी दिँदै विद्यार्थीलाई मदिरा लगायत नसालु पदार्थ दिने व्यवस्थापकमाथि कारबाही तयारी गरिएको उनले जानकारी दिए। 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis