जाजरकोटमा केही बर्ष अघि दुई सयभन्दा बढीको ज्यान जानेगरी फैलिएको हैजा र झाडापखालाको मुख्य कारण प्रदूषित खानेपानी थियो। पानीको मुहानमा फोहोर मिसिएकाले महामारी फैलिएको स्थलगत निरीक्षणमा गएका विशेषज्ञले बताएका थिए।
सिंगै गाउँलाई शोकमा डुबाएको जाजरकोट घटनाले सिंगै देशलाई झस्काएको थियो । किनकि, खानेपानीको गुणस्तर जाजरकोटमा मात्र होइन, देशको कुनै पनि ठाउँमा सन्तोषजनक छैन। राजधानीमा त झन् भयावह छ। सरकारी धाराबाट आउनेदेखि भूमिगत स्रोत र ठुल्ठुला कम्पनीले 'मिनरल वाटर' भनी
मार्केटिङ गरेको बोतलको पानीसमेत शुद्ध नभएको विशेषज्ञ औंल्याउँछन्। सहरी क्षेत्रका केही उपभोक्ताले पानी तताएर पिउने गरे पनि धेरैलाई त्यो चेतनासमेत छैन।

'जाजरकोटको जस्तो महामारी देशका कुनै पनि ठाउँमा जुनसुकै बेला हुनसक्छ। काठमाडौं उपत्यका अझ बढी खतरामा छ,' विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का पानीसम्बन्धी वरिष्ठ वैज्ञानिक भन्छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता प्रमोद कोइराला पनि खानेपानीको गुणस्तरमा समस्या रहेको स्वीकार गर्छन्। तर, आपूर्तिको समस्या नै उपभोक्ताका लागि बढी टाउको दुखाइ भइरहेकाबेला गुणस्तरतिर चासो दिने कसैको फुर्सद नभएको उनको राय छ।
आखिर किन हुन सकेन त खानेपानी शुद्ध?
केयुकेएलका रामेश्वर खानेपानी पूर्वाधार जीर्ण हुनुलाई मुख्य जिम्मेवार मान्छन्। उनका अनुसार अहिले पनि काठमाडौं उपत्यकामा चन्द्रशमशेरका पालामा जडान गरिएका पाइपबाट पानी वितरण भैरहेको छ। कतिपय ठाउँमा ढलमाथि 'क्रसिङ' गरेर खानेपानी पाइप बिछ्याइएको छ। ढल फुट्दा त्यसबाट निस्कने फोहरमैला सिधै खानेपानीसँग मिसिने समस्या छ।
चन्द्रशमशेर पालाका पाइप धेरै मक्किसकेका र खिया परेर प्वाल परिसकेकाले यस्तो जोखिम बढी छ। पाइप धेरै तल पुरिएको र माथि धेरै ठाउँमा घर र सडक बनिसकेकाले कहाँ-कहाँ प्वाल परेको छ भन्ने पत्ता लगाउन पनि असम्भव छ।
हुन त राणाकालका पाइप फेर्ने परियोजना नआएको होइन, तर राजनीतिक खिचातानीले गर्भमै तुहियो। सन् १९९० मा विश्व बैंकले ६ अर्ब रुपैयाँको पाइप पुनःनिर्माण परियोजना ल्याएको थियो। 'तत्कालीन राजनीतिक स्वार्थ र अक्षम व्यवस्थापनका कारण परियोजना सञ्चालन हुन सकेन,' रामेश्वर भन्छन्।
केयुकेएलले महांकाल, बाँसबारी, बोडे, बालाजु, सुन्दरीघाट, सैंबुलगायत ठाउँमा 'ट्रिटमेन्ट प्लान्ट' पनि राखेको छ। तर, प्रदूषणका कारण धेरै भएकाले शुद्ध पानी उपभोक्तासम्म पुर्याउन नसकेको उसको दाबी छ। 'मक्केका पाइपबाट भेल छिरेर पानी प्रदूषण भएको छ,' रामेश्वर भन्छन्, 'हिउँदमा त्यति प्रदूषण हुँदैन, वर्षामा भने हिलो र लेदो पानी आयो भन्ने गुनासो आउँछ।'
धाराबाट आउने पानी आफैंमा प्रदूषित त छँदैछ, मक्केका पाइपले प्रदूषण अझ बढाएको पनि अनुसन्धानले देखाएको छ। पानी बग्दा पाइपभित्र सूक्ष्म जीवाणुले सतह बनाउँछ। त्यही भएर हातले छाम्दा पाइप चिप्लो हुन्छ। यसलाई 'बायो फिल्म' भनिन्छ। यो जीवाणुहरूको एक समूह हो। केयुकेएलले वितरण गरेको पाइपमा सुडोमोनियाको अंश धेरै देखिएको छ। यस्तो जीवाणु पानीमा बहेर घरका भाँडासम्म आइपुग्छन्।
बोतलको पानीमा पनि उस्तै समस्या छ। खाद्य प्रविधि विभागले हरेकचोटि बोतल पानीको गुणस्तर परीक्षण गर्दा सुक्ष्म जीवाणु भेटेको छ। ती उत्पादन बजार आउन भने कहिल्यै रोकिँदैन।
'बोतल वाटर उत्पादन उद्योगले आफ्ना फिल्टर समयमा फेर्दैनन्,' विभागका प्रवक्ता कोइराला भन्छन्, 'कतिले त सिधै धाराबाट जारमा पानी भरेर वितरण गरिरहेका छन्।'
सबभन्दा जोखिमपूर्ण त बोतलको पानी उत्पादन र वितरण गर्ने धेरै उद्योगसँग आफ्नो प्रयोगशाला नै छैन। बोतलमा राख्नुअघि पानी शुद्ध भए पनि बोतल सफा नगरी पानी भरिँदा प्रदूषित हुन्छ। बिर्को पनि राम्रोसँग लगाइएको हुँदैन। उत्पादन गर्ने उपकरणको सरसफाइ गरिँदैन। जारबाहिरै फोहोर जमेको पनि देखिन्छ।
'ढुंगा, मासु, फोहर र पानी बोक्न एउटै ढुवानी साधन प्रयोग गरिन्छ,' उपभोक्ता हित संरक्षण मञ्च केन्द्रीय कार्यसमितिका सदस्य रमेशचन्द्र पौडेल भन्छन्, 'कतिले खोलाको पानी सिधै बोतलमा भरिरहेका छन्। जाँच र कारबाही गर्ने निकाय कमजोर हुँदा बोतलको पानी गुणस्तरीय हुन सकेको छैन।'

विभिन्न अनलाईन मिडियाबाट साभार संकलन