झन्डै पचास वर्ष पुगुन्जेल एकल जीवनमा रमाएका अभिनेता राजेश हमाललाई घरवारको सपना देखाउने युवती मधु भट्टराईका तस्बिर सार्वजनिक भएका छन्। आफू एक युवतीको प्रेममा रहेको राजेशले खुलाए पनि मधु गुमनाम नै थिइन्। धरानकी स्थायी बासिन्दा मधु
रंगिन दुनियाँमा प्रवेश गर्ने तयारी गरिरहेकै बेला राजेश हमालको आँखामा परेकी थिइन्। आफू यो दुनियाँभन्दा पर रहेको दाबी गर्ने मधु हमालसँगका प्रेमपछि मात्रै टाढिएको खुलेको छ। मोडलिङमा छाउन त्यसताकै उनले साइबर संसारका लागि विभिन्न पोजमा तस्बिर खिचाएको भेटिएको छ भने केही सौन्दर्य प्रतयोगितामा समेत सहभागी भएको देखिएको छ। उनले सन् २००२ मा आयोजित मेगा मोडल प्रतियोगितामा भाग लिएकी थिइन् भने सन् २००४ मा लक्स ब्युटी स्टार हुन रहर गरेकी थिइन्। मेगा मोडलमा उनी फस्ट रनरअप भएकी थिइन्। अभिनेता हमालले निर्णायकमा रहेर पनि मधुलाई 'ब्युटी स्टार' त बनाएनन् तर 'मनकी स्टार' बनाउने मेसो भने त्यहीँ पाएका थिए। उक्त सौन्दर्य प्रतियोगिता यी दुईको चिनजानका लागि उपयुक्त अवसर साबित भयो। त्यतिबेलै हमालको फोन नम्बर लिन भ्याएकी मधु नै राजेशसँग प्रेमका लागि अघि सरेकी थिइन्। निकै कल फोन र केही भेटपछि राजेशले उनको प्रेम प्रस्तावलाई 'ओके' भनेका थिए। हमालसँग भेट हुनुअघि रंगिन दुनियाँको सपना सजाएर लागिपरे पनि त्यसपछि भने टाढिएको देखिन्छ। हमालकै सल्लाहबमोजिम उनी मोडलिङको बाटोबाट अलग भएर पढाइमा केन्द्रित भएकी हुन्। समाजशास्त्रमा स्नातक मधुसँग राजेश हमाल सात वर्षदेखि डेटिङ गरिरहेका छन्।
-नागरिक न्युज