CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » भीडको दबावमा निर्दोषलाई थुन्दै प्रहरी

भीडको दबावमा निर्दोषलाई थुन्दै प्रहरी


काठमाडौं, फाल्गुन २४ - घरको कामकाजमा सघाउने युवतीले आत्महत्या गरेको यथेष्ट प्रमाण फेला परेपनि प्रहरीले घरधनी श्रीमान श्रीमतीलाई अनुसन्धानको बहानामा २३ दिनदेखि हिरासतमा राखेको छ । मृतकको परिवारका साथै मानवअधिकारकर्मीको समूहको दबावपछि प्रहरीले कोटेश्वरका विजय श्रेष्ठ र उनकी श्रीमतीलाई थुनामा राखेको हो ।

माघ अन्तिम साता घरायसी काममा सघाउदै पढिरहेकी २१ बषिर्या सुशिला लामा माघ २६ गते कोठा भित्र झ्यालको गि्रलमा घाँटीमा पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन् । श्रेष्ठको घरमा ३ बर्ष देखी बसिरहेकी उनी दिउसो जालीको ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा घरकेा भुई तलामा बस्ने डेरावाल र घर सफाईका लागि आउने दुई जनाले मिलेर चुक्कुल फोडेर उनको घाँटीमा लागेको पासो खोलेका थिए ।
घटनास्थल पुगेको प्रहरीले घटना स्थल प्रकृति र युवतीले लेखेको 'सुसाईड नोट' बाट आत्महत्या भएको निष्कर्ष निकालेर फर्किएको थियो । सुसाइड नोटमा लामाले बहिनीलाई सम्बोधन गरी घरमा सबैको हेरचाह गर्न भनेकी छन् । सुसाइड नोटमा लेखिएको कुरा लामाको लेखाईसूग ठ्याक्कै मेल खाएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । 'युवतीले आत्महत्या गरेको कोठाको चुकुल भित्रबाट लगाएको थियो,' महानगरीय अपराध महाशाखाका एक अधिकारीले भने, 'हत्या भएको भए भित्रपट्टी चुकुल लगाएर हत्यारा भाग्ने ठाउ हुदैन ।' घटनास्थल प्रकृति र सबुत प्रमाणका आधारमा आत्महत्या भएको कुरामा कुनै शंका नदेखिएको तिनले बताए । पोष्टमार्टम रिर्पोटमा पनि युवतीको मृत्यु झुण्डिएर भएको उल्लेख छ । शरीरमा कुनै चोटपटक थिएन । पोष्टमार्टमबाट ति किशोरीको पेटमा ३ महिनाको बच्चा भएको देखिएको थियो ।
घटना भएको भोलिपल्ट मृतक युवतीका आफन्तले घरधनीले हत्या गरेको भन्दै किटानी जाहेरी लिएर नयाँ बानेश्वर प्रहरी वृत्त पुगेका थिए । सुरुमा आत्महत्या भन्दै प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन । तर दुई दिनपछि प्रहरी कार्यालय अघिल्तिर नारा जुलुस भएपछि प्रहरीले श्रेष्ठ दम्पत्तिलाई पक्राउ गरेको थियो । मृतकका आफन्तले अधिकारकर्मीको सहयोगमा दबाव दिएपछि प्रहरीले जाहेरी दर्ता गरेको थियो । उनीहरुले उक्त पोष्टमार्टमपछि अन्तिम संस्कार समेत गरिसकेका छन् । प्रहरीले युवतीको पेटमा भएको बच्चाको डिएनए र श्रेष्ठको डिएनए परिक्षण गर्न पठाएको थियो । त्यो परिक्षणबाट समेत 'नेगेटिभ' देखिएको छ । श्रेष्ठ र बच्चाको डिएनए मिलेको छैन ।  
पेटमा बच्चा भएको भन्ने थाहा पाएपछि युवतीका माइती पछि हटेका थिए । युवतीका मामा गजवीर लामाले गर्भवती भएकै कारण उनले आत्महत्या गरेको हुन सक्ने देखेपछि पछि हटेको बताए । 'पोष्टमार्टम रिपोर्ट नआइन्जेल हत्या हो कि भन्ने थियो,' उनले कान्तिपुरसँग भने 'हाम्रै अघि भएको पोष्टमार्टमले आत्महत्या नै देखायो ।'
प्रहरीले ति युवतीको मोबाइल नम्बर जाँच गरेको थियो । कल डिटेल्स निकाल्दा उनको निरन्तर फोन सम्पर्क भएका नेपाली सेनाबाट अवकास पाएका प्रेम लामा नामका ब्यक्तिलाई घटनाको एक साता मै पक्राउ गरेको थियो । ति ब्यक्तिले युवतीसंग आफ्नो प्रेम सम्बन्ध भएको बताएका छन् । उनले शारिरीक सम्बन्ध समेत भएको बताएका छन् । ति युवतीसंग सम्बन्ध भएकै आधारमा प्रहरीले लामालाई पनि समातेर सार्वजानिक मुद्धामा थुनेर राखेको छ । कसैलाई आत्महत्या गर्न बाध्य पारिएकै भरमा कोही बिरुद्ध मुद्धा चल्दैन ।
मृतकका आफन्तले भीड जुटाउने र प्रहरीले भीडको दबावमा निर्दोष थुनामा पर्ने प्रवृत्ति बढ्न थालेको एक वरिष्ठ प्रहरीले बताए । निर्दोषलाई थुनाउने काममा महिला र मानवअधिकारकर्मीले जबरजस्त दबाव दिने गरेका छन् । 'अधिकारकर्मीले कुरा नबुझी अरुको मानवअधिकार हनन गरिरहेका छन,' ति अधिकृतले भने । बानेश्वर वृत्तका डिएसपी भीम प्रसाद ढकालले मृतक महिलाका पक्षबाट जाहेरी आएकाले त्यसैअनुसार कारबाही गरेको बताए । 'किटानी जाहेरी आएपछि मैले कारबाही गर्दिन भन्न पाउन्न' उनले भने 'अनुसन्धानका क्रममा उहाँहरुलाई समेत नियन्त्रणमा लिएर राखिएको हो ।'
कतिपयले आत्महत्यालाई हत्या र हत्या भएकोमा गलत फाइदा लिन, वैरी साँध्न जाहेरीमा निर्दोषको नाम मुछ्न खोज्ने गर्छन । यस्तोमा प्रहरीले जाहेरी लिएपनि दर्ता नगरी अनुसन्धानको निष्कर्षअनुसार जाहेरी सच्याउन लगाएर कारबाही अघि बढाउने गरेको छ । 'पीडित पक्षले दिने जाहेरी सुचना मात्र हो,' ति अधिकृतले भने, 'अनुसन्धान गरी दुधको दुध पानीको पानीको छु्ट्याउने काम काम प्रहरीको हो ।'
प्रहरी प्रवक्ता एसपी पुस्कर कार्कीले कानुनी प्रक्रियामा त्रुटी रहेको बताए । उनका अनुसार मुलुकी ऐनमा किटानी पर्ने बित्तिकै पक्राउ गर्नुपर्ने ब्यवस्थाका कारण प्रहरी समस्यामा पर्ने गरेको हो । उनका अनुसार यस्ता कमजोरी हटाउन फौजदारी आचारसंहिताको ड्राफ्ट तयार भएको छ । 'त्यो पारित भएर कार्यान्वयनमा आएपछि प्रहरीलाई काम गर्न सहज हुन्छ' उनले भने ।
प्रकाशित मिति: २०६९ फाल्गुन २४ १२:३३ 
प्रतिमा बाँस्कोटा , ईकान्तिपुर 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis