आपmनो सानो उपलब्धिमा पनि ठूलो होहल्ला गर्ने कला भारतीय मिडिया र बलिउड फिल्मसँग छ । हुन त यसअघि पनि बलिउडका कलाकारले हलिउड फिल्म खेलिसकेका छन् । र, भारतको ठूलो बजार देखेर हलिउडका फिल्म कम्पनीहरू यता आकिर्षत भइरहेका छन् । तर, स्पिलवर्गले केही कलाकार लिँदैमा बलिउड हलिउड नै बन्दैन । त्यसरी बन्ने भए २० वर्षअघि सुभाष घईले मनीषा कोइरालालाई हिरोइन लिँदा नेपाली फिल्म बलिउडजत्रै हुनुपर्ने ! रहमानले ओस्कर पाए तर अरू बलिउड संगीतकारहरूले हलिउडका फिल्म पाएनन् । ठ्याक्कै उदितनारायण एक्लै बलिउडमा चलेजस्तो ।
बलिउडका साठीजना जति निर्देशक लेखकका लागि स्पिलवर्गले एउटा 'मास्टरक्लास' पनि चलाए । अमिताभ बच्चनले चलाएको यो सेसनमा श्याम बेनेगल, सुधीर मिश्रा, अनुराग कश्यपदेखि राकेश मेहरा र राजकुमार हिरानीसम्मका निर्देशक सहभागी थिए । 'सिन्डलर्स लिस्ट', 'इन्डियाना जोन्स', 'जुरासिक पार्क', 'सेभिङ प्राइभेट रेन' तथा यसै वर्षको 'लिंकन'का निर्देशक स्पिलवर्गका फिल्मले संसारका थुप्रै फिल्ममेकरलाई प्रभावित पारेका छन् ।
-इकान्तिपुर