CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » स्कूल राजनीतिले ७५ लाख विद्यार्थीको पढाइ प्रभावित

स्कूल राजनीतिले ७५ लाख विद्यार्थीको पढाइ प्रभावित

काठमाडौं, फागुन २०-शिक्षक नेताहरुले निजी शिक्षण संस्थामा विद्यार्थी युनियन गठन गर्ने परिपाटी बसालेमा त्यहाँ राजनीतीकरण बढ्ने भन्दै विरोध गरेका छन्।
आज यहाँ आयोजित कार्यक्रममा विद्यार्थी नेता तथा अभिभावकले भने निजी विद्यालय तथा शिक्षण संस्थामा
माफिया घुसेको भन्दै चर्को शुल्क वृद्धि गर्ने, मनपरी ढङ्गले शिक्षक भर्ना गर्ने र निकाल्ने, शिक्षाको नाममा विद्यालयलाई व्यापारीकरण गर्ने निजी शिक्षण संस्थाको प्रवृत्ति रोक्न त्यहाँ युनियनको आवश्यकता रहेको बताएका छन्।
कार्यक्रममा अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय बन्दबाट ७५ लाख विद्यार्थी प्रभावित हुने भन्दै विद्यार्थीलाई पढ्ने वातावरण बनाउनका लागि शिक्षक र विद्यार्थी नेताको ध्यान आकृष्ट गराए।

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष हिमाल शर्माले निजी शिक्षण संस्थामा माफिया घुसेकाले मनपरी शुल्क उठाउने जस्ता विकृति उजागर गर्नका लागि पनि त्यहाँ युनियनको आवश्यकता रहेको बताए। नेविसङ्घका उपाध्यक्ष लेखनाथ पौडेलले लोकतन्त्रमा विद्यार्थी युनियन खोल्न दिन्न भन्नु गलत हो भन्दै शिक्षक र विद्यार्थी दुवै वार्तामा बसेर समस्याको समाधान गर्नुपर्ने उल्लेख गरे। 'अनेरास्ववियुका सचिव रचना अधिकारीले विद्यार्थी जहाँ हुन्छ त्यहाँ युनियन हुनाको विकल्प छैन', उनले भनिन्।

एन प्याब्सनका अध्यक्ष गीता राणाले निजी क्षेत्रका आठ हजार शिक्षण संस्था चन्दा आतङ्कका कारण बन्द हुने स्थितिमा पुगेको जानकारी दिए। हिसानका अध्यक्ष उमेश श्रेष्ठले बन्द सदाका लागि बन्द गर्नुपर्छ भन्ने मान्यता हिसानको रहेको बताउँदै विद्यार्थीलाई शैक्षिक संस्थाभन्दा बाहिर बसेर राजनीति गर्न सुझाव दिए।
शिक्षविद् युवराज शर्माले शिक्षकले शिक्षण संस्थाभित्र मौलाएको विकृति र प्रवृत्तिविरुद्ध साङ्केतिक विरोधस्वरुप आज विद्यालय बन्द गरेको जानकारी दिए।

-- नागरिक न्युज 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis