CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » भयानक साइबर आक्रमण, विश्वभरकै इन्टरनेट सुस्त

भयानक साइबर आक्रमण, विश्वभरकै इन्टरनेट सुस्त

cyber
इन्टरनेट जगतमा ह्याकरहरुले अहिलेसम्मकै गम्भीर आक्रमण गरेपछि विश्वभरकै इन्टरनेटको गति सुस्त भएको बताइएको छ ।
साइबर विज्ञहरुले यसलाई इतिहासकै सबैभन्दा गम्भीर साइबर हमलाको संज्ञा दिएका छन् । ह्याकर प्रतिरोधी समूह र इन्टरनेट होस्टिङ कम्पनीहरु बीचको विवादका बीच बदलापूर्ण आक्रमणका कारण इन्टरनेटको मूख्य आधारशीलामै क्षति
पुगेको विज्ञहरुको भनाइ छ ।
यसबाट विश्वव्यापी रुपमा धेरै प्रयोगमा आएका विभिन्न इन्टरनेट सेवामा असर पुगेको र इन्टरनेट ब्यांकिङ तथा इमेल सेवा प्रभावित हुने बताइएको छ ।
जेनेभा र लण्डनमा कार्यालय रहेको ह्याकर प्रतिरोधी इन्टरनेट संस्था स्पामहसले विभिन्न इन्टरनेट होस्टिङ कम्पनीलाई कालोसूचिमा राखेर सर्भर नै बन्द गरिदिएपछि होस्टिङ कम्पनी र उक्त समूहबीच विवाद बढेको हो । इन्टरनेट प्रदायक कम्पनीहरुले विभिन्न खालका आतंककारी गतिविधिलाई प्रोत्साहन गरेको, अश्लील गतिविधिलाई बढावा दिएको र ह्याकर समूहलाई मलजल गरिरहेको आरोप उक्त संस्थाको छ ।
आफुले इन्टरनेट प्रदायकहरुका त्यस्ता गतिविधिमा निगरानी गरेसँगै आफूमाथि केही हप्ता यता विभिन्न खाले साइबर आक्रमण भएका उक्त संस्थाको दाबी रहेको छ । स्मापहसका मुख्य कार्यकारी स्टेभ लिनफोर्डका अनुसार साइबर आक्रमणविरुद्ध इन्जिनियरहरुले काम गरिरहेका छन् । यो साइबर आक्रमण निकै भयानक रहेको र त्यसको बारेमा विभिन्न देशका साइबर पुलिस फोर्सले अनुसन्धान गरिरहेका बताइएको छ ।
यस्तो साइबर आक्रमणबाट सरकारी विद्युतिय सूचना समेत असुरक्षित बन्ने खतरा रहेको बताइन्छ । निकै तिब्र गतिमा यो साइबर हमला भैरहेको पनि उक्त संस्थाले जनाएको छ । सरे विश्वविद्यालयका साइबर सुरक्षा विज्ञ एलान वुडवार्डका अनुसार यो साइबर हमलाबाट विश्वभरीकै इन्टरनेटमा प्रभाव परेको छ र इन्टरनेटको गति समेत धिमा भएको छ 
अन्लाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis