काठमाडौ, फाल्गुन २२ - प्रधानमन्त्री बाबुराम भट्टराईले डा. भगवान कोइराला लाई फोन गरी पुनः जिम्मेवारी सम्हाल्न आग्रह गरेका छन् । 'समस्या जताततै छ, हामी एक्लै होइन् मिलेर अघि बढ्यौ भने मात्र समाधान सम्भव छ', प्रधानमन्त्रीले
कोइरालाई भनेको अंश उद्धृत गर्दै प्रमका निजी सचिव विश्वदीप पाण्डेले फेसबुकमा लेखेका छन् ।
काम गर्न असहयोग भएको भन्दै त्रिवि शिक्षण अस्पतालबाट राजिनामा दिएका कोइरालालाई प्रधानमन्त्रीले सबै खाले सहयोग गर्ने आश्वासन दिएको पाण्डेले लेखेका समाचार ईकान्तिपुरमा छ । त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकबाट कोइरालाले राजिनामा दिएपछि प्रधानमन्त्रीले यसअघि नै दुःख व्यक्त गरेका थिए ।