CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » दिल्लीमा सी पि गजुरेल झण्डै अपहरित !

दिल्लीमा सी पि गजुरेल झण्डै अपहरित !


२३ फागुन, काठमाण्डौ । महाधिवेशनबाट भारतलाई प्रधान शत्रु घोषणा गरेलगत्तै दिल्ली भ्रमणमा गएका नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेल दिल्लीमा झण्डै अपहरणमा परेका छन् । त्यो पनि प्रधानमन्त्री बाबुराम भट्टराई र हालका भारतीय राजदूत जयन्तप्रसाद पढेको जवाहरलाल नेहरु बिश्वबिद्यालय (जेएनयु) परिसरबाटै

फागुन १५ गते साँझ ९ बजे अन्तराष्ट्रिय बिद्यार्थी संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेलगत्तै उनको ‘अपहरण प्रयास’ भएको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ । समाचारमा जनाइएअनुसार गजुरेलले बोलेलगत्तै त्यहीँ पिएचडी गर्दै गरेका ललितपुरे छात्र सचिन घिमिरे ‘मेरो दुईवटा प्रश्न छन’ भन्दै जुरुक्क उठे । उनी बोल्दै गए- म तपाईका अध्यक्ष मोहन बैद्यसँग बहस गर्न तयार छु’- उनले सँगसँगै सर्त राखे- उनले हारे अध्यक्ष पद घाड्नुपर्छ, त्यसपछि म पार्टी चलाउँछु । जिते भने म आत्महत्या गर्छु ।’ उनले चुनौती दिंदै भने- तपाईहरु माक्र्सबाद, अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन र क्षेत्रीय राजनीतिक कुरा गर्नुहुन्छ, त्यसो भए आउनुहोस मसँग बहस गर्न, तपाईहरु यहाँबाट दायाँ बायाँ हल्लिन पाउनुहुन्न । सोझै होष्टलको मेरो कोठामा जानुपर्छ, म तपाईहरुलाई किडन्याप-अपहरण) गर्दै छु ।’
मधेसका एकजना माओवादी नेताका छोरा प्रमोद जैसवालले उनलाई रोक्न खोजे । त्यसो नर्गनुस भनेर सम्झाए । गजुरेलले भने- तपाई पढालेखा मान्छे, अचेल नेपाल-भारत दुवैतिर आत्महत्याको लहर चलेको छ, कम्तीमा तपाईंचाहिं त्यो बाटोमा नलागिदिनुस् ।’
तर उनको रोकिने सुरै थिएन । भारतमा बस्ने माओवादी नेता लक्ष्मण पन्ततिर फकिर्ंदै उनले भने- ‘तपाई त यहीं बस्ने मान्छे, तपाई पनि घर जान पाउनुहुन्न । एकरात अपहरणमा पर्दैमा कसैलाई केही फरक पर्नेवाला छैन, आखिर द्वन्द्वमा थुप्रैलाई अपहरण गरेको अनुभव तपाईहरुलाई छँदैछ ।’ उनका कुरा सुनेको नसुनै गरेर भर्‍याङ ओर्लिएर गाडी चढ्दा पनि घिमिरेले पिछा छाडेनन् । गजुरेल बल्लबल्ल नेपालीको सहयोगमा त्यहाँबाट उम्किन सफल भए ।
कमरेडले भित्राए कतिवटी कान्छी ?
एमाओवादी अध्यक्ष प्रचण्डका घरबाट सुरु भएको श्रीमती फर्ने चलनले उनको पार्टीलाई नराम्ररी गाँजेको छ । प्रचण्डपुत्रले प्रभा, सिर्जना र बिनासम्म श्रीमती फेरिसक्दा त्यसको सिको गर्दै जनमुक्ति सेनाका बटालियन भाइस कमाण्डर कमलबहादुर नाथले पनि तेस्रो बिबाह गरेका छन ।
दोस्रो श्रीमतीबाट जुम्ल्याहा छोरा र छोरी जन्मिए । ४५ बर्ष उमेर कटिसकेका नाथले अहिले एक पाल्पाली युवतीलाई तेस्री श्रीमती बनाएर बसेको जनआस्था साप्ताहिकले नै खवर छापेको छ । जनमुक्ति सेनामा भएको रकम हिनामिनाको प्रतिबेदनमा समेत कमाण्डरहरुले अधिकांश रकम रंगरसमा खर्च गर्ने गरेको उल्लेख गरिएको छ । श्रीमानले कान्छी च्यापेर हिड्न थालेपछि पार्टीलाई साक्षी राखेर बिबाह बन्धनमा बाँधिएका अधिकांश महिला छोराछोरी काखी च्यापी माइतीको ढोका ढक्ढक्याउन पुगेका छन । सजातीय बिबाह गरेकालाई माइतीले आश्रय दिए पनि अन्तरजाती बिबाह गर्नेहरुलाई माइतीको ढोका पनि बन्द हुँदा बिचल्लीमा पर्ने क्रम बढेको समाचारमा उल्लेख छ ।

Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis