CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » एडल्ट साहित्य :बयस्क उपन्यास - खेलौना , मलाई लोग्ने होइन, लोग्नेमान्छे चाहिन्छ’

एडल्ट साहित्य :बयस्क उपन्यास - खेलौना , मलाई लोग्ने होइन, लोग्नेमान्छे चाहिन्छ’

खेलौना † यो शब्द पछिल्लो समय चर्चाको राजधानी बनेको छ । खासगरी दुई प्रसंगमा । पहिलो– पुरुषका लागि जोई र महिलाका लागि पोइको काम दिने रबरका खेलौनाहरू । दोस्रो– गीतकार राजेन्द्र थापाको उपन्यास खेलौना । यहाँ पहिलोले स्त्री र पुरुष जननेन्द्रियहरूको कारबाही गर्छ भने दोस्रोले मनलाई नै हल्लाउँछ । ‘मलाई लोग्ने होइन, लोग्नेमान्छे चाहिन्छ’
भनी अन्तरवार्ता दिने स्मिता थापामा आधारित यो उपन्यास छ नै त्यस्तै ।
पहिलो पानामा उल्लेख गरिएका उपन्यासका अंशहरू अनावश्यक लागे पनि स्मिताको रियल अन्तरवार्ताबाट सुरु भएको मान्दा यो उपन्यास स्मिता र इन्द्र पात्रमार्फत् सुन्दर ढंगले कथा भन्न सफल छ ।
उपन्यासको अठार अध्यायमा लेखकले कपिलवस्तुमा पहाडियाहरूमाथि भएको बर्बर आक्रमणको घटनालाई गम्भीर प्रश्नसँग घोलेका छन् जस्तो —‘एउटी पहाडिया महिलालाई दर्जनौँ अपराधीहरूले बलात्कार गर्दा नारीको भर्जिनिटी माग गर्ने पुरुषहरू कहाँ थिए ?’ यही अध्यायमा इन्द्रले यौनकर्मीलाई लाइसेन्सबाट व्यवस्थित गर्नुपर्ने जायज माग राखेका छन् । त्यस्तै लेखकले स्मिताको मुखबाट शूद्रको पानी नचल्ने तर योनी चल्ने (पेज ११९) भनेर ब्राह्मणवादलाई झाप्पु हानेको पक्ष झनै मननीय छ । त्यसैगरी स्मिताले ‘पार्वतीको योनी नहुने हो भने शिवजीको लिंग त्यसरी अनन्तकालसम्म ठाडो कसरी भइरहन सक्थ्यो त (पेज ३२) ?’ प्रश्न उठाएर नारीपुरुष सहअस्तित्वको शंखघोष गरेका छन् ।
यति हुँदाहुँदै पनि उपन्यासमा प्रश्न उठ्ने धेरै ठाउँ पात्र र प्रवृत्तिहरू छन् । खास त स्मिताको डायलग ‘मलाई लोग्ने होइन, लोग्नेमान्छे चाहिन्छ’ नै विरोधाभासग्रस्त छ । जब लोग्ने मान्छेकै शरीरको अंश ‘शुक्रकीरो’ नभइहुँदैन भने यसो भन्नुको अर्थ कसरी मजबुत हुन्छ ? अर्को कोणबाट हेर्ने हो भने यसले पनि पुरुषहरूलाई नै फाइदा देखिन्छ । कारण सम्पूर्ण जिम्मेवारीबाट ऊ मुक्त हुन्छ । उसको काम भनेको भालेमाहुरीजस्तो । अरू केही गनुपर्दैन, भाले लाग्यो, खुराक खायो बस्यो बस् ।
स्मिता पात्रको भनाइ छ, ‘मलाई त्यस्तो मजासजा क्यै फिल भएन । मैले क्यै बुझ्नुअघि नै हि वाज फिनिस्ड (पेज ५५) ।’ यससम्बन्धमा भन्नुपर्दा प्रकृतिले दिएकै त्यस्तै छ त बिचरो के गरोस् ? यसबारे बृहत् रूपमा बुझ्न ओशोलाई पढ्नुपर्ने हुन्छ । तन्त्र सूत्रमा उनले स्पष्ट उल्लेख गरेका छन् के भने एउटा केटा र एउटा केटीको अनुपात मिल्दैमिल्दैन । चाणक्यले पनि यही भनेका थिए । पेज ५५ मै छ, ‘… उसले भन्यो, अहिले मुभी हेरेर सिकिराछु ।’ जहाँसम्म लाग्छ सेक्स कपुरी ‘क’ खरायो ‘ख’जस्तो सिकिरहनुपर्ने कुरो होइन । आफैँ बिस्तारै पारंगत हुँदै जाने हो । फेरि स्मिताको ओरिजिनल अन्तर्वार्ताका शब्दावलीले नै यसको खण्डन गर्छ । भनेकी छन्, ‘त्यो आफैँ थाहा पाउने कुरा हो । सेक्स नेचुरल कुरो नि होइन र ?’ फेरि तेह्र अध्यायमा उनै स्मिता पात्र सेक्स एजुकेसनको आवश्यकताबारे लेक्चर दिन्छिन् । यो विरोधाभास भयो ।
स्मिता पात्र भन्छिन्, ‘हल्लाउने हो हल्लाउने । महिलाहरूले जान्ने हो भने आफ्नो योनीले लिंगहरूको नाक छेडाएर तीनत्रिलोक कज्याउन सकिन्छ ।’ यो भनाइ जायज छ । यही त हुँदै आएको छ ऋषिमुनिहरूको पालादेखि नै । बिल क्लिन्टनको लिंगमा मोनिकाको योनीले नत्थी लाएकै हो । वास्तवै स्त्रीहरू रहस्यका खानी हुन् । यही रहस्यको चक्रव्यूहमा जाक्न सक्छन् पुरुषहरूलाई । फ्रायड बूढाले त नारीहरू के चाहन्छन् भन्ने बुझ्नै सकेनन् रे भने हामी बालबबुरोको के जोर चल्दो हो ?
पेज १० मा परेको छ हस्तकारबाहीको कुरा । स्मिताको विचार छ, ‘केटाहरूलाई त मोज छ । साथ पाए साथ नत्र भने रेडिमेड हात ।’ यो पूरै सही होइन । वास्तवमा केटाहरूलाई भन्दा बढी मोज त केटीहरूलाई छ । केटाहरू बिचरो दुइटा हातमा चित्त बुझाउन विवश छन् तर केटीहरूलाई त साइजसाइजका औँलाहरू उपलब्ध छन् । त्यसले नपुगे पुरुषै भुलाउने तरकारी पनि छँदै छ त्यो पनि साइजसाइजका । पुरुषले त उही कृष्ण धराबासीको ‘स्कुस’ हेर्‍यो चित्त बुझायो । कि भने बेकरी क्याफेमा गएर क्रिम बन हेर्‍यो मुख मिठ्यायो ।
पेज १८ मा स्मिताले पुरुषलाई लिंगबाट लभ गर्ने जातको रूपमा चित्रण गरेकी छन् । यसलाई पनि ठीक भन्न सकिन्न । योनीबाट लभ गर्ने केटाचखुवाहरू युवतीहरू छैनन् र ? होइन भने वेश्यालय धाउने हरेक पुरुष वेश्याहरूलाई प्रेम गरेर फर्किन्छ वा हरेक श्रीमान्हरू श्रीमतीहरूसँग वेश्यासँग भन्दा बढी गरिरहेका छैनन् भन्ने बुझ्नुपर्ने हुन्छ ।
पेज २६ मा स्मिताले लिंगलाई भित्तामै टाँसिदिएकी छन् । मैले आफ्नो समेत त्यही भित्तामा देखेँ । आतुरीआतुरी गरेर हेरेँ । ल, कहाँ कुरूप हुनु ? क्या सुन्दर लाग्यो । फुलीबुलाकी जस्तो । स्त्रीको लाजभन्दा पनि हययान्डसम नि । यसको क्रियाकलाप देखेर त स्त्रीहरू रमाउनुपर्ने । कारण यो हातखुट्टा नभएरै पनि उभिन सक्छ र शुक्रकीराहरूको कुम्भमेला अर्थात् सिर्जना वमिट गर्छ । साँच्चै यो जीवन्त अंग । स्त्री अंग सुन्दर छ ठीक हो तर पुरुष अंगलाई कुरूप भन्नु भनेको उनीहरूले महिनैपिच्छे निम्तिने आफ्नो कुरूपतालाई भुल्ने प्रयास गर्नु हो ।
‘मेरो मुठीभन्दा पनि कति ठूलो, अजंगको जन्तुजस्तो ।’ स्मिताको आश्चार्य हो यो । यो आश्चर्यमा दम भने देखिँदैन किनभने सरदर नेपालीको ‘त्यो’ त्यत्रो हुँदैहुँदैन । लाग्छ कि त त्यो कुइरेको वा हब्सीको हुनुपर्छ कि भने स्मिताको हत्केला नै सानो हुनुपर्छ । त्यस्तै पेज ५३ मा स्मिताको भनाइ छ, ‘उसलाई कहाँ हाल्ने भन्ने पनि थाहा रहेनछ ।’ यसले प्रश्न जन्माउँछ, स्मिता पात्रको हाल्ने ठाउँ कहाँकहाँ छ ?
त्यसैगरी जब तक है जान फिल्मको सेक्सी संवादलाई स्मिताले आदर्श मानेकी छन् । लाग्छ सेक्स गर्दै केटा छान्दै गर्ने हो भने त्यहाँ केटा कहिल्यै पनि छानिने छैन । लिंग धेरै प्रकारका हुन्छन्, अझ योनीका प्रकारहरू झनै बढी हुन्छन् । आज यो मन पर्ला भोलि त्यो । कहिलेसम्म नापिरहने ?
विरोधाभासपूर्ण अंशहरू अरू पनि छन् । पुष्पलाई स्मिता कति प्रेम गर्छे भने उनी भन्छिन्, ‘म मरेपछि लासमा पनि दिन्छु ।’ लासमै गर्ने त पाकिस्तानका रियाज नाम गरेका विकृत मानसिकताका व्यक्तिबाहेक अरू को हुन सक्ला र ? खैर यसले बताउँछ, उनी पुष्पलाई हदैसम्म माया गर्छिन् । तर, जब पुष्पले छोड्छ उनी यसरी आक्रोशित हुन्छिन्, ‘मेरो लागि ऊ मर्‍यो । मैले तेह्र दिन त्यसको किरिया पनि बारेँ । नुन पनि खाइन तेह्रै दिन ।’ यो शब्दाबलीले त स्मिताको लभ पनि कन्डिसनल नै हो भन्दैन र ? जहाँ यदि र नत्रले स्थान पाउँछन्, त्यो कन्डिसनल हुन्छ । फगत विश्वासको भरमा गर्भ स्विकार्ने अनि पछि छाड्यो भनेर आक्षेप लाउँदा स्मिताले पनि सोच्नुपर्छ के भने आधी गल्ती आफ्नो पनि हो । आफ्नो गल्तीसमेत मिसिएको घटनाको जगमा पुरुषजातिलाई नै युज एन्ड थ्रो गर्ने महल बनाउनु विवेकसम्मत होइन । साँचो प्रेममा प्रतिशोध लिइँदैन ।
लेखकले सुरुमै ‘यो जोगी र जोगिनीको कथा होइन’ भनेर उल्लिखित भाषा कथाले मागेको हो भनेका छन् । यसैबाट बुझ्न सकिन्छ, भाषा कति छाडा छ । लुकेर पढ्नुको विकल्प छैन भन्दा बढी हुँदैन । कुकुरलाई सेक्सका लागि समय आउनुपर्छ तर मान्छेका लागि स्थान भए पुग्छ, अर्थात् गोप्यता । यो उपन्यासले स्थान खोज्दछ । कुन ग्रेडको भन्ने जिम्मा पाठकहरूलाई । यद्यपि पेज ११५ मा परेको एउटा अनुच्छेद भने कामुक भएर पनि सुन्दर छ, ‘दायाँ हात उठाएर औँलाले सविनाको ओठ छोइदिएँ । लिपिस्टिक लगाइदिएझैँ औँलाले बिस्तारै यताउता पोतेँ । उसले रसिलो आँखाले हेरी … र जिब्रो निकालेर मेरा औँलाभरि थुकले लतपताइदिई र सरेन्डरको भावले हेरी… ।’ र, अर्को राम्रो पक्ष भनेको लेखकले विनीता पात्रमार्फत नम्रता श्रेष्ठले सामना गर्नुपरेको पीडालाई मजाले व्याख्या गरेका छन्, जुन कुराले धेरैमा रहेको भ्रमको सिल तोडिदिने क्षमता राख्छ ।
भाषा केकस्तो भन्ने विश्लेषण त लेखकले भनेझैँ भाषाका मातापिताहरूले नै गर्लान् । तर, सामान्य पाठकले पनि बुझ्ने किसिमका त्रुटिहरू जस्तो ‘ट्र, ड्र, क्र — ट्र ड्र्, ड्र्र, क्र’ भएर कुरूप देखिएका छन् । एउटै व्यक्तिले बोलेको संवादमा कतै ‘…रेको थ्यो र कतै …र्‍या थ्यो’ हुन गएको छ । अध्याय पच्चीसमा सुरुदेखि नै भाषागत गल्तीहरू देखिन्छन् जस्तो एउटै व्यक्तिलाई थिइन्, उसको, उनका, चाहन्थे, थियो, बनिन्, जान्छे, उनको, थिई, देखाइन्, भनी जस्ता शब्दहरू देखिन्छन् ।
समग्रमा उपन्यास युवा पुस्तालाई मात्र होइन, बूढाहरूलाई पनि जुरुक्क पार्ने खालको छ किनभने यसले लुगा लाएको छैन । यसले यौनसम्बन्धमा केही सन्देश त पक्कै दिन्छ तर साथसाथै युवा मनलाई भड्काउने खतरा पनि छ । सबै मरेपछि मर्छु भन्नु र सबभन्दा पछि मर्छु भन्नुमा धेरै फरक छ । विषयवस्तु गम्भीर भएर पनि सतही प्रस्तुतिका कारण यसले लेखकको नामलाई धान्न सकेको छैन । दामली, त्यही पनि आफ्नै लिंगका साथीहरूबाहेक अरूसँग बसेर पढ्न नसकिने शब्दहरूले सिँगारिएको कारण यसलाई एडल्ट उपन्यास भन्नु उपयुक्त होला ।

-कमल नेपाली , सौर्य दैनिक 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis