CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » ओस्कर ट्रफीले पाएको एउटा गजबको नमस्कार

ओस्कर ट्रफीले पाएको एउटा गजबको नमस्कार







काठमाडौ, फाल्गुन १७ - 
२४ फेबु्रअरीको साँझको पुछारतिर ओस्कर ट्रफीले एउटा गजबको नमस्कार पायो । र, दर्शकले सलाम । यो नमस्ते र सलाम ठोकेका थिए, आङ लीले । यिनै आङ लीले स्पिलवर्गलाई यसपालि रित्तो हात घर फर्काइदिए । साथै, उनी उत्कृष्ट निर्देशकको दोस्रो अवार्ड जितेर ओस्करमा स्पिलवर्गको हैसियतमा पनि उक्लिए । 



दाझैं यसपटकको ओस्कर वितरण समारोह भव्य र विशेष भयो । यसपटक पनि केही अपेक्षित र केही अनपेक्षित नतिजा आए । केही हिरोइनको पोसाकको तीव्र आलोचना भयो भने केहीले प्रशंसा पाए । संसारकै सबभन्दा ठूलो मानिने फिल्म अवार्ड ओस्करले सदाझैं यसपटक पनि अमेरिकन सत्ता वा संस्थापनको पक्ष लियो । यसपटक त ओस्कर क्यालिफोर्नियाको डल्बी थिएटरबाट सोझैं ह्वाइट हाउस पुग्यो । राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले भिडियो लिंकबाट विजेताको घोषणा गरिन् । 

योपटक उत्कृष्ट अभिनेता घोषित भएका डेनियल डे लेविसले अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनको भूमिकामा अभिनय गरेबापत अवार्ड पाए । उत्कृष्ट फिल्म घोषित 'अर्गो' एउटा सीआईए एजेन्टको करामत र बुद्धिमताको बखान गर्ने 'फिल्मी' फिल्म हो । सदाझैं यस्ता कुराका अलावा यसपटक केही अनपेक्षित पनि भए । 

यिनै अनपेक्षितमा एउटा थियो, उत्कृष्ट निर्देशकको अवार्ड । धेरैलाई लागेको थियो, अधिकांश पूर्वघोषणाहरूमा भनिएको थियो, कोलमहरूमा लेखिएको थियो र समाचारहरूमा बताइएको थियो- यसपालिको निर्देशकको ओस्कर स्टिभन स्पिलवर्गले जित्ने छन् । र, हलिउडको एउटा ठूलो हस्ती स्पिलवर्गले ओस्करमा ह्याटि्रक गर्नेछन् । राजनीतिका विषयमा फिल्म बनाएर मात्र होइन, स्पिलवर्ग अमेरिकी संस्थापनको विचार बोकेर पनि अरूभन्दा अलि बढी नै अमेरिकी र हलिउडी छन् । तर २४ फेबु्रअरीको साँझको पुछारतिर ओस्कर ट्रफीले एउटा गजबको नमस्कार पायो । र, दर्शकले सलाम । यो नमस्ते र सलाम ठोकेका थिए, आङ लीले । यिनै आङ लीले स्पिलवर्गलाई यसपालि रित्तो हात घर फर्काइदिए । साथै, उनी उत्कृष्ट निर्देशकको दोस्रो अवार्ड जितेर ओस्करमा स्पिलवर्गको हैसियतमा पनि उक्लिए । 

यी ५८ वषर्ीय आङ ली ताइवानमा जन्मिएका हुन्, माओको क्रान्तिपछि चीनबाट भागेर आएका बाबुआमाका सन्तानका रूपमा । कलेजको इन्ट्रान्समा नै केहीपटक फेल भएपछि आङ ली आर्ट पढ्नतिर लागेका थिए । त्यहीँबाट नाटक हुँदै उनी पढ्न अमेरिका पुगे । पढाइ सकेर फर्केपछिका केही वर्ष ताइवानमा बेरोजगार बसेपछि पटकथा लेखनमा छिरेका आङ ली अहिले विश्वकै टप फिल्म निर्देशक बनेका छन् । 

सोमबार आङ लीले ठोकेको नमस्ते र सलामले ओस्करमा एसियालाई प्रतिनिधित्व गरेको थियो । उनले ट्रफी हातमा लिनुभन्दा पहिले त्यसलाई नमस्कार गरे । र, पछि आपmनो भाषणमा ओस्करलाई 'भगवान्' भने । एसियाको ठूलो बजारमा आँखा गाडेर बसेको हलिउडका लागि यो अवार्ड एक तीरले दुई सिकार थियो । किनभने यसका निर्देशक चिनियाँ मूलका थिए र फिल्ममा कलाकार तथा कथा भारतीय थियो । चीन र भारत दुवै बजारलाई रिझाउनका लागि योभन्दा 'पर्फ]{ट' फिल्म एकेडेमीसँग अर्को थिएन । 

निर्देशकका रूपमा आङ लीको करियर ग्राफ आपै+mमा रोचक छ । उनी एउटै विधाका फिल्म बनाउँदैनन् । 'क्राउचिङ टाइगर हिडेन ड्रयागन' जस्तो मार्सल आर्ट मुभीको केही समयपछि उनले 'ब्रोकब्याक माउन्टेन' बनाए । यस्तै, 'हल्क' जस्तो एक्सन एनिमेसन पनि उनले नै बनाए । हलिउडका बिग बजेट फिल्मको निर्देशक भए पनि उनी अझै फिल्म बनाउन ताइवान गइरहन्छन् । 'सेन्स एन्ड सेन्सिबिलिटी' बनाएर हलिउडमा जमिसकेपछि उनले 'क्राउचिङ टाइगर' बनाएका थिए । 'हल्क' र 'ब्रोकब्याक माउन्टेन' बनाएपछि उनी फेरि ताइवान फर्किए र 'लस्ट कसन' बनाए । यसपछि फेरि हलिउड आएर 'लाइफ अफ पाई' बनाए । 

सन् २००० मा घोषणा भएको यो फिल्म निर्देशन गर्नका लागि ली पहिलो रोजाइमा परेका थिएनन् । करिब १० वर्षको अवधिमा मनोज नाइट श्यामलनसहितका तीन निर्देशकले छोडेपछि बल्ल ली यो फिल्ममा आएका थिए । 'लाइफ अफ पाई' लाई आजसम्मकै फिल्म बनाउन सबभन्दा असजिलोमध्येको उपन्यास मानिएको थियो । तर आङ लीले यस्तो थ्रीडी एडभेन्चर बनाइदिए, यसले पैसा मात्र कमाएन, यो वर्ष सबभन्दा धेरै -४) ओस्कर जित्ने फिल्म पनि बन्यो । 

'लाइफ अफ पाई' ले एक किसिमले संसारलाई नै जोड्छ भन्दा हुन्छ । यो फिल्म क्यानडेली लेखक यान मार्टेलको उपन्यास 'लाइफ अफ पाई' मा आधारित थियो, जसले बेलायतको बुकर पुरस्कार जितेको थियो । कथाको हिरो एउटा भारतीय केटा -र, धेरैजसो कलाकार पनि) हो भने फिल्मको निर्माता कम्पनी अमेरिकी । र, यसलाई निर्देशन गरे ताइवानका आङ लीले । 

निर्देशकको अवार्ड पाए पनि यो उत्कृष्ट फिल्म भने बन्न सकेन । उत्कृष्ट फिल्म र निर्देशक फरक-फरक फिल्मलाई दिने नराम्रो रोग ओस्करलाई यसपालि लाग्यो । त्योभन्दा कडा रोग त अझै के थियो भने, उत्कृष्ट फिल्म घोषित 'अर्गो' का निर्देशक बेन एपmलेक निर्देशक विधामा मनोनीतसमेत थिएनन् । निर्देशकले राम्रो काम नगरे पनि फिल्म राम्रो बन्न सक्छ भने अनौठो नजिरलाई ओस्करले योपटक फेरि स्थापित गर्ने प्रयास गर्‍यो । यसै वर्ष क्यान्समा उत्कृष्ट फिल्म भएको अस्टि्रयन फिल्म 'अमोर' ले भने ओस्करमा विदेशी भाषा -गैरअंग्रेजी) को विधामा पुरस्कार पायो । 

अभिनय विधाका सबैजसो पुरस्कार अपेक्षित थिए । स्पिलवर्गले बनाउन नसकेको इतिहास उनका नायक डेनियल डे लेविसले बनाइदिए । केही महिना पहिले 'टाइम' म्यागजिनले संसारको सर्वोत्कृष्ट कलाकार भनेर कभर स्टोरी बनाएका लेविसले पुरस्कार जितेर टाइमको 'विश्वसनीयता' कायम राखिदिए । 'माई लेफ्ट फुट' र 'देयर विल बी ब्लड' बाट पहिले नै ओस्कर पाइसकेका लेविसलाई रोबर्ट डी नेरोको हाराहारीको मेथड एक्टर मानिन्छ । सन् १९९६ पछि ५५ वषर्ीय आइरिस लेविस करिब ५ वर्ष फिल्मबाट हराएका थिए । त्यो पाँच वर्ष आफूले के गरें भनेर उनले कहिल्यै बोलेका छैनन् । उनी त्यो बेला इटालीमा रहेको र जुत्ता बनाउने काम गरेको बताइन्छ ।  

-एजेन्सीको सहयोगमा)
यज्ञश , हेलो शुक्रबार»


Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis