काठमाडौं। एमाओवादी र मधेशी दलहरुको अगुवाईमा नेपालको तराई क्षेत्रमा बसोबास गर्दै आएकाहरुका ३७ लाख भारतीय नातेदारहरुलाई बंसजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने प्रयास भैरहेको थाहा भएको छ। राष्ट्रिय जनमोर्चाका
अध्यक्ष चित्रबहादुर केसीले ३७ लाख भारतीय नागरिकले नेपाली नागरिकता पाउने अबस्था आएमा त्यो नेपालका लागि ठूलो दुर्भाग्य हुने बताउनु भएको छ। उहाँले यसरी वंशजका आधारमा भटाभट नागरिकता दिने हो भने तराईमा नेपाली नागरिक अल्पमतमा पर्ने र सम्पूर्ण देश सिक्किम बन्नेभन्दै चिन्ता पनि ब्यक्त गर्नुभयो। बुटवलमा गतसाता आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर देशलाई निकास दिने बहानगर्दै लाखौ गैर नेपालीलाई नेपाली नागरिकता दिलाउने खेल भैरहेको खुलासा पनि गर्नुभएको थियो। प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने खेल नेपाली जनताको भन्दा पनि विदेशीको चलखेल भएको पनि उहाँले दावि गर्नुभएको थियो। --देशप्रेम