किरण प्रसाद, मेरो नागरिकताको नाम। लेखनदासलाई चिरनभन्दा किरण सुनेछ, अनि च को ठाउँमा ढुक्कसँग राखिदिएछ 'क'। नागरिकता हात परेपछि थाहा भो। एकछिन त दुनियाँ नै शून्य लाग्या'थ्यो। पछि चित्त बुझाएँ, ह्या कागजमा त लेख्या हो नि, थोडी म किरण हो र? गाउँमा त म अझै चिरन नै छु। यहाँ शहरमा भने साथीहरू माया गरेर चिरु भन्छन्। खुसी छु यही नाममा। तर सोमबारदेखि एउटा सामूहिक नाम पाएको छु, ट्यापे। म आफै बुझ्दिन यो नाम। पछि थानामा लगेपछि थाहा भो-
लामो कपाल पालेर चोकमा बसेकोले म ट्यापे भएको रे!
कपाल पाल्ने मेरो सानैदेखि उग्र सोख। गाउँमा हुन्जेल कहिल्यै यो अवसर मिलेन। प्रत्येक २० दिनमा रेखा मिल्नेगरी कपाल काट्नुपर्ने बाको नियम। 'हेर है केटा, आवारा बन्ने हैन' बाले बेलाबेला झाँको झार्नुहुन्थ्यो। मलाई त्यो 'आवारा' भन्नेचाहिँ थाहा थिएन। अस्ति थानामा धेरै पछि सुनें त्यो नाम। मलाई भ्यानमा कोच्ने पुलिस कड्केर बोल्दैथ्यो 'साला आवाराहरू'। कसम होला- अहिलेसम्म त्यसको अर्थ थाहा छैन। साँच्चै आफ्नो सोख पूरा गर्न मात्र पाल्या'थें यो कपाल। होइन मेरो के गल्ती थियो र! बसन्तपुरमा साथीलाई पर्खेर बसिरहेको थिएँ, एक हुल पुलिस आएर सोध्दै नसोधी घिसारेर लगे। अहिलेसम्म दुखिरा'छ यो हात। पुलिस क्लब पुगेपछि बल्ल साथीको फोन आयो- 'एई, तँ कहाँ छस् साले, म यहाँ आ'को १० मिनेट भइसक्यो।' ए बाबा! उही पो धम्क्याउँछ त मलाई। एक मनले गएर त्यसको टाउको फुटाइदिऊँ जस्तो पनि लाग्याथ्यो। सोचें- धन्न ढिलो गरेछ, नत्र मसँगै जाकिन्थ्यो थानामा। त्यसले पनि त पाल्या छ नि कपाल। पुलिस क्लब अगाडि केही बेरमा ठूलो भिड जम्मा भयो। कोहीका बाबुआमा हतासमा थिए, कोही छोरालाई चेतावनी दिइरहेका थिए। अलि पर एउटी अधबैंसे आइमाई पुलिससँग कड्किँदै थिइन्- 'ज्योतिषिले यसको कपाल अझै एक वर्ष काट्नु हुँदैन भन्या छन्, बु‰दै नबुझी पक्रिने?'
मेरो त कोही पनि थिएन लिन आउने। पछि एउटा इन्सपेक्टर आएर भन्यो- 'ल भाइ तिम्ले एकपल्ट माफ पायौ, आइन्दा यस्तो नदोहोरियोस्।' ए गाँठे! मैले त्यस्तो के गल्ती गर्याि'थें र, नदोहोर्याेउनलाई। त्यस घटनापछि नुन खा'को कुखुराजस्तो भइहालें। शिर निहुराएरै थानाबाट बाहिरिएँ। कहाँ जाँदैछु थाहा छैन, पुगेंछु- पुरानो बसपार्क।
कता-कता आफैलाई फरक महसुस गरिरहेको थिएँ। छुट्न लागेको बसको ढोकाबाट चर्को आवाज आयो- 'बबरमल, बानेसोर, गौशाला, चाबेहल, नयाँ बसपारक्।' गौशाला भन्ने बित्तिकै मलाई पशुपतिको सम्झना आयो। त्योभन्दा बढी त्यहाँ शिवरात्रीमा ओइरिने बाबाजीहरूको चित्र आँखाअगाडि नाच्न थाल्यो। लामा-लामा जटाधारी ती बाबाले गाँजाको प्रत्येक सर्कोसँगै स्वर्गीय आनन्द लिइरहेको सम्भि्कँए। म त्यही जटा (कपाल) पालेको अपराधमा सजाय भोगेर फर्किंदैछु थुइक्क म! आफैंलाई धिक्कारें।
काठमाडौंमा जहाँ बसे पनि चोकैचोक। खुल्ला ठाउँ त भए पो बस्नु! हिँड्नअघि नै उभिने ठाउँ पनि टुंगो लगाउनुपर्ने भयो। एकचोटि कक्षामा सरले भन्नुभा'थ्यो - 'साहित्यको विश्वव्यापी विस्तारमा चोकको ठूलो महŒव छ।' प्राचीन ग्रीसमा राज्य संचालनदेखि विभिन्न निर्णय त्यही चोकबाट गरिन्थ्यो। बौद्धिक वर्गको विचार संघर्ष हुने ठाउँ थियो रे त्यो चोक। बानेश्वर, सिंहदरबार, बसन्तपुर यी सब चोक नै त हुन्। एउटा पत्रिकामा पढेको थिएँ- 'नेपालको राजनीतिक परिवर्तनमा बानेश्वर र बसन्तपुरको उच्च भूमिका छ।' तर, सिंहदरबार चोकको भने कुरा अर्कै छ। यो भित्रको चोकमा अझै ठूला 'आवारा'हरूको हालीमुहाली छ। बस्न त ती सबै एकै ठाउँमा बस्छन्, तर तिनको कर्तुत भने...! 'कपडाले मान्छे चिनिन्छ र? कि कपालले? त्यसो त अल्बर्ट आइन्सटाइन, सर आइज्याक न्युटन, अरस्तु पनि कपाल पाल्थे। भारतका पूर्वराष्ट्रपति अब्दुल कलाम र हाम्रै सरुभक्त अनि युग पाठक पनि कपाल पाल्छन्। के उनीहरू पनि 'आवारा' भए?
दिमागमा अनेक तर्कना उठिरहे। बैचैन थियो मन। अगाडि जाने गन्तव्य नै हरायो। खुट्टाले जता डोहोर्यारयो उतै लम्किरहेको थिएँ। 'भाइ, पुतलीसडक जाने बाटो कता हो?' एक बटुवाको प्रश्नसँगै झल्याँस्स भएँ। पुतलीसडक आसपास रहेछु भन्नेसम्म थाहा भयो जाँदै रहेछु। दिमाग उहीं त हो, 'ट्यापे'को। पुलिस सम्भि्कयो कि रिसको पारो चढ्थ्यो। चोर, तस्कर, दलाल, अपराधी, भ्रष्टाचारीको चित्र एकपछि अर्को आउँदै थियो- फिलिममा जस्तै। खोज्नै जानु छ भने यिनलाई समात्नु नि! पुलिसको 'रमाइलो' गर्ने बानी अझै छुट्या छैन। रमाइला काम गरेर मिडियामा छाउने रहर साँच्चै गज्जबको छ।
बेलाबेला मुसुमुसु हाँस्दो रहेछु। पुतलीसडक चोकबाट डिल्लीबजारतिर हिँड्दैछु, बल्ल याद भयो। डिल्लीबजारमा मेरो कोठा। नजिकै एउटा चोक पनि छ। कोठामा पुग्न लाग्दा ठूलो हाँसो फैलियो, चोकभरि। पछाडि फर्केर हेरंे- केटाहरूको एउटा हुल आफ्नै तालमा गफ चुट्दैछन्। तीमध्ये लामो कपाल पाल्ने केटा चुरोट तान्दै मुसुमुसु हाँस्दै थियो। उसको हाँसोभन्दा उसले लगाएको टि-सर्टले मलाई तान्यो। त्यहाँ रंगीत अक्षरमा लेखिएको थियो- नो जब, नो मनी, नो टेन्सन!
चुनावी गीत गाउन बीपीसँगै हिँड्ने जोशीलाई धेरैले 'कांग्रेसी' भइस् भनेर गाली गरे। गीत गाएरै पूर्वका धेरै ठाउँ चहारेका उनी भन्छन्- 'तर म कांग्रेस थिइनँ।'
- विश्वास रेग्मी - शुक्रबार