हवाइजहाजमा यात्रा गर्दा एकजना मानिसले आफ्नो साइजको प्लाष्टिक ब्यागले ढाकेको फोटोले राम्रै तहल्का मच्चाउन सफल भयो, अझ उनको उद्देश्यले मानिसहरुमा विवाद नै खडा गरिदियो ।
सुरुमा उनको यो कार्यलाई थुप्रै मानिसहरुले महिलाको नजरबाट जोगिनको लागि अपनाइएको प्रयास भनेर अनुमान गरेका थिए किनभने एकदम रुढीबादी जिउजले लैंगिक बिभेदको उच्चतम बिन्दु अपनाउने गर्दछन् र यस्तै रुढीबादी परम्पराले ग्रस्त
यस्ता जिउजहरु पूरै कालो लुगा लगाउने गर्दछन्, जिविस टोपी लगाउँदछन् र कोहानिमको सदस्य रहनेछन् । उनीहरुलाई प्राचिन इजरेलको पुजारीहरुको वंशज मानिन्छ र आफ्नो धार्मिक शुद्धता जोगाउनको लागि उनीहरुलाई मरेको मानिसको नजिक पर्न पनि मनाहि छ । निकै कडा यो धार्मिक नियमले आफ्नो नजिकको नातेदारको अन्तिम संस्कारमा सहभागी हुनु बाहेक चिहान भएको जमिनमाथि उड्न समेत मनाहि गरेको छ । यद्यपी, हारेट्ज पत्रिकाको अनुसार रब्बी योसेफ स्यालोम इलियासिभ, इजरेलको लिथुवानियन हरेडि समुदायका नेताले यसको राम्रो बिकल्प अपनाएका छन् – ठूलो र बाक्लो प्लाष्टिकको ब्यागले आफूलाई छोप्ने, जब हवाइजहाज चिहान भएको जमिनको माथि पुग्छ जसलाई धेरै मानिसहरुले यात्रा गर्दाको सबैभन्दा अचम्मको सुरक्षा कवचको संज्ञा दिएका छन् ।(एजेन्सी)
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !