चर्चित हास्यअभिनेत्री दीपाश्री निरौलाले घर जोडेकी छिन्। 'नेपालमा कलाकारितामा लागेर केही छैन'भन्नेका लागि मेहनतको फल पाइन्छ भन्ने उदाहरण पनि हो यो। लामो समय भाडाको घरमा बिताएकी उनी शुक्रवारदेखि आफ्नै पसिनाले आर्जेको नयाँ घरमा सरिन्। एक करोड १० लाख रुपैयाँको घरमा दीपाश्रीको बसाइ सन्तोषजनक नै होला।
तर, उनका शुभचिन्तकलाई सन्तोष छैन किनभने नेपालीको विवाह गर्ने औसत उमेर घर्काएकी उनलाई उनका शुभचिन्तकले घरमात्रै होइन, घरसँग 'बार' जोडेको हेर्न चाहन्छन्। उनी पनि भन्छिन्, 'मैले उल्टो गरेँ, पहिले घर जोडेँ।' त्यसोभए 'घर'सँग बार कहिले जोड्ने? धेरैले अचेल यस्तै प्रश्न गर्छन्। अनुत्तरित छिन्, उनी। ठट्टा गर्न माहिर दीपा ठट्टैमा भन्छिन्, 'उमेर भा' छैन, सुतेको जोडि्दनँ। जागा रहेको १६ वर्ष त भयो होला।'
-शुकबार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !