हास्य सम्राट मह
सम्राट माने 'राजा'। 'मह' जोडी पनि अब राजा भएछन्, त्यो पनि आफ्नै विधामा। सर्वाधिक मन पराइएको मदनकृष्ण श्रेष्ठ र हरविंश आचार्यको जोडीलाई अबदेखि 'हास्य सम्राट' भन्नुपर्ने भएको छ। अनलाइन फिल्मी खबर अवार्डमा 'मह'लाई
लाइफ टाइम एचिभमेन्ट एवार्ड दिँदै 'हास्य सम्राट' घोषणा गरियो। जोडीलाई पदवी दिइएको यो नै पहिलो होला।तक्मे बूढाको गुरुभेटी
टेलिफिल्महरूमा समलिंगी बनेर हँसाउँदै कलिउड छिरेका विल्सनविक्रम राईलाई सिकाउने गुरु धेरै होलान् तर नाम, पैसा र इज्जत एकैपटक कमाउने पथमा हिँडाउने कामचाहिँ जानी-नजानी केदार घिमिरे अर्थात् माग्ने बूढाले गरिदिए। मेरी बास्सैमा केदारले विल्सनलाई 'तक्मे बूढा' बनाएर खेलाएपछि विल्सनको भाग्य चम्कियो। जायजेथा नै बटुल्ने गरी विल्सनले देशविदेशतिरका नेपालीहरूलाई हँसाउने ठेक्का नै पाएका छन्। यतिखेर उनी लन्डनमा छन्। अझै एक महिना उतै बस्छन्। उनको साथमा छन्, केदार घिमिरे। सुनिँदै छ, विल्सनले अब आफूलाई प्रस्ताव आएका कार्यक्रममा केदारलाई सहभागी गराउन कहिल्यै छुटाउने छैनन्। 'गुरुभेटी' दिन त कसैले विल्सनसँगै सिकून्।
-- नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !